Thursday, November 22, 2012

आलुबारीबाट ५ सय २२ क्यूफिट काठ बरामद
तीन महिने सुत्केरी सहित पाँच महिला नियन्त्रणमा
दीपक बुढा÷सुर्खेत
सुर्खेत, ७ मंसिर ।
वीरेन्द्रनगर—१ सोलिघोप्टेबाट बिहिबार आलुबारीमा लुकाई राखिएको अवस्थामा ठूलो परिमाणमा काठ बरामद गरिएको छ । जिल्ला वन कार्यालय, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त सक्रियतामा काठ बरामद गरिएको हो ।
आलुबारी, तोरीबारी र घरभित्र लुकाई राखेको अवस्थामा ५ सय २२ प्वईन्ट ३२ क्यूफिट काठ बरामद गरिएको छ । वीरेन्द्रनगर—१ सोलिघोप्टेका सुरेन्द्र कुँवर, ओम वि.क. र गौरी वि.क.को बारीमा लुकाई राखिएको ३ सय ९१ थान चिरान काठ बरामद गरिएको हो ।
कुनाथरी, गढी, लेखगाउँ गाउँ विकास समितिका सामूदायिक वनहरुबाट चोरी निकासी गरी वीरेन्द्रनगर तर्फ भित्र्याउन राखिएको हुन सक्ने आशंका गरिएको छ । ठूलो परिमाणको काठको अनुसन्धान जारी रहेको वन कार्यालयको भनाई रहेको छ । 
ठूलो परिमाणको काठ भेटिएपछि विहिबार विहान प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवर सहितको जिल्ला स्थित सुरक्षा समितिको टोली घटना स्थल पुगेर निरिक्षण गरेको थियो । बुधबार साँझ ११ बजे जिल्ला वन कार्यालय सुर्खेतबाट नियमित गस्तिमा खटिएको टोलीले आशंका पाएपछि थप अनुसन्धानपछि ठूलो परिमाणको काठ नियन्त्रणमा लिईएको हो । 

एकपछि अर्को गर्दै काठ लुकाईएको ठाउँहरु खुल्न थालेपछि जिल्ला प्रहरी र सशस्त्र प्रहरी सयौंको संख्यामा सुरक्षाकर्मी उत्खनन गर्न परिचालन गरिएको निमित्त जिल्ला वन अधिक।ृत रामविचारी यादवले जानकारी दिए ।
सुरेन्द्र कुँवरको आलुबारीबाट ३७ थान ३६.४६ क्यूफिट, ओम विकको बारीबाट २५८ थान २ सय ४९ दशमलव ८१ क्यूफिट र गौरी वि.क.को बारीबाट ९६ थान ८७ दशमलव १८ क्यूफिट काठ बरामद गरिएको जिल्ला वन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
काठ सहित वीरेन्द्रनगर—१ का विनिता वि.क., सर्मिला वि.क., सिता वि.क., विष्णु थापा, टिका अधिकारीलाई नियन्त्रणमा लिईएको थियो । नियन्त्रणमा लिईएका विनिताको ५ महिनाको बच्चा र सिताको तीन महिनाको बच्चा साथमै रहेको परिवारले जनाएका छन् । गाउँमा पुरुषहरु नभेटिएकाले महिलाहरुलाई नियन्त्रणमा लिईएको वन अधिकारीको भनाईछ । भने अर्को तर्फ पक्राउ परेका महिला मध्य दुई जनाको सानो बच्चा भएकाले जोखिमपूर्ण अवस्था रहेको परिवारका सदस्यहरुको भनाई छ ।

ठूलो परिमाणको काठ बरामद गरिएको घटना पहिलो भएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले बताउँदै वन कार्यालयले काठ काटिसकेपछि पक्राउ गर्नुभन्दा पनि काटदै गरेको अवस्था पक्राउ गर्न सक्नुपर्ने बताए । वन कर्मचारीको गस्तिलाई बढाउँदै समुदायमा जनचेतनामूलक कार्यक्रम लागु गर्न समेत प्रमुख जिल्ला अधिकारी कुँवरले निर्देशन दिए ।

काठको मालिक प्रमाणित भएमा ४ लाख १७ हजार ८ सय ५६ सरकारी विगो, एक बर्ष कैद र सरकारी विगोको तेव्वर जरिवाना हुने निमित्त वन अधिकृत यादवले जानकारी दिए ।

No comments:

Post a Comment