Wednesday, July 4, 2012

१०+२ मा प्रत्येक बर्ष नयाँ विषय
दिपक बुढा
सुर्खेत, २० असार ।

सुर्खेतका उच्च माध्यमिक विद्यालयहरुमा प्रत्येक बर्ष नयाँ विषय भित्रिने गरेका छन् । आफ्नो विद्यालयमा विद्यार्थी आक्रर्षित गर्न नयाँ नयाँ विषय भित्र्याउने गरिएको छ । सुर्खेतमा यस बर्ष थप दुई वटा नयाँ विषय भित्रिएका छन् ।
यस शैक्षिक सत्रदेखि होटल व्यवस्थापन र ट्राभल एण्ड टुरिजम विषय भित्रिएका हुन् । नेपाल राष्ट्रिय उच्च मावि गाग्रेतालले यस बर्षदेखि दुवै विषयको पठन पाठन सुरु गरेको छ । सरकारीदेखि सामुदायिक उच्च माध्यमिक विद्यालयहरुले प्रत्येक बर्ष नयाँ विषय भित्र्याईरहेका छन् ।
होटल व्यवस्थापन विषय इन्टरनेशनल को–अपरेटिभ एकेडेमी, इगरव्रिज, सेन्टमेरिज को–अपरेटिभ लगायतका विद्यालयहरुले यस बर्षदेखि सुरु गरेका छन् । होटल व्यवस्थापन विषय पढ्न बाहिरी जिल्लामा जानुपर्ने बाध्यता रहेका यस क्षेत्रका विद्यार्थीहरुलाई थप सुविधा प्राप्त भएको छ ।
२०६४ सालदेखि सुर्खेतमा पहिलो पटक आमसञ्चार, पत्रकारीता विषय भित्रिएको थियो । जनसेवा उच्च मावि घुस्रा र अमरज्योति नमूना उच्च मावि नेवारेले एकै पटक त्यो विषयको अध्ययन सुरु गरेका थिए । पहिलो पटक जिल्लामा भित्रिएको उक्त विषयमा धेरै विद्यार्थीको आक्र्रषण भएपनि स्नातक तहमा पत्रकारीता अध्ययन नहुँदा विद्यार्थीहरु अन्यौलमा रहेका छन् ।
आमसञ्चाल तथा पत्रकारीताका शिक्षक युवराज शर्माले वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा एक बर्ष अगाडीदेखि स्नातक तहमा पत्रकारीता विषय ल्याउने तयारी भएपनि त्यो सफल हुन नसकेको बताए । उनले भने ‘उच्च माविमा पत्रकारीता पढ्ने विद्यार्थीको चाप धेरै छ तर स्नातक तहमा अध्ययन नहुँदा धेरै विद्यार्थी रुची हुँदा हुँदै पनि पत्रकारीता पढ्नबाट बञ्चित भएका छन् ।’
२०६५ सालदेखि सुर्खेतमा शिक्षा विज्ञानको विषयमा पठन पाठन समेत हुन थाल्यो । पहिलो पटक उच्च मावि नेवारे र जनउच्च मावि वीरेन्द्रनगरले उक्त विषयको पढाई सुरु गरेका थिए । उच्च मावि कुनाथरीले २०६८ सालदेखि कृषिको एनएक्स प्रोग्राम सुरु गरेको छ त्यसलेपनि यस क्षेत्रका विद्यार्थीहरुलाई थप सुविधा पु¥याई रहेको छ ।
२०६७ सालदेखिनै शिव उच्च मावि लाटीकोइलीले कृषि विज्ञान विषय जिल्लामा पहिलो पटक भित्र्याएको थियो । त्यस लगत्तै श्रीकृष्ण तथा संस्कृत साधारण उच्च मावि इत्रामले उक्त विषयमा पढाई सुरु गरेको थियो । नयाँ नयाँ विषय प्रत्येक बर्ष भित्रिने गरेको तर स्नातक तहमा भने नयाँ विषय थपिएका छैनन् ।
उच्च माध्यमिक विद्यालयहरुमा विद्यार्थीलाई आक्रर्षित गर्न विभिन्न नयाँ नयाँ विषय प्रत्येक बर्ष ल्याउने गरिएको छ । उच्च मावि गाग्रेतालले सहकारी शिक्षा समेत सुरु गरेको छ । विषय अनुसार विद्यार्थीको आक्रर्षण बढाई विद्यार्थी संख्यामा बृद्धि गर्ने उद्देश्यले विद्यालयहरु नयाँ नयाँ विषयको खोजी गर्ने गरेका छन् ।
नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन सुर्खेतका अध्यक्ष एवंम इन्टरनेशनल को–अपरेटिभ एकेडेमी कालागाउँका प्रिन्सिपल नैनसिंह खत्रीले सुर्खेतमा यस बर्षदेखि सुरु भएको होटल व्यवस्थापन विषयले होटल व्यवसायमा जान चाहने विद्यार्थीहरुका लागि सुविधा थपिएको बताए ।
पर्यटन विकास संगै होटल व्यवसाय समेत फस्टाईरहेको अवस्थामा जिल्लामा भित्रिएका दुई विषयले जिल्लाको शैक्षिक गुणस्तर, शैक्षिक क्षेत्रमा केही रुपमा भएपनि सहयोग पुगेको बताए । उनले भने ‘जिल्लामा पहिलो पटक संचालित यस विषयमा विद्यार्थी संख्या पनि उल्लेख्य बढ्नेछ’
भर्ना अभियान संचालन भैरहेको अवस्थामा जिल्लाका विभिन्न विद्यालयहरुले आ–आफ्नो विद्यालयमा पढाई हुने विषय, विद्यालयको शैक्षिक वातावरणका बारेमा स्थानीय संचार माध्यमहरुबाट प्रचार प्रसार गरिरहेका छन् ।
सरकारी उच्च मावि भन्दा नीजि क्षेत्रबाट खोलिएका उच्च माविहरु प्रचार–प्रसारमा अगाडी देखिएका छन् । स्थानीय पत्रपत्रिकाहरुमा भ्याली भित्र रहेका उच्च माविहरुको विज्ञापनले महत्वपूर्ण स्थान पाईरहेको छ ।
जनसेवा उच्च मावि घुस्राका प्राचार्य भक्तबहादुर शाहीले भने ‘कुन विद्यालयमा कुन विषय पढाई हुन्छ भन्ने कुरा सबै विद्यार्थीलाई जानकारी हुँदैन । प्रचार प्रसार गरेमा विद्यार्थीलाई विद्यालय छनोट गर्न सहज हुनेछ ।’ जनसेवा उच्च मावि घुस्रामा मानविकि, शिक्षा र व्यवस्थापनमा पढाई भैरहेको उनले जानकारी दिए । जनसेवा उच्च मावि घुस्रा जिल्लामै पहिलो पटक आमसञ्चार तथा पत्रकारीता विषय अध्यापन गर्ने विद्यालय हो । भने उच्च मावि गाग्रेताल सहकारी शिक्षा, होटल व्यवस्थापन र ट्राभल एण्ड टुरिजम विषय पढाई सुरु गर्ने पहिलो विद्यालय हो ।
कहाँ कुन विषय
उच्च मावि गाग्रेतालमा
व्यवस्थापन संकाय तर्फ (सहकारी शिक्षा, ट्राभल एण्ड टुरिजम)
शिक्षा संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, शिक्षण विधि र शिक्षाको परिचय, गणित, जनसंख्या र वातावरण, स्वास्थ्य तथा शारिरीक शिक्षा
मानविकि संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, जनसंख्या अध्ययन, गणित, समाजशास्त्र, स्वास्थ्य र शारीरिक शिक्षा, अर्थशास्त्र, नेपाली
शिव उच्च मावि लाटीकोइलीमा
कृषि विज्ञान
व्यवस्थापन संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, अर्थशास्त्र, कम्यूटर, व्यवसायीक अध्ययन, होटल व्यवस्थापन, लेखाशास्त्र,
शिक्षा संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, शिक्षण विधि र शिक्षाको परिचय, गणित, जनसंख्या र वातावरण, स्वास्थ्य तथा शारिरीक शिक्षा
मानविकि संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, जनसंख्या अध्ययन, गणित, समाजशास्त्र, स्वास्थ्य र शारीरिक शिक्षा, अर्थशास्त्र, नेपाली
भैरव उच्च माविमा
व्यवस्थापन संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, अर्थशास्त्र, कम्यूटर, व्यवसायीक अध्ययन, होटल व्यवस्थापन, लेखाशास्त्र,
शिक्षा संकाय तर्फ ः अनिवार्य अंग्रेजी, नेपाली, शिक्षण विधि र शिक्षाको परिचय, गणित, जनसंख्या र वातावरण, स्वास्थ्य तथा शारिरीक शिक्षा
जनसेवा उच्च मावि घुस्रा
व्यवस्थापन संकाय
शिक्षा संकाय ः अनिवार्य अंग्रेजी, नेपाली, शिक्षण विधि र शिक्षाको परिचय, गणित, जनसंख्या र वातावरण, स्वास्थ्य तथा शारिरीक शिक्षा
मानविकि संकाय ः आमसञ्चार तथा पत्रकारीता, अनिवार्य अंग्रेजी, नेपाली, जनसंख्या अध्ययन, गणित, समाजशास्त्र, स्वास्थ्य र शारीरिक शिक्षा, अर्थशास्त्र, नेपाली

नीजि विद्यालय तर्फ

सेन्टमेरिज को–अप्रेटिभ
व्यवस्थापन संकाय (होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम)
शिक्षा संकाय
मानविकि संकाय
इन्टरनेशनल को–अप्रेटिभ
व्यवस्थापन संकाय ः (होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम)
विज्ञान
कम्यूटर साईन्स
इलाईट बोर्डिङ स्कुल
विज्ञान संकाय
व्यवस्थापन संकाय
कम्यूटर साईन्स
उषा वालवाटिका 
विज्ञान संकाय
व्यवस्थापन संकाय
कम्यूटर साईन्स

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete