Thursday, November 22, 2012

जिल्लामा खाद्यान्न उत्पादन घट्यो
धान उत्पादनमा दश प्रतिशतले कमी
गोविन्द खत्री÷सुर्खेत ।
सुर्खेत जिल्लामा गत बर्षको तुलनामा यस बर्ष खाद्यान्न उत्पादन घट्ने अनुमान गरिएको छ । गएको बर्ष जिल्लामा ५४ हजार २ सय ९९ मेट्रिकटन उत्पादन भएको धान यस बर्ष भने १० प्रतिशतले घट्को जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्रमुख विजय गिरीले जानकारी दिए । 
कार्यालयका अनुसार जिल्लामा  १४ हजार ६ सय हेक्टर जमीनमा धान खेति लगाईएको थियो । धान रोप्ने समयमा पानी नपरेको र बाला लाग्ने समयमा पनि पानी नपर्दा धानको उत्पादन घटेको प्रमुख गिरीले जनाए । धानमा बाल कम लागेको र  पलाटो बढी भएको प्रमुख गिरीले जनाए । 
जिल्लामा उन्नत जातका धानहरुमा हरिदीनाथ, राधा चार, राधा सात, लोकतन्त्र, मन्सुली लगायतका रहेको प्रमुख गिरीले जनाए । गत बर्षको तुलनामा साथै जिल्लामा मकैको उत्पादनमा समेत कमी आएको छ । गत बर्ष ४५ हजार ६ सय ९२ मेट्रिकटन उत्पादन भएको मकैबाली यस बर्ष भने ५ प्रतिशतले घटेको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । 


यस बर्ष जिल्लामा मकै ४३ हजार ४ सय ६ मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा यस बर्ष १६ हजार १ सय हेक्टर जमीनमा मकै खेति गरिएको थियो । जिल्लामा उत्पादन हुने अर्काे खाद्यान्न बालि कोदोको उत्पादनमा पनि १ दशमलव ६९ प्रतिशतले कमी आएको कार्यालयले जनाएको छ । 
गत बर्ष जिल्लामा २० हजार ८ सय मेट्रिकटन उत्पादन भएको कोदो बाली यस बर्ष भने २० हजार ७ सय ५० मेट्रि«कटन् मात्रै उत्पादन भएको कार्यालयले जनाएको छ । सुर्खेत खाध्यान्नमा आत्नीर्भर जिल्ला मानिन्छ ।  यस बर्ष भने खाद्यान्न उत्पादनमा कमी आए पनि खाद्य संकट हुने संभावना कम रहेको कार्यालयका प्रमुख गिरीले बताए । गएको आर्थिक बर्ष जिल्लामा ८ हजार १ सय ९७ मेट्रिकटन खाद्यान्न बचत भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । साथै यति बेला गहँु छर्ने समय भएको छ तर पनि मौसमलाई हेर्दा गुहुको समेत उत्पादन घट्ने सम्भावना रहेको कार्यालय प्रमुख गिरीले बताए । 
गहुको लागि छर्ने बेलामा चिस्यान र छरेको २५ दिनमा सीचाई आवश्यकक्ता पर्ने बरिष्ट बालि अधिकृत समेत रहेका प्रमुख गिरीले जनाए । सुर्खेत जिल्लाको हावापनीलाई हेर्दा गहु छर्न मंसिर महिनासम्म राम्रो हुने उनले बताए । सुर्खेत जिल्लामा सबै भन्दा बढी उत्पादन हुने
बालीको रुपमा रहेको धान बाली उत्पादनमा कमी आउनुले आफूहरुमा  नैरास्यता ल्याएको किसानहरु बताउँछन् । सिचाईको व्यवस्था नहुनु पछिल्लो समयमा रसाईनीक मलको बढी प्रयोग गर्नुले माटो रुखो हुँदै जानुले समेत खाध्यान्न उत्पादनमा कमी आएको प्रमुख गिरीको भनाई रहेको छ ।

यस बर्ष उत्पादनमा आएको कमी
१. धान १० प्रतिशतले कमी
२.मकै ५ प्रतिशतले कमी
३.कोदो १ दशमलव ६९ प्रतिशतले कमी

No comments:

Post a Comment