Saturday, July 21, 2012

साक्षरता अभियानमा सचिवको अनियमितता

दिपक बुढा
सुर्खेत, ६ असार ।
गत आर्थिक बर्ष ०६८÷०६९ को राष्ट्रिय साक्षरता अभियानको रकममा बेतानका गाविस सचिव नरबहादुर शाहीले अनियमितता गरेको वेतान गाविसका स्थानीयले आरोप लगायका छन् । वेतान गाविसमा सञ्चालन भएको साक्षरता अभियान कार्यक्रममा सचिव नरबहादुर शाहीले विभिन्न शीर्षकका लागि आएको रकम समेत खर्च नगरि अनियमितता गरेको आरोप लगाईएको हो ।
पहिलो चरणमा संचालित कक्षामा गाविस सचिवले ६ वटा कक्षाका लागि पुस्तक लगेपनि दोस्रो र तेस्रो चरणको साक्षरता कक्षाको कक्षानै संचालन नगरेको स्थानीयले बताएका छन् । उनले दोस्रो र तेस्रो चरणको सबै कक्षा संचालन नगरेको बताईएको छ । ‘पाठ्यपुस्तक समेत लिएनन भने सहजकर्ता र निरिक्षकले समेत आफ्नो जिम्मेवारी अनुसार काम गरेनन’–एक स्थानीयबासीन्दाले बताए ।
प्रत्येक चरणमा न्यूनमत ६ वटा कक्षा संचालन गर्नुपर्ने थियो । एउटा कक्षामा तीस जना विद्यार्थी उपस्थित हुने र उनीहरुका लागि पाठ्यपुस्तक, कापि, कलम खरिद गर्न गाउँ विकास समितिलाई जिल्ला शिक्षा कार्यालय सुर्खेतले भूक्तानी दिएको थियो । तीन पटकमा गरी मसलन्द ४० हजार पाँच सय, पाठ्यपुस्तकमा २९ हजार एक सय ६०, अनुगमनमा ७ हजार चार सय, सहजकर्ता प्रोत्साहन सहित लाखौं रकम गाविस खातामा पठाईएको भएपनि धेरै क्रियाकलाप संचालन नगरेरै रकम खर्च गरिएको जनाईएको छ ।
गाविस सचिव नरबहादुर शाहीले भने पहिलो पटक मात्रै पाठ्यपुस्तक खरिद गरेको तर अन्य दुई चरणमा भने पाठ्यपुस्तकनै खरिद नगरेको स्वीकारेका छन् । साक्षरता कक्षाका लागि गाविसमा आएको रकमका बारेमा थाहा नभएको बताउँदै आफुले अनियमतिता नगरेको दावि गरेका छन् । साक्षरता अभियानमा केही खर्च नभएको रकम भने जिल्ला शिक्षा कार्यालयलाई नै फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला शिक्षा कार्यालय सुर्खेतले भने साक्षरता अभियान सञ्चालन भएका सबै गाविसहरुमा आआफ्नै खातामा रकम जम्मा गरिदिएको बताएको छ । वेतानमा पनि कार्यालयले गाविसकै खाता नम्बर २.१÷८८ मा रकम जम्मा गरेको बताएको छ । शिक्षा कार्यालयले गाविसमा सञ्चालित साक्षरता अभियानका लागि तेस्रो किस्ता असार ११ गते खातामा राखिएको बताएको छ । तेस्रो किस्तामा प्रोत्साहन भत्ता पहिलो चरणको ३६ हजार जम्मा गरिएको शिक्षा कार्यालयले जानकारी गराएको छ ।
वेतानमा साक्षरता अभियान का लागि ६ कोटा परेको थियो । शिक्षा कार्यालयमा उक्त गाविसमा सञ्चालित साक्षरतामा अभियानमा १८० जना सहभागिता रहेको तथ्याङ्कमा छ । स्थानीयहरुले भने गाविसमा पाठ्य पुस्तक समेत नबाँडिएको बताएका छन् ।
जिल्लाका साक्षरता प्रतिशत कम भएका विभिन्न २४ गाविसमा साक्षरता अभियान सञ्चालन भएको छ । जिल्लाका वेतान घाटगाउँ, कुनाथरी, रतु, रानिबास, गुठु, साटाखनी, सालकोट, दहचौच, मटेला, वावियाचौर, काफलकोट, गर्पन, लेखपराजुल, सहारे, अवलचिङ्ग, मेहलकुना, मैनतडा, वीरेन्द्रनगर, छिन्चु, विद्यापूर, काप्रीचौर, गढी र मालारानीमा कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्लामा जम्मा एक सय १३ कोटा आएकोमा सबै भन्दा वढी मालारानीमा सात वटा कोटा परेको थियो भने सबै भन्दा कम घाटगाउँ र कुनाथरीमा एक एक कोटा परेको थियो । जिल्ला भरी सञ्चालन भएको कार्यक्रममा जम्मा तीन हजार तीन सय ९० जनाको सहभागिता रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । कार्यक्रमका लागि जम्मा छ लाख ७८ हजार रकम उपलब्ध गराईएको जिल्ला शिक्षाले जनाएको छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete