Friday, November 23, 2012

‘छोरीका बलात्कारीलाई कारबाहि होस’
सुर्खेत, ८ मंसिर ।
मैनतडा—५ की पार्वती केसी (नाम परिवर्तन) छोरीका बलात्कारीहरुलाई कावार्हीको माग गर्दै सदरमुकाम आईपुगेकी छन् ।  २०६८ साल चैत २४ गते केसीकी १३ बर्षिया छोरी बलात्कृत भएकी थिईन् ।
२४ गते घरमै बसेकी छोरीलाई छिमेकी विष्णु विकले घाँस काट्न भनेर साथमा लिएको र  घाँस काट्न भनेर गएकी छोरी साँझ सम्म पनि घर नआएपछि छोरीको खोजीमा भौतारिएकी पार्वतीले भोलि पल्ट अर्थात २५ गते आप्mनो बारीमा बेहोस अवस्थामा छोरीलाई भेटेको बताईन् । 
छोरी बेहोस हुनुको कारण बारे गाउँमा बुझदा पछि बलात्कार भएको थाहा पाएकी पार्वतीले विष्णुको सहायतामा बलात्कार गर्ने भनिएका दुईजनालाई प्रहरी मार्फत प्रक्राउ गराउन समेत सफल भएको बताई ।
ईलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएका मैनतडा—२ का राजेश विक र दिपक विकलाई थप अनुसन्धाका लागि जिल्ला प्रहरीमा पठाएको उनले बताईन् । जिल्ला अदालत सुर्खेतले २०६९ असार ११ गते उनीहरुलाई सफाई दियो त्यस पछि उनलाई अदालती फैसला प्रति चिक्त नबुझेको उनको भनाई छ । 

उनले भनिन पहिले स्थानीय विष्णुले नै यिनै हुन भनेर पक्राउ गराएकी थिईन तर पछि अदालतमा उनले नै उनीहरु दोसी होईनन् भनी बयान दिएको बताईएको छ । विष्णुले घुसलिएर बयान फेरेको आरोप लगाईन् । 
साथै आफूलाई समेत पैसाको प्रलोभन देखाएको भन्दै उनले भनिन् ‘तिनीहरुका परिवारले मलाई पनि पैसा दिन्छु मुद्धा नलड गाउँको कुरा गाउँमै मिलाउ भनेका थिए तर मैले मुद्धा लडे तर मैले न्याय पाएन् ।’ छोरीको उपचारमा समेत ४० हजार खर्च लागेको अझै सम्म तिर्न नसकेको उनले बताईन् । 
बालिका अहिले नेपाल राष्ट्रिय माध्यमिक मैनतडामा कक्षा—६ मा अध्यन गर्दै गरेकी छन् । बलात्कृत भएपछि मानशिक सन्तुलन समेत ठिक नभएको आमा डिल्लीले बताईन् बालिका हाल रातीमा चिच्याउने, डराउने, विद्यालयबाट आप्mनै सुरमा हिड्ने र एक्लै बस्ने  उनले बताईन् । 
छोरीको अवस्था यस्तो भएको र अपराधिलाई काबारही समेत नभएपछि उनलाई संघ संस्था र कानुन पैसा हुनेको पक्षमा हुँदो रहेछ भन्ने लागेको छ । जिल्ला अदालतले गरेको फैसला चित्त नबुझे पछि पुनरावेदन अदालत सम्म पुग्न आर्थिक अवस्था कम्जोर भएका कारण त्यहाँ पनि अपराधिलाई काबार्ही नहोला भन्ने लागेको बताउछिन् ।  बलात्कारमा परेकी आफनी छोरीको न्याय खोज्दै वीरेन्द्रनगर आईपुगेकी उनले सहयोगका लागि पहल गरिदिन सबैलाई आग्रह गरेकी छन् । 

No comments:

Post a Comment