Saturday, July 28, 2012

झाडापखाला रोक्न छ स्थानमा विशेष टोली

खेमराज वलीसुर्खेत, १३ साउन ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले बर्षाको समयमा हुन सक्ने विभिन्न रोगहरुको निराकण तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाएको छ । बर्षायामको समय भएकोले यो समयमा हुनसक्ने सम्भावित झाडापखला लगायतका महामारीजन्य रोगहरुलाई समयमै नियन्त्रण गर्ने उद्देश्यले जिल्लाका विभिन्न छ स्थानमा कमिटी रिपिटरेस्पोन्स टिम (सिआरआरटी) निर्माण गरेको छ ।
ईलाका स्वास्थ्य चौकिको नेतृत्वमा स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी लगायतलाई समेटेर टिम बनाएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत गंगाप्रसाद घिमिरेले जानकारी दिएका छन् । जिल्लाका बजेडीचौर, मेहलकुना, दशरथपूर, सालकोट, अवलचिङ्ग, बाँसपानीमा यस्तो टिम बनाइएको हो । यो टिमले आफ्नो इलाकामा देखिएको झाडापखाला लगायतका विभिन्न रोगहरुको तत्काल औषधी उपचार गर्ने, र समस्या बढ्नासाथ जिल्लामा रहेको रिपिटरेस्पोन्स टिम (आरआरटी) लाई खबर गर्ने लगायतका काम गर्ने जिल्ला स्वास्थ्यले  बताएको छ ।
बर्षादको समयमा भेरी नदिको धमिलो पानी गर्ने उक्त क्षेत्रका गाउँहरु भ्mाडापाखालाका लागि बढी जोखिम्पूर्ण भएकाले भेरी नदिको आसपासका क्षेत्रलाई बढी जोमपूर्ण क्षेत्रका रुपमा राखिएको छ । बर्षादमा धमिलो पानी खाँदा झाडापखाला जस्ता सरुवा रोगहरु महामारीको रुपमा फैलिन सक्ने भएकाले सजग रहन स्थानीयबासीमा अनुरोध गरिएको छ ।
आरआरटि जिल्ला जनस्वास्थ्य प्रमुखको अध्यक्षतामा अस्पतालका विभिन्न डाक्टर, खोपसुपरबाईजर, सूचना शाखा, तथ्याङ्क शाखा लगायतका पदाधिकारीहरुको टोली रहेको छ । यी ईलाकाहरुमा जिल्ला स्वास्थ्यले पूर्व तयारीका साथै आवश्यक औषधीहरुको पनि उपलब्ध गराईसकेको छ । ईलाकाहरुमा औषधी प्रयाप्त मात्रामा रहेको जनस्वास्थ्य अधिकृत गंगाप्रसाद घिमिरेले बताए ।
अझै पनि बर्षादको समय भएकोले झाडापखला लगायतका रोगको प्रकोपबाट बच्न फोहोर पानीको प्रयोग नगरी आवश्यक सतर्कता अपनाउन जिल्ला स्वास्थ्यले निर्देशन दिएको छ । पानी परिरहेका असोज—कात्तिकसम्ममा झाडापखाला देखिन सक्ने जिल्ला स्वास्थ्यले बताएको छ ।
केही समय अघि जिल्लाको सालकोट गाविसमा प्रदूषित पानीका कारण झडापखालाका विरामीहरु देखापरेका थिए । साथै यो समयमा विभिन्न किटजन्य रोगहरुको पनि बढि सम्भावना हुने भएकोले यसबाट बच्न का लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्ने जिल्ला स्वास्थ्यले अनुरोध गरेको छ । सुर्खेतमा कालाजार, हात्तिपाइले, जापानीज इन्सिफलाईटिस, मलेरिया रोगहरुको सम्भावना कम भए पनि पूर्व सतर्कता अपनाउनुपर्ने बताइएको छ ।
जिल्लामा ंडेंगुको भने केही बढी सम्भावना भएको बताइएको छ । डेंगु रोगको भाइरस भएको लामखुट्टेले दिउँसोमै टोक्ने भएकोले यस रोगको सम्भावना भएको बताइएको छ । सुर्खेतका वीरेन्द्रनगर नगरपालिका सहित लाटिकोईली, उत्तरगंगा, छिन्चु, मेहलकुना, मैनतडाको जहरे, साहारेको बोटेचौर, पश्चिमको कुनाथरी,  गाविसहरुमा डेंगुको सम्भावना भएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक मुकुन्दराज गौतमले जानकारी दिए । कुनै पनि रोग सानो नभएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई सचेत हुन अनुरोध गरेको छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete