Friday, July 20, 2012

विद्यालय संचालन गर्न बाख्रापालन , जिल्लाकै नमूना बाख्रा फार्म

दिपक बुढा
सुर्खेत
सुर्खेतको पश्चिम कुनाथरी–९ कुमिकोटमा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय कहिले वन त कहिले बाख्रापालनबाट सञ्चालन हु“दै आएको छ । विक्रम संम्बत २०३३ सालमा स्थापना भएको विद्यालय स्थापनाकालदेखि नै सञ्चालनमा कठिन भएपनि विद्यालयलाई २०६८ सालमा अभिभावक र विद्यार्थीको चाहनालाई मध्यनजरमा राखि निमावी बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम कार्कीले बताए ।

विगतमा विद्यालयलाई विभिन्न सामुदायिक वनको सहयोगमा सञ्चालन गरिएको र हाल वनलाई पनि काठ वेच्न नपाईने भनेपछि विद्यालय सञ्चालनगर्न गाह्रो भएकोले विद्यालयमानै बाख्रा फार्म सञ्चालन गरिएको विद्यालयका प्रध्यानाध्यापक धर्मराज कार्कीले बताए । उनले विद्यालय सञ्चालनका लागि विद्यालयले विभिन्न पहल गरे पनि सफल हुन नसके पछि बाख्रापालन गर्न लागिएको बताए । कार्कीले विद्यालय क्षेत्रमा प्रशस्त वन भएकोले पशुपालनबाट आय–आर्जन गर्न सकिने विश्वासले बाख्रापालनमा लागेको बताए ।
स्थानीय अमरबहादुर वलीले विद्यालयमा सबैजसो शिक्षकहरुलाई निजी स्रोतबाट तलव दिई राखिएकोले तलव दिन समेत समस्या परेकोले विद्यालयमा बाख्रा फार्म सञ्चालन गरिएको बताए । करिब दुई सय विद्यार्थी भएको विद्यालयमा हाल परिचर सहित सात जना शिक्षकहरु रहेकोमा एक जना मात्रै स्थायी शिक्षक रहेको प्रअ कार्कीले जानकारी दिएका छन् । विद्यालयमा सरकारी स्रोतबाट तलव खाने एक जना अस्थायी, एक जना राहात र अरु बा“की सबै निजि स्रोतबाट तलव खाने शिक्षक छन् ।
विद्यालयले व्यबसायिक बाख्रापालनका लागि जिल्लाकै नमूना बाख्रा फर्मको घर निमार्ण समेत गरेको छ । दुईबर्ष पछि विद्यालयले फार्मका लागि करिब एक सय ५० भन्दा बढी बाख्रा सजिलै राख्न सकिने आधुनिक खोरको निर्माण गरेको छ । गाविस लगायतका अन्य कार्यालयको अनुदान रकम र विद्यालयका अभिभावकहरुको सहयोगमा खोरको निर्माण गरिएको खोर निर्माण समितिका अध्यक्ष विमलकुमार शाहीले जानकारी दिएका छन् ।
उनले कुनाथरी गाविसले खोर निर्माणका लागि एक लाख ७३ हजार, जिल्ला पशु सेवा कार्यालय सुर्खेतले १७ हजार, स्थानियहरुबाट अभिभावकहरुबाट चार हजार, स्रोत विकास केन्द्रबाट १२ हजार ५ सय अनुदान उपलब्ध भएको थियो ।
विद्यालयमा सञ्चालनमा गरिएको फार्ममा अभिभावकहरुले एक–एक वटा बाख्रा दिने सहमति भएको छ । हाल सम्ममा अभिभावकहरुले करिब ३७ वटा बाख्रा अभिभावकहरुले उपलब्ध गराएका छन् । अभिभावकले एक सय १० बाख्रा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । साथै १७ हजारमा एउटा उच्च जातको बोकाको समेत खरिद गरिएको छ । खोर निमांणका लागि करिब जम्मा १५ हजार जती रकम खर्च भएको बताइएको छ ।
खोर बनाउदा ५२ हजारको पाता, आवश्यक काठ चिरानमा ५३ हजार, २५ हजार ढुवानीमा खर्च, सिमेन्ट लगायतका सामानमा १८ हजार, घडेरी निमार्ण गर्न २० हजार खर्च भएको निर्माण समितिका अध्यक्ष शाहिले बताए । साथै उनले खोर निर्माणमा काम गर्ने श्रमिकलाई १४ हजार दुई सय ज्याला दिन बाँकि रहेको बताए । खोर निर्माणका लागि आवश्यक पर्ने काठ विभिन्न सामुदायिक वनले सहयोग गरेका हुन् ।
देउराली सामुदायिक वनले २०० क्यू फिट, भैरव सामुदायिक वनले २ सय क्यू फिट, कोईरालपानी सामूदायिक वनले २ सय क्यू फिट काठ सहयोग गरेका छन् । विद्यालयले अभिभावकको सहयोगमा बाख्रा फार्मको सञ्चालन गरे पनि भविष्यमा फाईदा हुने वा नहुनेमा भने स्थानीयहरु विश्वस्त हुन सकेका छैनन् । अझै पनि बाख्राको संख्या बढेमा बाख्रा हेर्ने एउटा मान्छेले नपुग्ने भन्दै वनमा विस्तारै घा“सको अभाव भएकोले पनि समस्या आउने बताए ।
हाल विद्यालयकै परिचरले बाख्रा चराउने गरेको बताइएको छ । स्थानीयले बाख्रालाई संख्या बढेमा खोरमै राखेर पनि पाल्न नसकिने भएकोले ठुलो चुनौती भएको बताएका छन् । यस बारेमा कार्ययोजना बनाएर अगाडि बढ्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।
विद्यालयमा सञ्चालन भएको आयमूलक कार्यक्रमका लागि जिल्ला पशु सेवा कार्यालयले विद्यालय क्षेत्रमा मेहेन्दोला, किमु, दवदवे लगायतका विभिन्न किसिमका महंगा रुखहरुको वोट उपलब्ध गराएको छ । खोरको विहीबार एक कार्यक्रमकाबीच क्षेत्रीय पशु सेवा निर्देशक डा.अमर शाहले उद्घाटन गरेका छन् । शाहले उद्घाटन भन्ेयो कुने सानो कार्यक्रम होईन यो त फार्म तथा परियोजना हो ।
त्यस्तै कार्यक्रममा जिल्ला पशु सेवाका पशु चिकित्सक नारायण न्यौपानेले पशु फार्म चलाएर विद्यालयले शिक्षकको तलव खर्च निकाल्ने उद्देश्य राखेकोमा आफुहरुले सधै सहयोग गर्न तयार रहेको बताएका छन् । कार्यक्रममा पशु सेवा उप–केन्द्र कुनाथरीका मोहन गिरी, स्वास्थ्यका लागि पानी (नेवा) का निमबहादुर बुढा लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

2 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  2. नमस्कार म, म चाँडै सबैलाई यो थाहा यो मौका प्रयोग गर्न चाहनुहुन्छ जोस लुइस ऋण कम्पनी को maneger छ जो श्री रमेश लुइस मेरो ऋण इच्छा पायो कसरी मेरो ठूलो गवाही मा एक नजर लिन्छ कि त खुसी छु सबैलाई, ब्यूनस आयर्स Agentina हुँ डी कार्लोस Bulgheronic, म, मेरो खेती व्यापार, खर्च समर्थन गर्न मेरो आफ्नै व्यापार सुरु गर्न एक ऋण को लागि देख थियो त्यसैले ऋण को खोज मा अनलाइन गए जब म केही उधारदाताओं फेला जो धोखा र यति भए भ्रमित द्वितीय किनभने म मेरो साथ थियो सानो पैसा गर्ने उधारदाताओं वास्तविक क्रेडिट कल ती शङ्कास्पद Bastards नेतृत्व थियो पनि अरू के गर्न, थाहा छैन समय को प्रक्रिया मा बन्द च्यातेर मेरो सानो पैसा, म केही प्रशंसापत्र बाटो मा डी कार्लोस, र श्रीमती मरियम लिन को सम्मेलनमा टिप्पणी फेला काम को खोज मा इन्टरनेट मार्फत ब्राउजिङ थियो दिन रूपमा विश्वासी तिनीहरूले बैंक ऋण शहर प्राप्त कम्पनी ई-मेल: joseluisloans@gmail.com, त्यसैले म भन्नुभयो म अन्य उधारदाताओं मलाई गरे के त डराएको थियो किनभने यो एक परीक्षण दिनुपर्छ, त्यसैले म अगाडि गए म लिए मंच मा ती टिप्पणीमा थियो कि आफ्नो व्यक्तिगत ई-मेल ठेगाना त म उसलाई म आफ्नो ऋण आफ्नो कम्पनी, डी कार्लोस प्राप्त गर्ने केही ग्राहकहरु उहाँलाई refereed थियो भनी सूचित गर्न सम्पर्क र मारिया लिन त उहाँले म कहाँ म इच्छा ऋण को मेरो रकम प्राप्त सही कम्पनी भने हुँ भनी मलाई त, कि बारेमा धेरै खुसी थियो कि सुने, प्रस्तुत गर्न मलाई आवेदन फारम उधारकर्ता ऋण दिए र फिर्ता, म सबै गरे त्यसैले, मेरो सम्पूर्ण आवश्यक जानकारी देखि, त्यसैले म सर्तहरू र तपाईंको कम्पनी सबै को अवस्था समय गुमाउने बिना, सजिलै भयो पायो, छैन कम 24 घण्टा भन्दा बढी म जानकारी थियो 90,00,000 मान्य मेरो ऋण रकम डलर दर्ता गरिएको र ऋण उत्तराधिकारी को आफ्नो बोर्ड द्वारा अनुमोदित, त्यसैले समय को कि प्रक्रियामा म तिनीहरूले म विवरण बैंकिंग तिनीहरूलाई पठाउन गर्नुपर्छ भन्नुभयो आनन्दित थियो, तर त्यसो को केहि संदेह म हामी भने थियो विश्वास र म यसलाई आश्चर्यजनक छ त श्री अब्राहाम भनिन्छ यो ऋणदाता तिनीहरूलाई बैंक खाता दिनुभयो लागि विचारमा रसिद र मेरो खाता श्री रमेश लुइस द्वारा $ 90,00,000 को राशि संग जम्मा गरिएको छ भन्ने मेरो बैंक सतर्क गराउन। त्यसैले तत्काल म सफलतापूर्वक मेरो ऋण प्राप्त गरेको एउटा इमेल पठाउने, त्यसैले अझै पनि साँचो ऋण को कम्पनी को लागि देख मेरो प्रिय भाइहरू र बाहिर त्यहाँ बहिनीहरू म दयालु सम्पर्क श्री रमेश लुइस बताउन छौँ एउटै ई-मेल संग: joseluisloans@gmail.com र मलाई थाहा पनि म राम्रो तपाईं चाहनुहुन्छ ऋण रकम मद्दत गर्नेछ, तिनीहरूलाई आज इमेल र तपाईं खुशी तपाईं गरे हुनेछ। ब्यूनस आयर्स Agentina देखि डी कार्लोस Bulgheronic

    ReplyDelete