Saturday, July 7, 2012

भिसाको रकम फिर्ता गरी पशुपालनमा

दीपक बुढा÷सुर्खेत
नेपाल पत्रकार महासंघ शाखा सुर्खेत (सदस्य)
युगआव्हान दैनिक (कार्यकारी सम्पादक)

वीरेन्द्रनगर–८ कालिन्चोकका देवप्रसाद ढकाल गत मंसिरमा जागिरबाट पेन्सन रिटायर भएपछि विदेश जाने योजनामा थिए । नेपाल आर्मीका जागिरे ढकालले चिनको मकाउँ शरहमा मासिक ८० हजार तलबमा काम गर्ने गरी मेनपावर कम्पनीलाई ५० हजार रकम समेत बुझाएका थिए ।
कम्पनीले पहिले भने अनुसार सेवा, सुविधा, तलव दिने निश्चित नभएपछि ढकालले विदेश जाने योजना परिवर्तन गरेका हुन् । मेनपावर कम्पनीबाट रकम फिर्ता गरी उनी पशुपालन व्यवसाय गर्ने योजनामा पुगे ।
‘विदेश नजाने भएपछि काठमाण्डौंबाट चितवन, गोर्खाका विभिन्न गाई फर्मको स्थलगत भ्रमण गरेँ अनि घर फर्किए लगत्तै जिल्लामा गाई फर्म संचालन गर्ने योजना बन्यो’– ढकालले भने ‘धेरै चुनौतिहरु थिए । मान्छे पाल्न त गाह्रो छ भने गाई भैँसी पाल्न त झन चुनौति नै हो ।’

प्राविधिक ज्ञान नभएका ढकाल परम्परागत गाई पालनका बारेमा सामान्य जानकारी पाएपनि आधुनिक गाईलाई दाना, पौष्ट्रिक आहारका बारेमा जानकारी थिएन् । काम गर्दै गरे उनले सिक्दै गरे । जर्वुटा–१ गाग्रेतालमा ढकाल र जर्वुटा–१ कै नारायण सापकोटाले लोकहित पशुपालन उद्योग दर्ता गरी २०६८ पुषदेखि संचालनमा ल्याएका छन् ।

सापकोटा लोकमञ्च दैनिक पत्रिकाका सम्पादक हुन भने शिक्षा क्याम्पस (सुर्खेत) का जनसंख्या प्राध्यापक हुन् । एक विगाह जमिन क्षेत्रफलमा आधुनिक गाई फर्म संचालनमा ल्याईएको छ । गोठमा सात वटा गाई र एउटा भैँसी छन् । होलिस्टेम जातको गाई ल्याईएको छ । १० बर्षका लागि बार्षिक आम्दानीको आधारमा भाडा दिने सम्झौतामा एक विगाह क्षेत्रफल उद्योगका लागि प्रयोग गरिएको छ ।
जमिन बाहेक भौतिक संरचना निर्माणमा लगानी १६ लाख लगानी भएको संचालक ढकालले जानकारी दिए । खाली जमिनमा नेप्पीयर, मलाटो, सेटरीया, पासपालुङ, बदामे जातको घाँस लगाईएको छ । जिल्ला पशु कार्यालयले सःशुल्क प्राविधिक परामर्श सहित घाँस सहयोग गरेको छ । दुध उत्पादन जेठ महिनादेखि सुरु भएको छ । तीन वटा गाई र एउटा भंैसीबाट उत्पादन सुरु गरिएको छ । प्रतिदिन ५५ लिटर रहेको जनाईएको छ । गोर्खा, चितवन जिल्लाबाट ल्याईएका गाईबाट प्रतिदिन ५२ लिटर सम्म दुध उत्पादन दिने गरेको उनले जानकारी दिए ।
‘कोही अफगानीस्थान, इरान गए म मकाउँ (चिन) जाने तयारीमा थिंए । २०६८ असोजदेखि जागिर छोडेपनि असारदेखि मंसिर सम्म विदेश जाने योजना बनाएँ’– उनले भने ‘काठमाण्डौं गएपछि कम्पनीले दिने सम्झौता गरेको काम र तलव पछि घट्यो । सेवा सुविधा पनि घटेपछि मैले उक्त योजनाबाट पछि हटेको हो ।’
विदेश जाने योजनाबाट फर्किनुको मुख्य उद्देश्य भनेको गाउँमा फर्किएपछि गाउँमा ताजा दुध खुवाउने योजना रहेको बताए । ‘म त लगानी गरेर अन्य व्यवसाय गर्न सक्ने क्षमता छ तर अरुको लागि पनि केही भलाई गरौं भनेर मैले योजना बनाएको हुँ । गाउँमा रोजगारीको अभियान चलाउने योजना अनुरुप यो अभियान चलाएको हुँ ।’
‘विदेश गएमा एक बर्षको पेन्सन त एकै महिनामा आउँछ । ठाउँ पनि देखिने, सुःख पनि हुने, थप क्षमता वृद्धि हुने सोचाई थियो’ उनले भने ‘तर मेनपावर कम्पनीले जानु भन्दापहिलेनै धोका दियो, आफै ठगिने डर भएपछि विदेश यात्रा रोकेको हुँ ।’
खाली ठाउँलाई प्रयोग गरी उन्नत जानको गाई पालन गरेर दुध मय गाउँ निर्माण गर्ने योजना अनुसार १० बर्षमा एक सय वटा गाई पु¥याउने लक्ष्य उनको छ । १५ देखि २० जनालाई रोजगारी दिने र युवाहरु विदेश पलायनबाट रोक्ने मेरो योजना रहेको बताए । औपचारीक रुपमा फर्म दर्ता गरेर खोलिएका फर्म कमै मात्र छन् ।
विदेश जाने युवाहरुले मेनपावर कुन खालको छ मान्छे कस्तो छ कति विश्वासिलो छ । कुन देशमा पठाएको छ । कति सम्मलाई रोजगारी दिएको छ । कति सम्म तलबमा पठाउन सकेको छ । कुन बैंक मार्फत कारोवार गरेको छ त्यसबारे पहिलेनै बुझनुपर्ने उनले सुझाव दिएका छन् ।
पहिलेको कारोवार कतिको विश्वासीलो छ । त्यसको बारेमा पनि ख्याल गर्न आवश्यक छ । खाली चेक दिने गरेका घटनापनि छन् । मेनपावरमा राखिएका केटीहरुको आकर्षणले पनि युवाहरु फस्ने गरेको ढकालले बताए । विदेश जानेहरुले आफूमा सिप, भाषा, सम्बन्धित विषयमा दखल्ता हाँसिल गरेर मात्रै विदेश जानुपर्ने । जुन देशमा गएपनि अंग्रेजी भाषाको ज्ञान हुन आवश्यक रहेको उनले सुझाव दिएका छन् । हचुवाको भरमा विदेश जानु भन्दा त स्वदेशमै सानो तिनो व्यापार व्यवसाय, पशुपालन, कृषि उद्यम गर्नुपर्ने उनले सुझाव छ ।
उनले अब एउटा घरमा एउटा गाई पाल्न सक्यो भने एउटा गाईले दिनमा २० लिटर दुध दिने त्यसका बारेमा शिक्षा फैलाउनु आवश्यक रहेको बताए । खाली रहेको जमिनमा घाँस लगाएर खाली जमिनको उपयोग गरे थप आम्दानी लिन सकिने उनले बताए ।
गाई फर्ममा तीन जनालाई पूर्ण समय जागिर दिईएको छ । खान वस्न सहित प्रति महिना १० हजारका दरले तलब दिएने गरिएको छ । ‘आधारभूत चरणमा म घाटामा छु तर पनि काम सिकाउने देखि एउटा सिस्टम बसाएको छु । चितवनको गितानगर र पारसनगरमा एउटै परिवारमा चारदेखि पाँच वटा गाई पालेका छन् भने एउटै परिवारले एक सयदेखि दुई सय लिटरसम्म दुध उत्पादन गरेको योजनाले मलाई प्रभावित बनायो ’–उनले भने ।
सरकारले प्रोत्साहन गरेमा यसरी कृषि उद्यम तथा पशुपालन व्यवसाय फष्टाउँदै जाने बताउँदै ढकालले उत्पादन भएको दुध शितल डेरीलाई दिएको जानकारी दिए । प्रतिलिटर ३९ रुपैयाँमा विक्रि भैरहेको छ । चेतनास्तर कम भएकाले गाईको दुधलाई कम महत्व दिने गरिएको छ । बुझने व्यक्तिहरुले गाईको दुधको माग गर्ने गरेको उनले बताए ।
गाई फर्मलाई सुर्खेतकै नमूनाको रुपमा विकास गर्ने र यहाँका युवाहरुलाई रोजगारी दिने योजना रहेको बताए । सामन्यतया गाई पाल्ने चेतना आएमा असार महिनादेखि साउन महिना सम्म खाली जमिनमा घाँस लगाई एउटा परिवारले दुई वटा गाई पाल्न सकिन्छ । एउटा गाईबाट १५ देखि २० लिटर उत्पादन गर्न सकिन्छ । दुई वटा गाई पालन गर्न कम्तीमा तीन लाख रकम लगानी गरेमा खरिद, गोठ निर्माण गर्न सकिन्छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete