Saturday, November 10, 2012


‘बाँच्नकै लागि यौन व्यवसाय’
गोविन्द खत्री
सुर्खेत, २५ कार्तिक ।
‘कसैले पचास रुपैयाँ दिन्छन,् कसैले पाँच सय सम्म दिन्छन् ।’ सुर्खेत मेहेलकुनाकी ४० बर्षिया एक यौनकर्मी महिलाले भनिन् ‘मलाई यौन व्यवसाय गर्ने रहर होईन् बाँचनलाई यो पेशा अंगालेकी छु ।’ श्रीमानले करिब १० बर्ष पहिले अर्काे विहे गरेको र चार सन्तानकी आमा बताउने उनले हात मुख जोड्न र छोरा छोरीलाई पढाउन यौन पेशा अंगालेको बताईन् । 
उनीमात्र होइन उनी जस्तै सुर्खेतको छिन्चु—जाजरकोट सडक खण्ड आसपासका क्षेत्रका यौनव्यवसाय गर्ने महिलाहरुको संख्या उल्लेख्य रहेको छ । पेशागत असुरक्षाकारण खुल्न नसकेका यौन व्यवसायी महिलाहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । आफ्नो समस्या, यौनव्यवसायका चुनौति, व्यवसायमा संलग्न हुनुको कारणका बारेमा खुलेर कुरा गर्न थालेका छन् ।
सुर्खेतमा पछिल्लो समयमा यौनकर्मी महिलाहरुको संख्या बढ्दोक्रममा भएको पाईएको छ । समाज जागरण केन्द्र स्याक नेपालले सञ्चालन गरेको एकीकृत एच.आई.भी.÷एड्स रोकथाम परियोजना अन्तरगत यौन व्यवसायी महिलाहरु खुल्न थालेका हुन् ।

परियोजना संचालन भएको ६ महिना अवधिमा १ सय ८५ जना यौनकर्मी महिलाहरुको पहिचान भएको कार्यक्रम संयोजक चन्द्र विकले जानकारी दिए । जिल्लाको वीरेन्द्रनगर र अन्य २२ गाविसमा लागु गरिएको कार्यक्रममा उक्त संख्याको पहिचान भएको हो । यौनकर्मी महिलाहरु प्राय जसो आर्थिक अवस्था कमजोर भएको र श्रीमानले अर्काे विवाह गरेको हुने गरेको पाईएको छ । 
एकीकृत एच.आई.भी.÷एड्स रोकथाम कार्यक्रम अन्तरगत यौन व्यवसायमा संलग्न महिलाहरुको अनुगमन अन्र्तरगत विभिन्न क्षेत्रका यौनकर्मीहरुसंग प्रत्यक्ष भेटघाट गरी अनुगमन गरिएको छ । अनुगमन गरिएका यौनकर्मीहरु प्राय जसो १८ बर्ष देखि ४० बर्ष उमेर सम्मका हुने गरेको पाईएको छ । अधिकांश यौनकर्मीहरु कमजोर आर्थिक स्थिति, अशिक्षा जस्ता कारणले यौन पेशामा संलग्न भएको पाईएको छ । 
अनुगमनका क्रममा समाज जागरण केन्द्र स्याक नेपालका अध्यक्ष गोपिकृष्ण ढकाल, एकीकृत एचआईभी÷एड्स रोकथाम कार्यक्रम संयोजक चन्द्र बिक, स्याक नेपालका कोषाध्यक्ष गंगा गुरुङ, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका लोकबहादुर शाही, दुर्गा श्रेष्ठ, एचआईभी÷ एड्स परियोजना कोडिनेटर चेतननिधी वाग्ले, स्याक नेपालका सचिव चवानसिंह राना, लिला सुनार, दिगो विकास कोषका खेमराज पौडेल, एचआईभी संक्रमित रत्नराज चपाई, लगायतको सहभागिता रहेको थियो । 
अनुगमन टोलीले जिल्लाका विभिन्न ६ स्थानमा अनुगमन गरेको हो । यौन व्यवसायी महिलाहरुलाई प्रत्यक्ष भेटघाट गरी उनीहरुको अवस्था, सुरक्षित यौन व्यवसायका बारेमा छलफल गरिएको थियो । 

No comments:

Post a Comment