Sunday, July 1, 2012

विद्यालयमा प्रधानाध्यापकको दादागिरी
दीपक बुढा
सुर्खेत, १७ असार ।

पूर्व मैनतडा स्थित एक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थी माझमा दादागिरी प्रदर्शन गरेका छन् । विद्यार्थीलाई अनुशासन सिकाउँने नाममा चरम यातना दिँदै घटना बाहिर नल्याउन धम्की समेत दिएका छन् ।
पहिले विद्यालयमा अवैध काठ राखेर चर्चामा आएका प्रधानाध्यापक पुनः विद्यालयमा विद्यार्थीलाई त्रसित तुल्याएर चर्चामा आएका छन् । उनी हुन नेपाल राष्ट्रिय प्रस्तावित निम्न माध्यमिक विद्यालय मैनतडा–१ घारीवनका प्रधानाध्यापक शिवजंग वली । उनले सोही विद्यालय कक्षा–८ मा अध्ययनरत मधुर खड्कालाई चरम यातना दिनुका साथै अन्य विद्यार्थीहरुलाई समेत डरत्रास देखाएका छन् ।
गत १२ गते बृक्षारोपण गर्न मल ल्याएर विद्यालयमा नआउँने विद्यार्थीहरुलाई विहान लाईनमै धेरै समय खडा गरी सबैलाई मुर्गा बनाएका थिए । त्यसैक्रममा विद्यार्थी खड्कामाथी प्र.अ. वली र शिक्षक ललित घर्तीले कुटपिट गरेको बताईएको छ ।
विद्यालयमा बृक्षारोपण गर्न मल ल्याएर विद्यालय आउँनु भनेर सुचना दिएको दिन विद्यालयमा उपस्थित नभएका खड्कालाई सामान्य भनाभन पछि प्र.अ. र शिक्षकले मुक्का, लाठी, हातले टाउको कुटपिट गरेको उनका अभिभावकले बताए । छिन्चु–३ हर्रे घर भएका उनी यसै बर्ष बोर्डिङ विद्यालयबाट सरकारी विद्यालयमा भर्ना भएका थिए ।
सानी आमाको घरमा बसेर यस बर्षदेखि उक्त विद्यालयमा भर्ना भएका खडका प्र.अ. वली र शिक्षकको कुटाईबाट वेहोस भएका थिए । त्यही अवस्थामानै लेख पढ् गर्न समेत नजान्ने सानी आमा सेतीसरा डाँगीलाई घरबाट बोलाई जवरजस्ती बुझिलिएको दस्तखत गराएर निस्कासनको पत्र दिएको जनाईएको छ ।
यातना दिईएका अन्य विद्यार्थीहरुलाई घटना बाहिर ल्याए विद्यालयबाट निस्कासन गर्ने, बार्षिक परीक्षामा फेल गराउँछौं भन्दै धम्की दिएको एक विद्यार्थीले बताए । विद्यार्थी खड्कालाई दिईएको निस्कासन पत्रमा विद्यालयको स्वच्छ वातावरणलाई अनुशासन विहिन हिंसात्मक व्यवहार गरी सुधारात्मक अवसर दिँदा पनि कुनै सुनुवाई नभएकाले आन्टी साईनो लाग्ने सेतीसरा डाँगीको जिम्मा लगाई निस्कासन गरिएको व्यहोराको पत्र थमाएको छ ।
उक्त निस्कासन पत्रमा बोधार्थ जिल्ला शिक्षा कार्यालयलाई दिएको छ । उक्त पत्र र घटनाका बारेमा भने जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले आफुलाई कुनै जानकारी नभएको बताए । लिखित निवेदन सहित जानकारी प्राप्त भएमा छानविन गरी कार्वाहि तत्काल प्रक्रिया बढाउने जिशिअ उपाध्यायले बताए ।
उक्त घटनापछि अभिभावक, बाल क्लवका प्रतिनीधि सहितले प्र.अ. वली र शिक्षक घर्तीलाई कार्वाहिको माग गर्दै प्रहरी कार्यालय मेहलकुनामा जाहेरी दिएका थिए । उक्त घटनाका बारेमा प्रहरी चौकी मेहलकुनाबाट कुनै पहल नभएपछि पुन असार १५ गते इलाका प्रहरी कार्यालय छिन्चुमा आवश्यक कार्वाहिका लागि जाहेरी दिएका छन् ।
शनिबार वीरेन्द्रनगर आईपुगेका विद्यार्थी खड्काले आफ्नो टाउकोमा चोट लागेको र सिटी स्कान गर्नुपर्ने अवस्था भएपनि आर्थिक अभावमा उपचार गर्न नसकेको बताएका छन् । ‘लेखपढ समेत गर्न नजान्ने सानीआमालाई जवरजस्ती निस्कासको पत्र थमाए, अब मेरो भविष्य के हुने, एकातिर निस्कासन गरियो भने अर्को तर्फ टाउँको दुखाई कम भएको छैन्’
घटनाका विषयमा शनिबार इलाका प्रहरी कार्यालय छिन्चुले ताकेता गर्दापनि प्र.अ. सम्पर्कमा नगएको बुझिएको छ ।
विद्यालयका प्रधानाध्यापक शिवजंग वलीले भने विद्यार्थीलाई कुटपिट गर्दै अभद्र व्यवहार गरेको आरोप अस्वीकार गरेका छन् । विद्यार्थीले अनुशासन उलंघन गरेकाले सामान्य रुपमा सम्झाएको तर कुटपिटनै नगरेको दावि गरेका छन् ।
उक्त घटनाले बाल अधिकारको उलंघन भएकाले प्र.अ. र शिक्षकलाई आवश्यक कार्वाहिको माग गर्दै जिल्ला वाल मञ्च सुर्खेतले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा अनुशासन उलंघन गरेको नाममा विद्यार्थीलाई कुटविट गर्नु र धम्की दिनु बाल अधिकारमाथीको हस्तक्षेप भएको भन्दै प्रशासन एवंम अधिकारबादी संघ संस्थाको ध्यानाकर्षण गर्दछौं भनिएको छ ।
जिल्ला वाल अधिकार अधिकृत रमा भण्डारीले प्रधानाध्यापक र शिक्षक जस्तो जिम्मेवार व्यक्तिलाई अनुशासनको नाममा चरम दण्ड, धम्की दिनु गलत भएकाले कार्वाहि हुनुपर्ने बताईन् । ‘दण्डरहित शिक्षण, बालमैत्री व्यवहार, बालमैत्री वातावरणको कुरा उठिरहेको अवस्थामा यातना दिनु गैरकानूनी हो ।’

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete