Saturday, July 21, 2012

माओवादी पार्टी कार्यालयमा बोर्ड फालाफाल

दिपक बुढा
सुर्खेत, ६ साउन ।
सुर्खेतका दुई माओवादीले पार्टी कार्यालयमा झुन्ड्याईएको बोर्ड फालाफाल गरेका छन् । एकीकृत नेकपा माओवादी रहेको भवनमा शनिबार नेकपा–माओवादीले आफ्नो जिल्ला कार्यसमितिको बोर्ड भुन्ड्याएको थियो ।
नेकपा–माओवादी जिल्ला संगठन समिति सुर्खेतको पार्र्टी कार्यालय बोर्ड एनेकपा माओवादीका कार्यकर्ताहरुले फालिदिएका छन् । जिल्ला कार्यालय उद्घाटन गरेको दुई घण्टा नवित्दै एनेकपा माओवादीका कार्यकर्ताहरुले बोर्ड तोडफोड गरी फालेका हुन् ।

पार्टी विभाजन हुनुपूर्व बनाईएको पाँच कोठे पार्टी कार्यालय भवनमा एनेकपा माओवादी जिल्ला कार्यसमितिको कार्यालय संचालनमा रहेको थियो । पार्टी भवन निर्माणमा सबैको बराबर लगानी भएको भन्दै नेकपा–माओवादीले शनिबार सोही भवनमा आफ्नो बोर्ड झुण्ड्याएका थिए ।
बोर्ड फालेपछि आक्रोशित बनेका नेकपा–माओवादीका कार्यकर्ताहरुले पुन एनेकपा माओवादी र अखिल नेपाल शिक्षक संगठनको बोर्ड फालिदिएका छन् । नेकपा–माओवादी नेता इश्वरभक्त सुनारको नेतृत्वमा गएका कार्यकर्ताहरुले अर्को पक्षको बोर्ड फालेका हुन् ।
नेकपा–माओवादी भेरी–कर्णाली राज्य समिति सह–सेक्रेटरी कृष्ण धमला ‘गम्भीर’, जिल्ला इन्चार्ज मंगल विश्वकर्मा नेतृत्वमा कार्यकर्ता सहित पार्टी कार्यालय उद्दघाटन गर्दै बोर्ड राखिएको थियो ।
पार्टी कार्यालय बोर्ड राख्नेक्रममा एनेकपा माओवादीका कार्यकर्ता र नेकपा–माओवादीका कार्यकर्ताहरुवीच सामान्य झड्प भएको थियो । त्यसक्रममा केही बेर पार्टी कार्यालय तनावपूर्ण स्थिति रहेको थियो । नेकपा–माओवादीले पार्टी कार्यालयको बोर्ड, भण्डा राखि पत्रकार सम्मेलन गरेका थिए । कार्यालयमा रहेका पाँच वटा कोठा मध्य दुई वटा आफ्नो र अन्य तीन वटा एनेकपा माओवादी पक्षको हुने भन्दै च्यानल गेटमा दुवैपक्षको ताला लगाईएको थियो ।
पार्टी कार्यालय स्थापना भएको घोषणापछि बैद्य पक्षिय नेता तथा कार्यकर्ताहरु फर्किएका थिए । दुई घण्टा नवित्दै एनेकपा माओवादी नेता प्रताप पौडेलको नेतृत्वमा आएका युवाहरुले बैद्य पक्षिय पार्टी बोर्ड निकालि तोडफोड गरी फालिएको हो ।
पार्टी कार्यालय स्थापनाका क्रममा बोल्दै जिल्ला इन्चार्ज मंगल विश्वकर्माले सहमतिका लागि पटक पटक आग्रह गर्दा पनि एनेकपा माओवादी पक्षिय जिल्ला नेतृत्वबाट वेवास्ता भएको बताए ।
उनले भने ‘हामी शान्तिपूर्ण तरिकाले सहमतिको पहल गरेका छौं तर पनि अर्को पक्ष छलफलमा बस्न तयार भएन’ उनले भने–‘पार्टी कार्यालय भएको भवन निर्माणमा संसद विकास कोषबाट मैले पनि ६ लाख सहयोग गरेको छु सबैको बराबर लगानी छ । हामीले पनि केही भाग पाउनुपर्छ ।’
पार्र्टी कार्यालयनै कव्जा गर्न सकिने भएपनि हार्दिकताका साथ संयमित भवनको आधा हिस्सामा मात्रै दावि गरेको उनले बताए । सोही अवसरमा बोल्दै भेरी–कर्णाली राज्य समितिका सह–सेक्रेटरी कृष्ण धमला ‘गम्भीर’ ले राष्ट्रियता खतरामा रहेकाले राष्ट्रिय स्वाधिन्ताका लागि लड्नुपर्ने आवश्यकता रहको बताए ।
विपा सम्झौता, माथिल्लो कर्णाली आयोजना राष्ट्रिय हित विपरित भएकाले त्यसलाई रोक्न पार्टी पंक्ति सक्रिय रहेको जानकारी दिए । उनले भने ‘साउन १५ गते पछि देशव्यापी रुपमा संगठन सुदृढिकरण, पार्टी गठन, पुर्नगठनको प्रक्रिया सुरु हुन्छ’ उनले भने ‘सरकारलाई ४० बुँद्धे माग पत्र पेश गर्ने तयारीमा छौं । राष्ट्रियताको विषयमा सरकार गम्भीर नभए पुनः जनसत्ता विउतनेछ ।’ राष्ट्रियता खतरामा रहेकाले राष्ट्रिय स्वाधिनताको लडाई लड्न आवश्यकता रहेको उनले बताए ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete