Saturday, November 10, 2012

पव्लिक क्याम्पस संघको केन्द्रीय सदस्यमा रावत
सुर्खेत, २५ कार्तिक ।
नेपाल पव्लिक क्याम्पस संघको ९ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी रहेको छ । तीन बर्षका लागि नयाँ नेतृत्व छनोट गर्न जारी महाधिवेशनले क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्यमा नवराज रावत निर्विरोध चयन भएका छन् ।
विद्यापुर जनता बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष एवंम् नेकपा एमाले सुर्खेतका पार्टी अध्यक्ष नवराज रावत तीन बर्षका लागि मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट क्षेत्रीय संयोजक एवंम केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
त्रिभूवन विश्वविद्यालयमा आवद्ध देशभरका २ सय ९० वटा सामूदायिक क्याम्पसहरुको छाता संगठन पव्लिक क्याम्पस संघको नयाँ नेतृत्वका लागि प्रगतिशील पक्षिय इश्वरी गौतम र प्रजातान्त्रिक पक्षिय माईकल रामचन्द्र अर्यालकावीचमा मतदान भएको थियो । मतपरिणाम भने यो समाचार तयार गर्दा सम्म आएको छैन् ।
कार्तिक २२ गते देखि काठमाण्डौंमा जारी भएको महाधिवेशनको उद्घाटन नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा नेकपा एमाले महासचिव इश्वर पोखरेलको विशेष आतिथ्यतामा सुरु भएको थियो । बन्द सत्र भने प्रधानमन्त्री डा. बाबुराम भट्राईको प्रमुख आतिथ्यता तथा शिक्षामन्त्री दिनानाथ शर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

सामूदायिक क्याम्पसका संचालक समिति अध्यक्ष, क्याम्पस प्रमुख र प्राध्यापक संघ सभापति गरी एउटा क्याम्पसबाट तीन जना प्रतिनीधि सहभागि भएको महाधिवेशनमा देशभरबाट ९ सय बढी प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।
४५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि कोशी, सगरमाथा, जनकपुर, भेरी, कर्णाली र महाकाली अञ्चलबाट एक एक जना क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन् । संघको केन्द्रीय महाधिवेशनले सामूदायिक विश्वविद्यालय स्थापनार्थ सरकारसंग माग गर्ने निर्णय गरेको थियो । देशभरका सामूदायिक क्याम्पसहरुलाई आवद्ध गरी विश्वविद्यालय स्थापनार्थ आवश्यक प्रक्रिया बढाउन माग गरिएको छ ।

No comments:

Post a Comment