Tuesday, July 24, 2012

घडी नचल्ने सुर्खेतको घण्टाघर

खेमराज वली

सुर्खेत, ९ साउन ।
वीरेन्द्रनगरको बीचमा अर्थात खुला मञ्चको  आगनमै अझ भन्ने हो भने जिल्ला विकास समिति र नगरपालिकाको नाक नजिकै रहेको सर्खेतको घण्टाघरमा रहेका घडीहरुले पछिल्लो समयमा कहिल्यै सहि समय दिएका छैनन् ।
आज भोलीका दिनहरुमा घण्टा घरका चार वटै घडीहरुमा फरक–फरक बजिरहेको छ । हाल यहाँका  उत्तरमा रहेको घडीमा १२ बजेर ५६ मिनेट, दक्षिणको घडीमा ९ बजेर ३१ मिनेट, पूर्वको घडीमा ११ बजेर चार मिनेट र पश्चिमको घडीमा २ बजेर २५ मिनेट गएको अवस्थामा सधै स्थिर रहेका छन् । साथै घण्टा घरमा घडी विग्रिए पछि आलाराम पनि बज्न छाडेको छ ।  बाटोमा हिंड्ने सर्बसाधारणलाई सजिलो होस भनेर बिक्रम सम्बत २०४५ सालमा चीन सरकारद्धारा निर्माण गरिएको  घण्टाघरका चार दिशातर्फ राखिएका चारवटा घडीहरुले कहिल्यै सहि समय नदिदा सर्वसाधारणहरुले थप अन्यौलता खेप्नु परेको छ । कतिपय बाहिरबाट आउने मानिसहरुलाई यी घडीहरुले झुक्याएर समयको बर्बाद बनाएको समेत गुनासो सर्वसाधारणहरुको छ । सर्वसाधारणहरुलाई झुक्याउने भएकोले यी घडीलाई ठिक नबनाएसम्ममा घरमा नराख्न समेत उनिहरुले सुझाव दिएका छन् । 

मुख्य प्राकृतिक तथा सांस्कृतिक आकर्षणका लागि स्थापना भएको पश्चिम नेपालको एकमात्र घण्टाघर वीरेन्द्रनगरको गौरवपूर्ण सम्पदाको रहेपनि पछिल्लो समयमा त्यस क्षेत्रबाट आवातजावत गर्नेहरु समय हेर्नेवित्तिकै अनुहार खुम्च्याउदै अगाडि बढ्छन् । 
सौर्य शक्तिबाट सञ्चालन हुनेगरी घरमा राखिएका घडीले नत सहि समय दिन्छन् न त यो घरले उचित मर्मत सम्भार पाईरहन्छ । यसले केवल चर्काे घाम र नजिकैबाट हिड्ने मानिसहरुको तिरस्कार मात्र पाईरहेको छ । 
विभिन्न समयमा जिल्लामा सञ्चालन हुने मेला, महोत्वसवमा आएका हास्यव्यङ्य कलाकारहरुका समेत घण्टा घर व्यङग्य गर्ने आधार भएका छन् । कलाकारहरुले लोडसेडिङ्को प्रभाव त होइन यो भन्ने प्रश्न समेत गर्छन । लोडसेडिङ नहुने भए यो समस्या आउने थिएन होला । 
हाल घरको बाहिर आवरणमा समेत भेरेका गोला रहेका छन् भने घरको दक्षिणको भागको दोस्रो तलाको सिसा समेत फुटेको छ । घर  बाहिरबाट राम्रो देखिएपनि भित्र सोचेजस्तो नभएको घुम्न आउनेहरुले बताएका छन् । पार्कमा हाल कजेट सञ्चालन भई पार्कको वरिपरि भने सुधार गरिएको छ । यस्तै अवस्थामा घर विग्रीदै गएमा केही समयमै भग्नावस्यसमा परिणत हुने स्थानीयहरुको अनुमान छ । 
सिमेन्ट र फलामे छडहरुको सहायताबाट निर्मीत पश्चिम नेपालकै सबै भन्दा अग्लो टावरको रुपमा निनिने उक्त घण्टाघर मेला पर्वका समयमा भने मर्र्मत गर्ने गरिएको छ । घरको पार्कलाई केही हदसम्ममा सुधारिएपनि घण्टा घरको अवस्था भने उस्तै रहेको छ । २०६८ सालमा जिल्लामा सञ्चान भएको क्षेत्रीय महोत्सवमा घरको मर्मत गरिएको थियो । घण्टा घर वरिपरिका विभिन्न फुटपाथे ढेला घुम्टी व्यापारीहरुलाई नगरपालिकाले हटाए पनि हाल सम्ममा पनि यस्ता फुतपाथहरु पनि सञ्चालन भईरहेका छन् । 
यता नगरपालिकाले घण्टा घर पार्क चिन्तामणि शर्मालाई जिम्मा दिएको बताएको छ । सबै जिम्मा शर्मालाई नै दिइएको नगरपालिकाले काम नगरेको नगरपालिकाका प्रशासकिय अधिकृत प्रकाश पौडेलले बताए । पौडेलले घण्टा घरका लागि नगरपालिकाको त्यस्तो केही कार्यक्रम नभएको समेत बताए ।  
पार्कमा कटेज सञ्चालक गरेका शर्माले सोलरबाट घडीहरु सञ्चालनमा ल्याइएको भन्दै हाल सोलरले काम नगरेकोले समस्या आएको बताएका छन् । उनले सोलारले काम नगरेपछि आफुहरुले बत्तिबाट पनि घडी चलाउने प्रयास गरेको भएपनि बत्तिको चार्ज पनि बढी आउने भएकोले अझ समस्या आएको बताए । बत्तिको चार्ज बढि आए पनि लोडसेडिङ्ले गर्दा त्यो पनि असम्भव भएको शर्माले बताए । उनले जेनेरेटरको प्रयोगबाट भएपनि घडीलाई सञ्चालनमा ल्याउने भन्दै नगरपालिकासंग छलफल गरेर अगाडि बढ्ने बताए । शर्माले २०६७ साल असोज बाट पार्कको जिम्मा लगेका हुन् । उनले नगरपालिकालाई बार्षिक रुपमा ५० हजार भाडा तिर्दै आएका छन् । 

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete