Wednesday, July 4, 2012

ट्राफिक प्रहरीको सक्रिता
ट्राफिक व्यवस्थापन बारे छलफल

सुर्खेत, २० असार ।
वीरेन्द्रनगर बजार क्षेत्रको ट्राफिक व्यवस्थापन, सवारी पार्किङका बारेमा बुधबार छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीसंग छलफल गरेको हो ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक कृष्णराज सापकोटाको सक्रियतामा भएको छलफलका सहभागिहरुले बढ्दो सवारी चापसंगै बजारको पार्किङ अवस्था चिन्ताजनक भएको बताएका थिए । ‘नीजि तथा सरकारी बैंकहरुको आफ्नो सवारी पार्किङ स्थल नहुँदा पनि बजारमा थप समस्या भएको छ । स्वीकृति दिँदानै पार्किङ स्थल भएको हुनुपर्ने प्राव्धान राख्नुपर्ने हो तर भएन अव सुधार गर्नुपर्छ ।’ छलफलका सहभागिको भनाई थियो ।
सोही अवसरमा आफ्नो कार्यकालमा सुर्खेत ट्राफिकको सक्रियता र अफिस व्यवस्थापनमा सहयोग जुटाएको बारे जानकारी दिएका थिए । ट्राफिक प्रहरी प्रमुख सापकोटाले आफु रातदिन आफ्नो जिम्मेवारी अनुसारको काममा खटिएको बताए ।
‘वीरेन्द्रनगर बजारमा ट्राफिक जनचेतनाका लागि कहिले चक्लेट वितरण गर्छु । पहिलो पटक स्लो मोटर ड्राईभिङ प्रतियोगिता आयोजना गरेँ अव पुरानो र नयाँ एक–एक जना कुशल ड्राईभरलाई सम्मान गर्ने योजना छ’–ट्राफिक प्रहरी प्रमुख सापकोटाले बताए ।
बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा नीजि क्षेत्रको भूमिका र ट्राफिक प्रहरीलाई गर्न सकिने सहयोगका बारेमा छलफल गरिएको थियो । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव मदनबहादुर खड्काको नेतृत्वमा ट्राफिक प्रहरी कार्यालय पुगेको टोलीले आफ्नो कार्यसमितिमा छलफल गरी गर्न सकिने सहयोगको टुङगो लगाउने बताए ।
महासचिव खड्काले भने ‘हामी सहयोग गर्न प्रतिवद्ध छौं । कार्यसमितिमा छलफल गरी ट्राफिक प्रहरीको सक्रियतालाई अँझ सहयोग पुग्नेगरी सामान वा अन्य सहयोग गर्न हामी तयार छौं ।’ मोटरसाईकलमा लामो समय सम्म नम्बर प्लेट नलगाउँदा अपराध बढ्ने भएकाले मोटरसाईकल खरिद गरेदेखि अस्थायी नम्बर प्लेट भएपनि राख्नुपर्ने सुझाव दिईएको थियो ।
ट्राफिक प्रहरी प्रमुख सापकोटाकै सक्रियतामा दुर्घटनाबढी हुने दुई स्थानमा मोटरसाईकलको कंकाल झुण्डयाईएको छ । रत्नराजमार्गको सुब्बाकुना र जुम्ला सडक खण्डको यरीचोकमा मोटरसाईकलको कंकाल झुण्ड्याईएको हो ।
‘यो मोटरसाईकल ट्राफिक बढी दुर्घटना हुने स्थानमा राख्दा सवारी चालक सचेत हुन्छन् अनि दुर्घटनामा न्यूनिकरण हुन्छ’ ट्राफिक प्रहरी प्रमुख सापकोटाले भने ‘यसरी ट्राफिक जनचेतना जगाउने विभिन्न क्रियाकलापहरु संचालन भैरहेका छन् ।’ मोटरसाईकलको क्लिप नलगाउँदा चक्लेट दिने अनि सचेत गराउने अभियानले सफलता पाएको छ ।
उक्त अभियानका क्रममा करिव पाँच सय रुपैयाँको चक्लेट वितरण गरिएको बताए । अभियान पछि बजार क्षेत्रमा हेलमेट नलगाउँने र लक समेत नलगाउने गलत संस्कार हराउँदै गएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको ९मापसे० चेक जाँचमा तिव्रता दिएपछि रातीमा मादक पदार्थ सेवन गरेर मोटर ड्राईभिङ गर्नेहरुपनि निरुत्साहित भएका छन् । ट्राफिक नियम उलंघन गर्नेलाई कार्वाहि गर्नेक्रममा पनि तिव्रता दिईएको छ । आफ्नो कार्यकालमा ट्राफिक प्रहरी प्रमुख सापकोटाले १२ लाखबढी राजश्व संकलन गरेका छन् । जुन विगतका बर्षको तुलनामा चार गुणाबढी हो ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete