Wednesday, July 4, 2012

१४ गाविस निःशुल्क शिक्षा प्रदायक हुँदै
हिमा उपाध्याय
सुर्खेत, २० असार ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतले थप १४ वटा गाविसहरुलाई निःशुल्क शिक्षा प्रदायक गाविस बनाउने तयारी गरिएको बताएको छ । हाल सम्ममा जिल्लाका नौ गाविसमात्रै निःशुल्क शिक्षा प्रदायक गाविस भएका छन् । यस वर्ष १४ गाविस थपिए पछि निःशुल्क शिक्षा प्रदायक गाविसको संख्या जिल्लामा २३ पुग्ने छ । चालु आर्थिक वर्षमा गर्नुपर्ने कार्यक्रम भएपनि चालु आर्थिक बर्षको अन्त्यमा मात्रै परिपत्र आएको शिक्षा कार्यालयले बताएको छ ।
शिक्षा कार्यालयले यस वर्षमा घाटगाउँ, पोखरीकाँडा, तातापानी, उत्तरङ्गा, रतु, मैनतडा, मेहलकुना, धारापनी, लेखफर्सा,काप्रीचौर र डाँडाखाली लगायतका गाविसहरुलाई निःशुल्क शिक्षा प्रदायक गाविस बनाउने तयारी गरेको जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्याले बताए । यस अघि जिल्लाका गर्पन, दशरथपूर, मालारानी, कुनाथरी, नेटा, रामघाट, लाटिकोईली, वावियाचौर र कल्याणमा निःशुल्क तथा अनिवार्य शिक्षा लागु भइसकेको छ ।
जिल्ला शिक्षा कार्यालयको आयोजनामा बुधबार भएको गुणस्तरीय शिक्षामा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियामा अधिकारी उपाध्यायले शिक्षा कार्यालयका कार्यक्रमका बारेमा जानकारी दिँदै यस्तो बताएका हुन् । साथै अधिकारी उपाध्याय १४ वटा गाविसमा निरक्षर उन्मूलन भएकोले यी गाविसमा पहिले जस्तो सहयोग नगर्ने र अन्य गाविसमा निरक्षर उन्मुलन तर्फ लाग्ने बताए ।
उनले जिल्लामा विद्यालय जाने उमेर समूहका दुई प्रतिशत बालबालिका मात्रै विद्यालय बाहिर रहेको बताए । २५ वटा प्राविलाई समायोजन गरिने योजनामा रहेको समेत बताइएको छ । यस अघि जिल्लाका सिमली प्रावि धामिसेनमा र प्रावि चाँदनी चौकीमा समायोजन भएको बताइएको छ ।
जिल्ला शिक्षा कार्यालय मार्फत चार सय ४६ वटा बालबिकास केन्द्र सञ्चालन भएको उमेर ढल्केकाहरुलाई वैकल्पिक शिक्षाको प्रयोग गरिएको शिक्षा कार्यालयकी उपसचिव दिपा हमालले बताइन् ।
जिल्लामा १० वटा स्रोत कक्षाको समेत सञ्चालन गरिएको छ । जसमा दृष्टिविहिनका लागि रामघाटमा, सुस्तमनस्थितीका लागि घुस्रामा पढाई भइरहेको बताईएको छ । जिल्लामा वावियाचौर र वीरेन्द्रनगरको हस्वीर विद्यालयमा गृहिनी शिक्षा सञ्चालन भएका छन् ।
जिल्लामा रहेका जम्मा पाँच सय २२ सामुदायीक विद्यालय मध्ये एक सय १३ वटा विद्यालयलाई शिक्षा कार्यालयले न्युनतम असक्षतमा भएका विद्यालयमको रुपमा पहिचान गरेको बताइएको छ । पढाईको लागि कक्षा कोठा नभएको, शिक्षक नभएको, पाठ्यपुस्तक, शौचालय र सिकाई सामाग्रि तथा बुक कर्नर नभएका विद्यालयलाई शिक्षा कार्यालयले न्यूनतम असक्षमता भएका विद्यालय भनेको छ । यस्ता १३ वटा विद्यालयमा शौचालय निर्माण तथा अन्य कार्यका लागि १५ हजार सहयोग गरेको छ ।
साथै चालु आ.ब.मा कक्षा ९ र १० मा अध्ययनरत सात सय ४५ दलित, दुई सय २१ अपाङ्गता भएका, दुई सय आठ लोपोन्मूख जातीका विद्यार्थीहरुका लागि छात्रबृत्ति वितरण गरिएकोे शिक्षा कार्यालयले जानकारी दिएको छ ।
अन्तरक्रियामा वोल्दै नेपाल शिक्षक यूनियनका अध्यक्ष धनसिंह खड्काले शिक्षा जगतका समस्याहरु सञ्चार माध्यामले नआए समाधानमा कठिन हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष दुर्गा थापाले गुणस्तरीय शिक्षामा सञ्चार माध्यमको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा शिक्षा सम्बन्धि विभिन्न प्रतिवेदनमा उल्लेख भएका विषयहरुको कार्यन्वयनका लागि सञ्चार माध्यमले सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।
साथै योग्यता नपुगेका शिक्षकहरु नै प्रध्यापक हुने, विद्यालयहरुमा पढाइने प्रक्रियाहरु विद्यार्थी केन्द्रित नहुने भएकोले यस तर्फ सञ्चार माध्यामले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुपर्ने समेत उल्लेख गरिएको छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete