Friday, July 20, 2012

द्घन्द्घ प्रभावितलाई ४ करोड २६ लाख राहत वितरण

सुर्खेत, ४ साउन ।
सशस्त्र द्धन्द्धका प्रभावित व्यक्ति तथा परिवारलाई गत आर्थिक बर्षमा चार करोड २६ लाख १७ हजार राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्याल, जिल्ला विकास समिति मार्फत उक्त रकम वितरण गरिएको हो ।
स्थानीय शान्ति समिति सुर्खेतले विहिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०६८÷०६९ मा वितरण गरिएको राहतका बारेमा जानकारी गराएको थियो । द्धन्द्धका क्रममा ज्यान गुमाएका दुई सय एक जनाको परिवारलाई ३ करोड ६७ लाख ५० हजार, बेपत्ता ११ जनाको परिवारलाई प्रति परिवार दुई लाखका दरले २२ लाख, घाईते ४७ जनाको परिवारलाई २४ लाख ७० हजार रकम राहत स्वरुप वितरण गरिएको जनाईएको छ ।
त्यसैगरी अपहरण पीडित ३१ जनालाई २५ हजारका दरले ७ लाख ७५ हजार, बेपत्ता पत्नि दुई जनालाई ५० हजार, द्धन्द्धका क्रममा अपांगता भएका १५ जना व्यक्तिलाई जिवन निर्वाह भत्ता वापत ३ लाख ७२ हजार रकम वितरण गरिएको स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले जानकारी दिए ।
स्थानीय शान्ति समितिको सिफारिसमा द्धन्द्धप्रभावित लगत संकलन कार्यदलको छनोटमा परेका द्धन्द्धप्रभावित व्यक्ति र उनको परिवारलाई राहत प्रदान गरिएको हो । सुर्खेत स्थायी घर भएका द्धन्द्धका क्रममा सुरक्षाकर्मी, सर्वसाधारण सहित तीन सय एक जनाले ज्यान गुमाएका थिए ।
२६ जना प्रहरी, १४ जना सशस्त्र प्रहरी, ३९ जना नेपाली सेना र अन्य २०४ जना सर्वसाधारण सहित तीन सय एक जनाले ज्यान गुमाएको शान्ति समिति सुर्खेतले तथ्याङ्क दिएको छ । लाटीकोइली गाविसका सबैभन्दाबढी १७ जनाले ज्यान गुमाएको जनाईएको छ ।
त्यसैगरी दशरथुपरमा १६ जना, छिन्चुमा १६ जना, रामघाटमा १५ जना, वीरेन्द्रनगरमा १५ जनाले ज्यान गुमाएका थिए भने आग्रीगाउँ, गर्पन, घोरेटा, धारापानी, बजेडिचौर, रतु र राकम गाविसबाट द्धन्द्धका क्रममा कसैले ज्यान नगुमाएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
द्धन्द्धका क्रममा ज्यान गुमाएका दुई सय ७८ जनाको परिवारलाई विभिन्न चरणमा राहत वितरण गरिएको छ भने पटक पटक जानकारी गराउँदा पनि १८ जनाको परिवार राहत लिन सम्पर्कमा नआएको जनाईएको छ ।
सुर्खेतमा बेपत्ता भएका १३ जना मध्य ११ जनाको परिवारलाई समेत राहत प्रदान गरिएको जनाईएको छ । घाईते ६६जना मध्य ४७ जनाले राहत पाएका छन् । अपहरणमा परेका ४२ मध्य ३१ जनाले राहत पाएका छन् । द्धन्द्धका क्रममा क्षतिग्रत भएका भौतिक संरचनाहरुको पुनर्निमाण कार्य जारी रहेको छ । शान्ति तथा पुनर्निमाण मन्त्रालयको सहयोगमा जिल्ला प्राविधिक कार्यालय, सडक डिभिजन कार्यालय र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले भौतिक संरचना निर्माणको काम गरिरहेका छन् ।
समुदाय तथा ठेकेदारसंगको साझेदारीमा २०६५ सालदेखि २०६८ सम्म निर्माण प्रारम्भ भएका आयोजनाले अँझै सम्म पूर्णता पाउन सकेका छैनन् । स्थानीय शान्ति समिति सुर्खेतले निर्माणाधिन आयोजनाहरुको अनुगमन गरेको छ । १६ वटा आयोजना मध्य अधिकांश आयोजना निर्माणमा प्रभावकारीता नदिएको समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । निर्माणको जिम्मेवारी पाएका सम्बन्धित सरकारी कार्यालय र ठेकेदारको लापर्वाहिका कारण भौतिक संरचनाहरु निर्माण कार्यले पूर्णता पाउन सकेको छैन् ।

राहत वितरण
मृतक २०१ जनाको परिवारलाई ३ करोड ६७ लाख ५० हजार
बेपत्ता ११ जनाको परिवारलाई २२ लाख
घाईते ४७ जनालाई २४ लाख ७१ हजार
अपहरण ३१ जनालाई ७ लाख ७५ हजार
जिवन निर्वाह भत्ता १६ जनालाई ३ लाख ७२ हजार
बेपत्ता पत्नि राहत २ जनालाई ५० हजार

यी १८ जना मृतकको राहत बुझन कोही सम्पर्कमा आएनन्


अमर वि.क. कुनाथरी–४, जीवन सुनार रजेना–३, डमरबहादुर सिंह रानीवास–४, विक्रम सार्की साहारे–४, लल्लु वि.क. मेहलकुना–४, लालविर वादी मेहलकुना–६, प्रेमबहादुर घिमिरे साटाखानी–५, देवबहादुर थापा विद्यापुर–३, बमबहादुर कार्की लाटीकोइली–९, खगेन्द्र नेपाली वीरेन्द्रनगर–३, तिलक बुढा मैनतडा–७, अमर वि.क. मैनतडा–४, खगेन्द्र विटालु बावियाचौर–४, प्रेमकुमारी खत्री गढी–५ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete