Saturday, November 10, 2012

जनहितकारीको बार्षिक कारोबार १९ करोड
सुर्खेत, २५ कार्तिक ।
वीरेन्द्रनगरको एक सहकारीको बार्षिक बजेट झण्डै स्थानीय विकास बैंक बराबर रहेको छ । जनहितकारी बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगरले गत आर्थिक बर्षमात्रै १९ करोड १९ लाख ७५ हजार रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको हो । 
सहकारीको १४ औं बार्षिक साधारणसभा उद्घाटन गर्दै पूर्व स्वास्थ्यराज्यमन्त्रि खड्कबहादुर बस्यालले सहकारीले ग्रामीण क्षेत्रमा रहेका गरीब दुखि जनताको पहँुचसम्म पुग्नुपर्ने बताए । सहकारीले ग्रामीण क्षेत्रमा रहेका जनतालाई लक्षित गरी बिभिन्न कार्यक्रमहरु ल्याएका खण्डमा पिछडिएका वर्ग समुदायको आर्थिक बिकासमा टेवा पुग्ने भन्दै सहरमुखी भन्दा पनि गाउँमुखी बन्नुपर्ने कुरामा जोड दिए । 
देशमा चलिरहेको राजनीतिक गतिरोधका कारण पछिल्लो समयमा समग्र देशको आर्थिक अबस्था खस्किरहेको अवस्थामा  जनतालाई आर्थिक सम्ृद्धिमा पु¥याउनका लागि सहकारीले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाई छ । 
यसगरी कार्यक्रममा राष्ट्रिय सहकारी संघका संञ्चालक काँशीचन्द्र बरालले आर्थिक सामजिक विकास र परिवर्तनकालागी राजनीतीले निर्देशन गर्ने हुँदा देशमा अस्थिर अबस्थामा रहेको राजनीतिक बाताबरणले नै सोचे अनुसारको आर्थिक परिवर्तन हुन नसकेको बताए । 

उनले ३ खम्बे अर्थनिती अन्र्तगत सहकारी संस्थाहरुले नै बचत ऋणको कारोबार नगरी व्यबसायिक र औद्योगीक क्षेत्रमा लगानीगरी अर्थतन्त्रलाई सबल बनाउने पालो अब सहकारी संस्थाको हातमा रहेको बताए । 
यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी बैङकका पूर्व संञ्चालक गोविन्दबहादुर मल्ले राज्यले सहकारीलाई कर लगाएको प्रति बिरोधगर्दै उक्त कार्यकालागी सम्पूर्ण सहकारी अगुवाहरुले लड्नुपर्ने बेला आएको बताए । 
कार्यक्रममा मध्यपश्चिम बिशवबिद्यालयका सल्लाहकार महेन्द्रप्रसाद गीरी, समाज कल्याण परीषदका पूर्व कोषाध्यक्ष रत्नबहादुर गाहा लगायतले बोलेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष रुद्रबहादुर खत्रीले यस आर्थिक बर्षको १९ करोड १९ लाख ७५ हजार ६ सय ५१ रुपैयाँ बराबरको कारोबार भएको र जसमा ५१ लाख ५८ हजार ८६ रुपैयाँ खुद बचत भएको जानकारी दिए । त्यस्तै आर्थिक बर्ष २०६९ ÷७० का लागी २६ करोड ३० लाख ८६ हजार ७ सय ७५ रुपैया बराबरको प्रस्तावित कार्ययोजना प्रस्ताव पेश गरिएको थियो । साधारणसभा सहकारीका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment