Thursday, July 5, 2012

सडक खन्दा सरकारी निकायको लापर्वाही
खेमराज वली
सुर्खेत, २१ असार ।

जर्वुटाका नागरिकहरुले आफ्नै पहलमा मोटरबाटो निर्माण गर्दा सरकारी निकायले भने लापर्वाही गरेको छ । स्थानीय नागरिकले स्थानीयहरुबाटै रकम उठाएर वीरेन्द्रनगर–१२ नेवारे–गर्गरे हँुदै रातानाङ्ला–धरमपोखरा जोड्ने सडक निर्माण गरेका थिए । मोटर बाटो निर्माणमा रकम विनियोजन नगरी गाविसले लापर्वाही गरेको हो ।
स्थानीयहरुको १८ लाख ५० हजार लगानीमा सो सडक जर्वुटा–८ नलखोलासम्ममा निर्माण भईसकेको छ । दुई वर्ष अगाडि देखि सुरु गरिएको बाटो निर्माणका लागि जर्बुटाका ५, ६, ७, ८ र ९ नम्बर वडाका नागरिकहरुले रकम संकलन गरेका थिए । नेवारे देखि जर्बुटा–८ नलखोलासम्म करिब ११ किलोमिटर मोटरबाटो निर्माण गरिएको छ ।
सडक सुर्खेतको रतु र दैलेखको गोगनपानीको सीमानामा पर्ने जिल्लाने (कान्छिबजार) मा जोडिने लक्ष्य लिईएपनि रकम अभावका कारण पूरा हुन नसकेको बताईएको छ । मोटरबाटो निर्माणपछि अव जर्वुटामा उत्पादित तरकारी तथा फलफूलले बजार पाउने र स्वास्थ्य उपचारका लागी पनि सजिलो हुने नागरिकले अपेक्षा गरेका छन् ।
तर रकम लगानी गरेपछि सरकारी निकायले वेवास्था गरिरहेको उपभोक्ता समितिले गुनासो गरेका छन् । उपभोक्ता समितिका पूर्वअध्यक्ष टेकराज उपाध्यायले जनताहरु नै सक्रिय भएर विकास निर्माणको काम गर्दा पनि सरकारी निकायबाटै आफुहरुको कामप्रति व्यवास्ता भएको बताएका छन् ।
उनले जिल्ला विकास समितिले बाटो सर्भे गर्ने भने पनि नगरेको समेत बताएका छन् । अघिल्लो आर्थिक बर्षमा जनताको दबाब पछि गाविसले एक लाख २५ हजार छुट्याएकोे भन्दै यति रकम उक्त सडकका लागि हात्तीको मुखमा जिरा जस्तै भएको बताए । यो बर्ष पनि गाविसले दुई लाख ९ हजार सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर गाहाले जानकारी दिएका छन् । उनले सडक निर्माणमा प्रयोग भएको मेसिनलाई समेत ऋण तिर्ण बाँकी रहेको बताए ।
गत वर्षको एक लाख ३० हजार र यो बर्षको ८६ हजार चार सय १२ रुपैयाँ तिर्न बाँकि रहेको उनले बताए । हाल बर्षाको समय आएकोले कसैको सहयोग नभएकोले सडक जिर्ण बन्दै गएको र नागरिकसंग पनि आर्थिक अभाव भएकोले समस्या आएको समेत उनले बताए । सडक बिग्रिने भएकोले स्थानीयले नै नाला बनाउन लागेको गाहाले बताए ।
साथै स्थानीयहरुले सडकको उद्घाटन गर्न सम्भव भए स्थानीय विकास अधिकारी, नभए जिल्ला विकास समितिका कर्मचारीलाई बोलाइएपनि वेवास्ता भएको बताए । उद्घाटनका लागि जिल्ला विकास समिति र गाविसको कार्यालयबाट सहभागि नभएपछि वरिष्ठ चन्दादाता कृष्णदेव थापाले सडकको उद्घाटन गरेका थिए । उनले बाटो निर्माणका लागी लिने गरिएको स्वैच्छिक चन्दामा ५० हजार रुपैयाँ दिएका थिए ।
यता, स्थानीय विकास अधिकारी रेग्मीले आफु विशेष कामको शिलसिलामा सहारे पुगेको र यसबारे थाह नभएको बताए । गाविस सचिव खड्गबहादुर दर्लामीले पनि आफ्नो मोटरसाईकल लैजान नसक्ने बताउँदै निर्माण स्थलमा जान नसकेको प्रतिक्रिया दिए ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete