Sunday, July 1, 2012

रातानाङ्ला–धरमपोखराबाट करोडौको आलु निकासी
यस पटक एक चौथाई उत्पादनमा कमी
दीपक बुढा
सुर्खेत, १७ असार ।

सुर्खेत र दैलेख जिल्लाको सिमानामा पर्ने रातानाङ्ला–धरमपोखराबाट बार्षिक करोडौंको आलु निकासी हुने गरेको छ । आलु उत्पादनका लागि चर्चीत रहेको उक्त क्षेत्रमा यस पटकको खडेरीले र असिनाले आलु उत्पादनमा गिरावट हुने भएको छ । कृषि प्राविधिकका अनुसार यस पटक एक चौथाई आलु उत्पादनमा कमि हुने भएको छ ।
यस क्षेत्रबाट बर्षेनी करोडौं मुल्यको आलु उत्पादन तथा निकासी हुने गरेको छ । सुर्खेतका रतु, गर्पन, जर्वुटा र दैलेख जिल्लाका गोगनपानी, पीलाडी, लालीकाँडा आलु बढी उत्पादन हुने क्षेत्र पर्दछन् । त्यस क्षेत्रमा उत्पादन भएको आलु सुर्खेत, दैलेख र बाहिर नेपालगंजसम्म खपत हुने गरेको छ ।
दैलेख पिलाडी गाविस निगालपानीका स्थानीय व्यवसायी एवंम् आलु संकलन केन्द्रका इन्द्रजित वि.सी.ले आफ्नो गाविसबाट मात्रै एक सिजनमा एक करोडबढी आलु विक्रि हुने गरेको बताए । वार्षिक २५ देखि ५० क्वीन्टलसम्म आलु उत्पादन हुने गरेको बताए ।
२०५६ सालदेखि आलुखेतीको व्यवसायीक उत्पादन सुरु भएको उक्त क्षेत्रका दुई सय बढी किसानहरु व्यवसायीक आलु उत्पादनबाट जिविकोपार्जन गरिरहेका छन् । पानीको असुविधा रहेको उक्त क्षेत्रमा एक रोपनी जमिनमा २० देखि २५ के.जि. सम्म आलु उत्पादन हुने गरेको छ । बैशाखको अन्त्यमा आएको असीना र लामो खडेरीका कारण आलु उत्पादनमा कमी हुने भएको छ ।
काडिनल, डिजरे, कोप्रेज्योति, शिव अठासी, खुमल जुम्ली, जुम्ली जातका आलुको उत्पादन हुने गरेको छ । माघ–फाुगन–चैत्र मा लगाउने र जेठ महिनादेखि भदौं महिनासम्म आलुको प्रतिफल लिने गरिन्छ । ‘व्यवसीयक आलु उत्पादन हुन थालेपछि विदेशीने युवाहरु पनि गाउँ घरमै काम गर्न थालेका छन् ।’ स्थानीय व्यवसायी वि.सी.ले भने ‘सिजनमा एउटा परिवारले कम्तीमा ५० हजारदेखि पाँच लाख रकम सम्म बचत गर्ने गरेको छ तर यस पटक भने मौसमले साथ दिएन’
तानानाङ्ला–धरमपोखरा करिडोरमा आलु मात्रै नभएर सिमि, टमाटर, भिन्टी, भाँटा, नलेबोडी, काँक्रा सहितको तरकारी उत्पादन हुने गरेको छ । यस क्षेत्रमा उत्पादन भएको आलु सहितका तरकारीहरु वीरेन्द्रनगर स्थित बाबु एण्ड शाही, देवकोटा, बालकृष्ण मण्डीहरुले खरिद गर्ने गरेका छन् । मण्डीहरुले उक्त क्षेत्रमा तरकारी संकलन एजेन्टहरु राखेका छन् । वावु एण्ड शाही मण्डी संचालक प्रवल शाहीले कृषकले लगाएको आलुबाली असीना र खडेरीले नष्ट भएपछि तरकारीको अभाव सृजना हुने जानकारी दिए ।
लामो समयदेखि आलु खेती गरिने भएकाले माटोको उपचार गर्न आवश्यक रहेको छ । त्यसक्षेत्रमा उत्पादन भएको आलु जेठ महिनादेखि कात्तिक महिना सम्म दैलेख र सुर्खेतको बजारमा आयात हुने गरेको छ । प्रति महिना कम्तिमा तीन हजार क्वीन्टलसम्म आलु सुर्खेतमा निकासी हुने गरेको स्थानीय व्यवसायीको भनाई छ ।
स्थानीय आलु विक्रेता टेकबहादुर शाहीले कृषकहरुले उत्पादन गरेको तरकारी घरबाटै विक्रि हुन थालेपछि स्थानीय कृषकहरु उत्साहित भएको बताए । उनले भने ‘पहिले परम्परागत कृषि उत्पादन गर्दै आएका कृषकहरु अहिले व्यवसायीक भएका छन्’ ‘खाली रहेको जमिनमा आलु खेती गरिहाल्छन् । उत्पादन पनि राम्रै भएको छ ।’
वावु एण्ड शाही सव्जी मण्डीका संचालक प्रवल शाहीले सुर्खेत, दैलेखमा उत्पादन हुने आलु, दैलेखको सुन्तला र कर्णाली अञ्चलको स्याउ भण्डारण गर्न शित भण्डार आवश्यक रहेको बताए । तीन बर्ष अघि विस्तृत अध्ययन गरी लागत स्टिमेट तयार गरेपनि क्षेत्रीय कृषि निर्देशनालयमा थन्किएको छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete