Sunday, April 29, 2012


३ परिक्षार्थी निष्काशित
गोविन्द केसी
दैलेख, वैशाख १७– देशब्यापी रुपमा संञ्चालन भैरहेको कक्षा १२ नियमित तर्फको अंग्रेजी विषयमा दुई केन्द्रबाट चिट चोरदै गरेको ३ परिक्षार्थी निष्काशित भएका छन् । 
निष्काशित हुनेमा चामुण्डा उच्च माध्यामिक विद्यालय परिक्षा केन्द्रबाट गिता खड्का र शारदा उपाध्यय रहेका छन् । उनीहरु जयदेव उमावि जम्वुकाधका विद्यार्थी भएको सुपरिवेक्षक सुशिल केसीले बताए । 
भैरव उमावि नौमुलेबाट एक जना परिक्षा केन्द्रबाट निष्काशित भएका छन् । महेन्द्र उमावि सोतका विद्यार्थी पदम कटुवाललाई परिक्षा केन्द्रबाट निष्काशित भएको प्रहरी नायव निरिक्षक निर्मल शाहले बताए । बाहिरबाट चिट्हरु भित्र गएको आशंका भएपछि चेक जाचको क्रममा कटुवाललाई केन्द्राध्यक्षले निष्काशन गरेको शाहले बताए । त्रिभुवन उमावि केन्द्र बजारमा मयार्दित रुपमा परिक्षा संञ्चालिन भएको परिवेक्षक विरवहादुर शाहीले जानकारी दिएका छन् । 

Saturday, April 28, 2012


पा“च दिने पत्रकारीता तालिम सुरु
हिमा उपाध्याय
सुर्खेत, १६ बैशाख ।
पीछडिएको समुदायका युवाहरुका लागि पा“च दिने पत्रकारीता पुनर्ताजगी तालिम शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतको आयोजनामा तालिम संचालन भएको हो । दलित, जनजाति, महिला, अल्पसंख्यक, पीछडिएको समुदायका युवा युवतीहरुको संचार माध्याममा पह“ुच बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले पीछडिएको समुदायका युवाहरु मार्फत उनीहरुका समस्या, आवाज संचार माध्यम सम्म पुग्ने विश्वास लिएको बताए । उनले भने –‘सक्रियतापूर्वक पत्रकारीता पेशा  गर्ने हामीले अपेक्षा लिएका छौं ।’ ‘पत्रकारीता मार्फत आफ्नो समदुायको समस्या बाहिर ल्याउ“नुपर्छ ।’ पत्रकारीता तालिम लिएर मात्रै नहुने व्यवसायीक रुपमा मर्यादित पत्रकारिता गर्न समेत स्थानीय विकास अधिकारी रेग्मीले आग्रह गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला विकास समिति अन्तर्गत महिला जिल्ला समन्वय समितिका उपाध्यक्ष हरिमाया शर्माले संचार माध्यममा महिलाहरुको पहु“च बढाउनुपर्ने बताईन । त्यसैगरी दलित उत्पीडित जिल्ला समन्वय समितिका उपाध्यक्ष ललित परियारले समेत सफलताको शुभकामना व्यक्त गरेका थिए ।
पा“च दिन सम्म चल्ने पत्रकारीता पुनर्ताजगी तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष दुर्गा थापाको सभापतित्व तथा स्थानीय  विकास अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा पूर्व सभापति मोतिलाल पौडेल, नेपाल प्रेस युनियनका अध्यक्ष नरेस थापा, नेपाल प्रेस चौतारी सुर्खेतका अध्यक्ष्ँ युवराज शर्मा, क्रान्तिकारी पत्रकार संघ सुर्खेतका उपाध्यक्ष धर्मराज गिरी लगायतले बोलेका थिए ।
महासंघ शाखा उपाध्यक्ष गणेशकञ्चन भारतीले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रमको संचालन महासंघ सुर्खेत सदस्य दिपक बुढाले गरेका थिए ।


दुर्घटनामा ३७ यात्रु घाइते
दीपक बुढा
सुर्खेत, १६ वैशाख । 
काठमाडौबाट सुर्खेतर्फ आउ“दै गरेको ना ३ ख ५२९४ नम्बरको रात्री बस रत्न राजमार्गअन्तर्गत सुर्खेतको हर्रेमा दुर्घटना हु“दा बसमा सवार ३७ यात्रु घाइते भएका छन् । शनिबार विहान साढे ७ बजे सुर्खेतबाट नेपालगन्जतर्फजा“दै गरेको भे १ च ११४१ नम्बरको निजी गाडीस“ग ठोक्किदा बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो । 
बसमा सवार ३८ यात्रु मध्ये एक जना मात्र सकुशल छन् । अन्य ३७ यात्रु भने घाइते भएका छन । यो समाचार तयार गर्दा सम्म घाइतेमध्ये १३ जनाको अवस्था गम्भिर थियो । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी जनाएको छ । घटना भएको जानकारी पाउनासाथ बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको नेपाली सेनाको टोलले घाइतेहरुको उद्धार गरेको थियो । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुबाट समेत प्रहरी टोली घटनास्थल पुगेको थियो ।

मेडिकल कलेज  कोहलपुरमा उपचारार्थ घाईतेहरु 
१. सल्यान चा“दे ३ बस्ने रामलाल वि.क. अवस्था सिरीयस 
२. सुर्खेत विद्यापुर २ बस्ने अक्कल थापा अवस्था  सिरीयस  ।
३. कालीकोट सिउना ८ वस्ने आनन्न शाही अवस्था सिरीयस ।
४. दैलेख कालभैरव २ वस्ने बहमनकुमार खड्का सामान्य  ।
५. दैलेख कालभैरव २ वस्ने तिलक खड्का सामान्य ।
६. मुगु गोम्टा ८ वस्ने दलबहादुर वि.क. सिरीयस ।
७. सुनसरी ईटहरी न.पा. २ वस्ने प्रदिप नेपाली सामान्य ।
८. मुगु गोम्टा ८ वस्ने दलबहादुर  वि.क. सिरीयस ।
९. सुर्खेत वी.न.न. पा.५ चिसापानी वस्ने घनश्याम भण्डारी  सिरीयस (नेपाली सेना हेटक्वाटर मा कार्यरत) ।
१०.जाजरकोट डा“डागा“उ २ वस्ने जयबहादुर पुन सिरीयस ।
११.सुर्खेत उत्तरगंगा ५ वस्ने भगवती गौतम सामान्य ।
१२.सुर्खेत तातापानी ८ वस्ने लक्ष्मण श्रेष्ठ सामान्य ।
१३.दैलेख भैरीकाली ५ वस्ने उपेन्द्रबहादुर खत्री सामान्य (प्रहरी जवान सातदोबाटोमा कार्यरत ।
१४. जाजरकोट झाप्रा ७ वस्ने दमन शाह सामान्य ।
१५. दैलेख भैरीकाली ५ वस्ने वखत खत्री सामान्य ।
१६. जाजरकोट झाप्रा ७ वस्ने बहादुर बुढा सामान्य ।
१७. सुर्खेत उत्तरगंगा ८ वस्ने गम्भीर शाही सिरीयस ।
१८. सुर्खेन वी.न.न.पा ६ वस्ने कृष्णबहादर सिंह सामान्य ।
१९. सुर्खेत वीरेन्दंनगर १० वस्ने प्रकाश सुवेदी सामान्य ।
२०. रुकुम घेत्मा २ वस्ने बालकृष्ण मल्ल सामान्य (प्र.ह. पदमा प्र.प.का.मा कार्यरत)  ।
२१. दैलेख कालिका २ वस्ने भगवती शाही सामान्य ।
२२. दैलेख कालिका २ वस्ने गोमा शाही सामान्य ।
२३. चितवन जगतपुर ११ वस्ने सुुरज बोटे सामान्य ।
२४.  चा“दे ३ वस्ने भरत वि.क. सिरीयस ।
२५.भारत कलकत्तँ घर भै क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत वर्ष २१ को शेर अब्दुल रहीमान सिरीयस  ।
२६. अछाम कोल्टा ३ वस्ने रमेश उपाध्याय सामान्य ।
२७. नारकोट १ वस्ने माधव खत्री सिरीयस ।
२८. सोलुखम्बु गैली १ वस्ने रामचन्द्र बस्नेत सामान्य ।
२९. सुर्खेत छिन्चु ५ वस्ने  प्रदिपकुमार बोहरा सिरीयस ।
३०. सुर्खेत छिन्चु ५ बस्ने मिरकुमार खड्का सह–चालक सिरीयस ।
३१. सुर्खेत वी.न.पा. १० खजुरा वस्ने गगन  वि.क. बस–चालक सिरीयस ।
३२. खोटाङ रतनथा २ वस्ने कविकुमार राई सामान्य ।

सुर्खेत स्थित माया नर्सिङ होममा उपचारार्थ घाईतेहरु
१. जुम्ला नारकोट ७ सुरविर शाही सामान्य ।
२. जुम्ला पातर खोला ८ वस्ने प्र्रेमबहादुर शाही सामान्य ।
३. बा“के नौवस्ता ८ वस्ने यदु आर्चाय सामान्य ।
४. सुर्खेत उत्तरगंगा ८ वस्ने दुर्गाल शर्मा सामान्य ।
५. सुर्खेत वी.न.न.पा. ४ वस्ने भैरवस्थान वस्ने निर्मल ढकाल सामान्य ।
६. सुर्खेत कुनाथरी २ वस्ने वर्ष ३५ को युवराज बस्नेत  अवस्था सामान्य ।

Friday, April 27, 2012


नया“ सदस्यता आव्हानसम्बन्धी सूचना
नेपाल पत्रकार महासंघको सदस्यता लिन चाहने योग्यता पुगेका पत्रकार, सञ्चारकर्मीहरुले तपसिलमा उल्लेख भए बमोजिमका प्रमाण र कागजपत्रसहित यहि मिति २०६९÷१÷१५ देखि वैशाख मसान्तसम्म दिनभित्र दरखास्त दिन हुन सूचित गरिन्छ ।
आवश्यक योग्यता
आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम, अपांग र पिछडिएको समुदायको हकमाः प्रवेशिका उत्तीर्ण भई कम्तिमा एक वर्ष पत्रकारिता गरेको हुनुपर्ने
अन्यको हकमाः प्रविणता तह उत्तीर्ण गरी कम्तिमा दुई वर्ष पत्रकारिता गरेको हुनुपर्ने
स्नातक तह उत्तीर्ण भएकाहरुले अन्य आवश्यक कागजपत्रसहित सम्पर्क गर्नु होला
आवश्यक कागजपत्र
नेपाली नागरिकताको प्रतिलिपिः            एक प्रति
पासपोर्ट साइजको फोटोः                 ४ प्रति
छापामाध्यममा कार्यरत पत्रकारले पत्रिकामा समाचार छापिएको कटिंग, सिफारिश र नियुक्तिपत्र अनिवार्य संलग्न गर्नुपर्नेछ ।
विद्युतीय सञ्चारमाध्यममा कार्यरत पत्रकारले कम्तिमा दुई वर्षदेखि पत्रकारका रुपमा निरन्तर काम गरिरहेको सिफारिश र सञ्चारगृहको नियुक्तिपत्रको प्रतिलिपि अनिवार्य संलग्न गर्नुपर्नेछ ।
नयाँ सदस्यताका लागि फाराम नेपाल पत्रकार महासंघको कार्यालयबाट उपलब्ध हुनेछ ।
थप जानकारीका लागि
९७४८००२५२२ (अध्यक्ष दुर्गा थापा) ९८४८०२४८५८ (सचिव गणेश कार्की)

परीक्षाफल नआउ“दा विद्यार्थी अन्यौल
हिमा उपाध्याय सुर्खेत
पश्चिम लगामको नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालयको परीक्षाफल लामो समय सम्म पनि प्रकाशन भएको छैन् । चैत्र महिनाको मसान्त भित्र बार्षिक परीक्षाफल प्रकाशित र बैशाख पहिलो सातादेखि विद्यार्थी भर्ना अभियान संचालन गर्ने गरिन्छ तर भर्ना अभियान चलिसक्दा पनि विद्यार्थीहरुले नतिजा पाउन सकेका छैनन् ।
विद्यालयमा उत्पन्न विवादका कारण विद्यालय प्रशासनमा तालाबन्दी गरिएको छ । तालाबन्दी भएको भन्दै विद्यालय प्रशासनले बार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छैन् । बार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नहु“दा विद्यार्थीहरु अन्यौलमा परेका छन् । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकको लापर्वाहिका कारण विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।
विद्यालयका प्रधानाध्यापक नरबहादुर वान्तोलाले शिक्षकहरुले मूल्याङ्न रिर्पोट नदिएको र प्रशासनमा तालाबन्दी भएकाले परीक्षाफल प्रकाशित गर्न समस्या भएको बताए । उनका अनुसार कक्षा–१,२,३ र ८ को मात्रै परीक्षाफल प्रकाशित गरिएको छ ।
कक्षा–१ देखि १० सम्म मावि तहमा पा“च सयबढी विद्यार्थीहरु अन्यौलमा परेका छन् । २०६८ भदौंदेखि विद्यालयमा तालाबन्दी भएको थियो । छलफल पछि खुलेको ताला पुनः बन्द गरिएको छ । विद्यालयमा तालाबन्दी भएपछि लामो समय सम्म विद्यालयका पठन पाठन समेत प्रभावित भएको थियो । विद्यालयको विवाद बढ्दै जान थालेपछि शिक्षकहरु समेत विद्यालयमा देखापर्न छोडेको जनाईएको छ ।
विद्यार्थी र अभिभावकले विद्यालयको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने, शिक्षक नियुक्तिमा पारदर्शिता अपनाउनुपर्ने माग, प्रधानाध्यापक र विव्यसले गरेका गलत निर्णय सच्च्याईनुपर्ने माग राख्दै तालबन्दी गरिएको हो । ३ बर्षदेखि विद्यालयको आय व्यय सार्वजनिक गरिएको छैन् । सोही घटनाका विषयमा जिल्ला तहमा दुवै पक्षले मुद्धा दर्ता गरेका छन् ।
घटनाको वास्तविकता पत्तालगाई समस्या समाधान गर्न जिल्ला शिक्षा कार्यालय सुर्खेतले उपसचिव भक्तबहादुर खड्काको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । जिल्ला स्थित शिक्षक, संघ, संगठन, अभिभावक सहितको सहभागितामा बनेको छानविन समितिले एक हप्ता भित्र वास्तविक रिर्पोट बुझाउन निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी उपाध्यायले जानकारी दिए ।
विद्यालयको सम्पत्तीमा क्षति पु¥याएको भन्दै प्रधानाध्यापक र विव्यस अध्यक्षले विद्यार्थीहरु खडक थापा, रामबहादुर थापा, लालबहादुर थापामगरको नाममा सार्वजनिक मुद्धा दर्ता भएको छ । उनीहरुको नाममा लगाईएको मुद्धा फिर्ता गर्नुपर्ने जनाईएको छ ।
विद्यालयमा प्रवेश गरी छात्राहरुमाथी दुव्र्यवहार गर्नुका साथै छात्रहरुलाई कुटपिट गर्नथालेपछि विद्यालयमा आतंक मच्चिएको थियोे । सोही विद्यालयमा प्राचार्य नरबहादुर वान्तोला र उनका नातेदार पर्न मिनबहादुर वान्तोला, डम्मर वान्तोला, लालबहादुर वान्तोला, नवल वान्तोला, भिष्म वान्तोला, हिरासिं वान्तोला, नगेन्द्रबहादुर वान्तोला, दिपक वान्तोला, आशाराम वान्तोला, रुद्र जैशी, टोपबहादुर वान्तोला, राजेन्द्र वान्तोला, गोपाल वान्तोला, हेमेन्द्र वान्तोला सहितको समूहले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुमाथी आक्रमण गरेको जनाईएको छ ।
उच्च माविका विद्यार्थीहरुमाथी आक्रमण हुन थालेपछि विद्यार्थीहरु सुरक्षाको माग गर्दै सदरमुकाम आएका थिए । नेपाली कांग्रेस निकटका युवाहरुले एकाएक विद्यार्थीमाथी कुटपिट गर्नुका साथै छात्राहरुमाथी दुव्र्यवहार गर्नथालेपछि उनीहरु सुरक्षाको माग गर्दै सदरमुकाम आएका थिए ।
फागुन–२४ गते राती नेपाली कांगे्रस निकटका हर्कहादुर वान्तोला, रमेश बुढा सहितको युवाहरुले छात्रावासमा रहेका छात्राहरुमाथी दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार गर्नआएका युवाहरुबाट उम्किन सफल छात्राहरुको विषयमा कुरा उठेपछि विद्यार्थी र ती युवाहरुवीचमा विवाद बढेको थियो । छात्राहरुले उक्त घटनाका विषयमा फागुन २५ गते विद्यालय प्रशासनमा निवेदन दर्ता गरेका थिए । निवेदनको वेवास्था गरेपछि विद्यार्थीहरु आक्रोषित बने । आक्रोषित विद्यार्थीले विद्यालयमा समेत तालाबन्दी गरेका थिए ।
प्रहरी प्रशासनलाई घटनाका बारेमा जानकारी गराउंदा समेत प्रहरी प्रशासनले वेवास्ता गरिरहेको घटनाका पीडकलाई पक्राउ गर्नुको साटो उल्टो पीडितहरुलाईनै दुःख दिने काम गरेको सोही घटनाका पीडित विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् ।
लामो समयम सम्म विद्यालय बन्द भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले एक विज्ञप्ति प्रकाशित गरी समस्या समाधान गरी विद्यालयलाई नियमित रुपमा कक्ष्ाँ सूचारु गर्न अनुरोध गरिएको छ । घटनाका दोषिलाई कडा कार्वाहीको समेत माग राखिएको छ ।

Wednesday, April 25, 2012


लोडसेडिङको कारण देखाउ आदेश
हिमा उपाध्याय
सुर्खेत, १३ बैशाख । 
सुर्खेत र आसपासका क्षेत्रमा दिनहु“जसो अनियमित रुपमा हुने आन्तरिक लोडसेडिङ रोक्न पुनरावेदन अदालत सुर्खेतले विद्युत प्राधिकरणका नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता लोकबहादुर ढकालले दिएको रिट उपर न्यायाधीश रत्नबहादुर बाग्चन्दको एकल इजलाशले आन्तरिक लोडसेडिङ गर्नुको कारण देखाउन भनि आदेश दिएको हो । लोडसेडिङको राष्ट्रिय तालिका बाहेकपनि बारम्बार हुने आन्तरिक पटके लोडसेडिङले उपभोक्ता मर्कामा परेको भन्दै अधिवक्ता ढकालले पुरावेदन अदालतमा रिट निवेदन दिएका थिए । 
गत वैशाख–३ गतेदेखि यता दिनहु“जसो १० देखि १५ पटक अनियमित रुपमा बत्ति जाने र लोडसेडिङको निर्धारित समयभन्दा बढि बत्ति काट्ने गरिएको रिट निवेदनमा उल्लेख रहेको छ । विद्युत ऐन २०४९ र विद्युत नियमावली २०५० अनुसार उपभोक्तालाई पहिले जानकारीनै नदिई कुनैपनि बहानामा बत्ति काट्न वा अवरोध गर्न नमिल्ने स्पष्ट उल्लेख गरिएको छ । 

उपकरण ममर्त, बाढीपहिरो, आगलागी, भूईंचालो लगायतका प्राकृतिक प्रकोप र बन्द हडताल नभएको अवस्थामा बत्ति काट्नुअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने नियम रहेको छ । तरपनि विद्युत प्राधिकरण सुर्खेतले राष्ट्रिय तालिकाको लोडसेडिङ बाहेकपनि पटक पटक रुपमा आन्तरिक लोडसेडिङ र झ्याप्प झ्याप्प बत्ति काट्ने गरेको स्थानीय उपभोक्ता गुनासो रहेको छ । 
विद्युत सेवा अवरुद्ध गर्नुअघि सार्वनिक सूचना समेत जारी नगर्ने प्राधिकरणले बत्ति गईसकेपछि पनि वास्तविक जानकारी नदिने गरेको उपभोक्ताहरुको आरोप रहेको छ । यता पुराना उपकरण र प्रशारण लाईनले भार थेग्न नसक्ने भएकाले बत्ति जाने गरेको बताउने प्राधिकरणले कहिले कोहलपुर र कहिले अत्तरियाबाटै बत्ति जाने गरेको बताउ“दै आएको छ । घुस्रा नजिकैको सवस्टेशनमा बढी क्षमताको ट्रान्सफर्म जोडेपछि गत चैत १५ गतेदेखि आन्तरिक लोडसेडिङ नहुने दाबी गरिएपनि पछिल्लो दिनमा लोडसेडिङ झनै बढेको छ । अहिले सुर्खेत लगायत आसपासका क्षेत्रमा स्थानीय र राष्ट्रिय गरी दिनहु“ ८ देखि १० घण्टा र हप्तामा ६२ घण्टासम्म लोडसेडिङसम्म हुने गरेको छ ।
यसैबिच बुधबार सुर्खेतमा दिनभर बिद्युत आपूर्ति बन्द भएको छ । रत्नराजमार्ग अन्र्तगत सुर्खेत नेपालगञ्ज सडक खण्डमा रहेका बत्तिको पोल र प्रशारण लाईन छेउछाउका हांगा बेंगा हटाउन सुरु गरेकाले बिहान १० बजेदेखि कटौती गरिएको जनाईएको छ । 
यता कुनै पनि जानकानरीनै नगराई नेपाल विद्युत प्राधिकरण शाखा सुर्खेतले मंगलबारदेखि लागु हुनेगरी सातामा ६३ घण्टा लोडसेडिङ पु¥याएको छ । भारतको टनकपुरबाट आउने विद्युत थप नभएको र उपभोक्ताहरु बढ्दै गएकाले लोडसेडिङ् थप गर्नुपरेको प्राधिकरणले जानकारी दिएको छ ।
कुनैपनि जानकारीनै नगराई प्राधिकरणले एकाएक विद्युत लाईन काटेपछि स्थानीय उपभोक्ता आक्रोशित बनेका थिए । सोमबार आठ घण्टा, मंगलबार ९ घण्टा, बुधबार र विहिबार आठ घण्टा तथा शुक्रबार र शनिबार ११÷११ घण्टा लोडसेडिङ हुने जनाइएको छ ।
२३ वर्षअघि तत्कालीन राजा वीरेन्द्र शाह सुर्खेत आउ“दा रत्न राजमार्गसंगै हतार हतारमा ३३ केभी क्षमताको कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाईन विस्तार गरीएको थियो । कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाईनबाट सुर्खेतको वीरेन्द्रनगर नगरपालीकासहित जिल्लाका अन्य १९ गाउ“ विकास समितिका करिब २१ हजारभन्दा बढी र छिमेकी दैलेख जिल्लाको नारायण नगरपालीका २ हजार बढी जनताले विधुत प्रयोग गर्दै आइरहेका छन् ।
बा“केको कोहलपुरदेखि सुर्खेतसम्म करिब ५० किलोमिटरमा टावर पोल निर्माण गरी कोहलपुर–सुर्खेत हाइटेन्सन लाईन निर्माण गरीएपछि सुर्खेतका साथै छिमेकी जिल्लाहरु दैलेख, सल्यान, जाजरकोट कालिकोट, जुम्ला, डोल्पा र अछाम लगायतका पहाडी जिल्लामा विधुत सेवा विस्तार गर्न सहयोग पुग्ने जनाइएको छ । कोहलपुरदेखि ५० किलोमिटर लाईनमा टावर पोल निर्माण गर्न र वीरेन्द्रनगरमा सवस्टेशन निर्माण गर्न ७६ करोड रुपैया“ खर्च लाग्ने अनुमान गरिएको छ ।

तीनदशकदेखि सिमेन्ट उद्योग चर्चा मात्र
दीपक बुढा/ सुर्खेत, 
सुर्खेतको गुटुमा रहेको चौकुने सिमेन्ट कारखानालामो समयदेखि चर्चाको विषयमात्रै बनेको छ ।सिमेन्ट उद्योग संचालनकालागिआवश्यक पर्ने पूर्वाधारको अभाव र उद्योग संचालनअनुमतिलिएको कम्पनीले समेत वेवास्ता गरेकै कारण उद्योग अलपत्र परेको हो । 
उद्योग संचालनकालागि सरकारी तहबाट र ठेकेदार कम्पनीबाट तत्काल संचालनगर्न दवाफ स्वरुप स्थानीय स्तरबाटै संघर्ष गर्ने चेतावनीदिईएको छ । सरकारी बेवास्ताकाकारण संचालनमाआउन सकेको छैन् । सर्वेक्षण भएको ३४ वर्षबितिसक्दासमेत संचालननभएको भन्दै स्थानीयवासीले तत्काल संचालनगर्नमाग गरेका छन् । 

आर्थिक बर्ष ०६२÷०६३ मामुक्तीश्री प्रा.लि. ले सुर्खेत सिमेन्ट उद्योग दर्ता नं. ३९२७५ मार्फत अनुमतिलिएको थियो । संचालनअनुमतिपाएको कम्पनीले गुटु विशालबजारमा एउटा घर भाडामा लिएर सम्पर्क कार्यालय राखेको छ भने सुमार्गी बीकम्प्लेक्स बबरमहल काठमाण्डौंमा केन्द्रीयकार्यालय तोकेको छ । गुटुमा रहेको सम्पर्क कार्यालय देखाउ“दै प्रत्येक बर्ष अनुमतिपत्रनविकरण गरिरहेको बुझिएको छ । गुटुमा राखिएको सम्पर्क कार्यालयको बोर्डमा सम्पर्क नम्बर काठमाडौंकै ०१–४२५८३३९ राखिएको छ ।
‘सरकारी बेवास्ताकाकारण ३४ वर्षपुरानो उद्योग संचालनमाआउन सकेको छैन’ गुटुका पूर्वगाविस अध्यक्ष देवीरामउपाध्यायले भने–‘पटक पटक जिल्ला देखि केन्द्रीय स्तरका नेताहरुलाई जानकारी गराईरहका छौं तर वेवास्ता भैरहेको छ’ उनले थपे ‘तत्काल सुरु नगरिएहामी संघर्ष गर्ने तयारीमा छौं ।’उद्योग संचालनमाआएमा स्थानीयस्तरमाउत्पादित वस्तुदेखि रोजगारीकालागिविदेशीनुपर्ने बाध्यता टर्ने भन्दै उपाध्यायले सरकारी बेवास्ताकाकारण पहिलेबाट यो क्षेत्र पछाडि पारिएको बताए ।‘जिल्लाका सबै दलहरुको नेतृत्वदायीभूमिकामा यसै क्षेत्रका नेताहरु धेरै छन तर आफ्नै क्षेत्रको विकास गर्न वास्तागर्दैनन्’–उनको भनाई थियो ।विगतमामाओवादीको सशस्त्रद्वन्द्व र शान्ति स्थापना पछि उद्योगको बारेमा कुरा उठाईदिने नेताकोहीभनएकाकारण उद्योग संचालनकालागि ढिलाई भएको स्थानीयबासीन्दाको भनाई छ । 
एक शताब्दीसम्मकालागि संचालनगर्नसकिने अध्ययनमाउल्लेख भएको भन्दै स्थानीयशिक्षकलक्ष्मीबयकले तत्काल स्थानीयवासीन्दाकोे राजगारीको सुनिश्चिततासहितउद्योग संचालनमाल्याउनुपर्ने बताए । उनले जिल्लाको मात्रनभई देशकै विकासकालागिउद्योगले टेवा पु¥याउने बताए । संभाव्यताअध्ययन र रेखदेखको काममा संलग्न गुटु– ८ काभीमबहादुर सलामीले चौकुनेमाकरिब ३०० वर्षसम्मउद्योगलाई पुग्ने ढुङ्गापाइएको भन्दै यसको संचालनकालागि सरकारी तवरबाटै व्यवस्थामिलाउनुपर्ने बताए ।  
उनले संभाव्यताअध्ययनका साथै माटो परीक्षण भइसक्दा समेत उद्योग संचालनहुननसक्नु देशकालागि घाटा भएको बताए । गाविसकानिर्वमानअध्यक्षकाशीराम देवकोटाले उद्योग संचालनभएमा यस क्षेत्रले विकासमा ठूलो फड्को मार्ने भन्दै छिटो काम संचालनगर्नुपर्ने माग गरे । उनले उद्योग संचालनकालागि सडक, विद्युत, पानी र यातायातको पहिले समस्या समाधानगर्नुपर्ने बताए । वि.सं २०३५ माखानीतथाभूगर्भविभागले सिमेन्ट उद्योग संचालनगर्न चुनढुङ्गा, माटोलगायतको परीक्षण गरिसकेको थियो ।
संभाव्यताअध्ययनले चौकुनेमासिमेन्ट उद्योगकालागिपर्याप्तमात्रामा ढुङ्गा रहेको जनाएको छ । विभागले वि.सं २०३६ देखि २०३९ सम्मचौकुने र बडिचौरसंगैको लखरपाटामा करिब ३०० मिटर गहिराइसम्म डिलिङ गरी ढुङ्गा परीक्षण गरेको थियो । परीक्षणकालागिचारवटा सुरुङसमेत निर्माण गरिएको थियो । उद्योग संचालनमा आएपछि गुटुमात्र होइन छिमेकीजिल्ला अछाम, दैलेखका साथै विभिन्नआसपासकाजिल्लाका स्थानीयबासिन्दालाई समेत रोजगारीको अवसर सिर्जनाहुने देखिन्छ ।
उद्योग संचालनमाआएमा दैनिककरिब पा“चहजार कामदार चाहिने संचालनको ठेक्कालिएको सुमार्गी समूहअन्तर्गको मुक्तिश्री सिमेन्ट प्रालिले जनाएको छ । सिमेन्ट उद्योग संचालन गरी दैनिकपन्ध्र सयदेखि तीनहजार मेट्रिटन सिमेन्ट उत्पादन गरे पनि एक सताब्दीसम्म संचालनगर्नसकिने कम्पनीको भनाई छ ।
कम्पनीले अहिले गुटुका कुवा“, साल्म र कोटमा रहेको दर्ता भएकाजग्गाको मुआब्जाकालागि सर्वे गरिसकेको छ । उद्योग संचालनगर्नुपूर्व गुटु १, २ र ३ कादुई सयबढी घरपरिवारलाई स्थानान्तरण गरिनुपर्ने जनाईएको छ । त्यस क्ष्ँेत्रकाकरिव ३ सय देखि चार सय रोपनीजग्गाको मुआव्जादिनुपर्ने स्थानीयबासीन्दाले अनुमान गरेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाहीले सुर्खेतको चौकुने सिमेन्ट उद्योग संचालनगर्न राष्ट्रपतिदेखि विभिन्न समयकाप्रधानमन्त्री, उद्योगमन्त्री, जिल्ला स्थित सभासदहरुलाई समेत पटक पटकजानकारी गराउ“दापनिकुनै वास्तानभएको बताए । सिमेन्ट उद्योग संचालनकालागि एक सय २३ केभि विद्युतलाईन आवश्यकता पदर्छ तर सुर्खेत जिल्लाको विद्युत ३३ केभि मात्रै रहेको छ । पश्चिम क्षेत्र सम्मपुग्नकालागिपक्कीमोटरबाटो छैन भने उद्योग संचालनगर्ने आवश्यकविद्युतको समेत प्रवन्ध छैन् । चौकुने सिमेन्ट उद्योग गुटु सम्मपुग्ने मोटरबाटो विस्तार, ग्राविलिङ, नाला कटिङ गर्न डा. बाबुराम भट्टराई अर्थमन्त्रीहु“दा एक करोड बढी बजेट विनियोजनागरिएको थियो । उक्त बजेट जिल्ला स्थित राजनीतिकदलहरुले बजेट भागभण्डा गरी खर्च गरे तर बाटोको कुनै स्तर सुधार हुन सकेन ।

Tuesday, April 24, 2012


खुल्ला दिसामुक्त घोषणाको लहर, गुटु ११ औं स्थानमा
हिमा उपाध्याय, सुर्खेत
जिल्लामा सरसफाई अभियान संचालन भैरहेको छ । जिल्लालाई सन २०१५ भित्र खुल्ला दिसामुक्त घोषणा गर्ने योजना अनुरुप विभिन्न गाविसहरुमा सरसफाई अभियान संचालन भएको हो । घर घरमा चर्पी निर्माण गर्ने अभिप्रेरित गर्ने उद्देश्यले खुल्ला दिसामुक्त घोषणाको लहर समेत चलेको छ ।
सन २०१० देखि जिल्लामा सरसफाई अभियान संचालन भएको हो । दुई बर्षको अवधिमा ११ वटा गाविसलाईनै खुल्ला दिसामुक्त घोषणा गरिएको छ । जिल्लामा सरसफाई अभियान थालिएपछि स्थानीयबासी सचेत भएका छन् । घर घरमा चर्पी निर्माण गर्न थालिएको छ ।

सुर्खेतका  सालकोट, बावियाचौर, दशरथपुर, लेखफर्सा, दहचौर, गुमी, गर्पन, नेटा लगायतका गाविसलाई यस अघि खुल्ला दिसामुक्त घोषणा गरिसकिएको छ । गाविसका प्रत्येक घरमा चर्पी निर्माण भएको हु“दा खुल्ला ठाउ“मा दिसा पिसाव नगर्ने र गरेको पाईएमा सामाजिक कार्वाहि गर्ने भन्दै घोषणा गरिएको हो ।
सोमबार एक कार्यक्रमवीच पश्चिम गुठु गाविसलाई पनि खुल्ला दिसामुक्त घोषणा गरिएको छ । गुठु खुल्ला दिसामुक्त घोषणा गरिएका गाविस मध्य ११ औं परेको छ । गाविस स्तरीय खानेपानी तथा सरसफाई समन्वय समितिको अगुवाईमा गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । आयोजित कार्यक्रममा गाविस सचिव शरण वडुवालले उपस्थित स्थानीयबासीन्दालाई खुल्ला ठाउ“मा दिसापिसाव नगर्ने र त्यसो पाईएमा गाविसबाट दिईने सेवा सुविधाबाट बञ्चित गराईने बताए ।

गाविसमा सरसफाई परिचय पत्र लागुगर्ने, स्वास्थ्य चौकीमा विरामी पुर्जिमा सरसफाई सूचक राख्ने, चर्पी नभएको घरमा ऋण रोक्का, चर्पी नभएमा शेयर सदस्य हुन नपाईने, विद्यार्थी भर्ना, छावृत्ति र नतिजा प्रकाशन गर्दा सरसफाई परिचय–पत्र अनिवार्य गर्ने योजना रहेको गाविस सचिव बडुवालले बताए ।
घोषणा सभामा स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जिल्लामानै सरसफाई अभियान संचालन नमूनाको रुपमा भएको बताए । गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्न जिल्ला स्थित राजनीतिक दल, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरु घोषणा सभामा उपस्थित भएका थिए ।

गुठु गाविसमा १५ सय ३४ घरधुरी र ८ हजार १ सय ५४ जनसंख्या रहेको जनाईएको छ । गुठुमा एक हजार ५ सय ३४ मध्ये १२ सय ८७ लाई पक्की चर्पी निर्माण, कच्चा चर्पी प्रयोग गर्ने ५१ घरधुरी संख्या रहेको जनाईएको छ । त्यसैगरी साझेदारी  चर्पी प्रयोग गर्ने ५४, वस्ती नभएको घर १ सय ४२ रहेको ।
त्यसैगरी जिल्लामा खुल्ला दिसामुक्त घोषणा गर्नेमा विद्यापुर १० औं स्थानमा परेको छ । सुन्दर नेपाल संस्था सुर्खेतको सहजिकरणमा गाविसलाई खुल्ला दिसामुक्त घोषणा यस अघि गरिएको थियो । १३ सय ५०  घरधुरी रहेको विद्यापुर गाविसका सबै घरपरिवारले घर घरमा पक्र्की चर्पी निर्माण गरेको गाविस सचिव चित्रबहादुर जि.सी.ले जानकारी दिए । घोषणा पछि पनि खुल्ला ठाउ“मा दिसा पिसाब गर्ने व्यक्तिलाई गाविसले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गराईने उनले बताए ।

सरकारी सेवाको घुम्ति शिविर
सुर्खेत, दीपक बुढा
सुर्खेतको पश्चिम दुर्गम गाविसमा सरकारी सेवाको एकीकृत घुम्ति सेवा शिविर संचालन गरिएको छ । जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुको उपस्थितिमा शिविर विजौरामा सोमबारदेखि संचालन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको नागरिकता वितरण, जिल्ला स्वास्थ्य कार्यालयको निःशुल्क स्वास्थ्य जा“च र औषधी वितरण, जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयको कृषकलाई परामर्श, जानकारी दिने काम भैरहेको छ ।
स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले घुम्ति शिविरको उद्घाटन गरेका थिए । उक्त शिविरमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, प्राविधिकहरु, कर्मचारीहरुको ठुलो संख्यामा उपस्थिति रहेको जनाईएको छ । बुधबार सम्म (३ दिन) शिविर संचालन गरिने जनाईएको छ ।
पहिलो पटक सरकारी सेवाको घुम्ति शिविर संचालन गरिएपछि स्थानीयबासी हर्षित भएका छन् । विजौरामा संचालित घुम्ति शिविरबाट पश्चिम लगाम, बेतान, तातापानी, गुठु,घाटगाउ“ सहितका ७ वटा गाविसका स्थानीयबासीन्दाहरु प्रत्यक्ष लाभाविन्त हुने जनाईएको छ ।
स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, जिल्ला प्राविधिक कार्यालयका प्रमुख रेवतिरवण पराजुली, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत वुद्धि सापकोटा, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. किशनलाल भट्ट, महिला विकास कार्यालयका प्रमुख, जिल्ला कृषि विकास कार्यालयका प्रतिनीधि, त्यस क्षेत्रका गाविस सचिवहरुको उपस्थिति रहेको छ ।


Friday, April 20, 2012


राष्ट्रिय चलचित्र महोत्सव सुरु
सिम्पल सिम्पलमा रेखा र जीवन नाचेपछि...
सिम्पल सिम्पल कान्छिको, डिम्पल गर्ने गाला
मन प¥यो, मन प¥यो मलाई मन प¥यो........
दीपक बुढा
गित गायक दीपक लिम्बु र गायिका माण्डवि त्रिपाठीले गाउ“दा चारै तिरबाट हुटिंङ सुरु भयो । बैशाखको गर्मी भएपनि दर्शकहरुले गर्मीको वास्तै नगरी मञ्चनै गुञ्जायमान हुने गरी हुटिङ गरे । तालिको गडगडाट र वा....वा को स्वरमा आवाजहरु सुनिए । 

युवा पुस्ताको मन छुने त्यो गित गुञ्जी रहेकै बेला केहि बेरमै मञ्चमा सोही गितमा अभियन गरेका चर्चित नायिका रेखा थापा र नायक जिवन लुईटेल मञ्चमा देखा परे अनि दर्शकको तालि र हुटिंङको ओईरो लाग्यो । दृश्य हो शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको राष्ट्रिय चलचित्र महोत्सवको । फिल्मी पर्दा र गीति भिडियोमा देखिने यी कलाकारहरुलाई दर्शकले प्रत्यक्ष देख्न मात्र पाएनन उनीहरुले कलाकारको कला समेत देखे । अनि मनलागेजति उर्फिए, कराए, हुटिंङ गरे । 
लेखक, निर्देशक निर शाह, फिल्मकर्मी भुवन चन्द, नायक भुवन केसी, जिवन लुईटेल, राजबल्लभ कोइराला, द्वन्द्व निर्देशक राजेन्द्र खड्की, संगितकार सम्बोजित बास्कोटा,  नायिकाहरु करिस्मा मानन्धर, रेखा थापा, कल्पना शाही, सुमिना घिमिरे, निता ढुंगाना, गायक दिपक लिम्बु, गायिका माण्डबि त्रिपाठी, जुना प्रसाई सहित दर्जनौ कलाकारहरु शुक्रबार एउटै मञ्चमा देखा परेका थिए ।
राष्ट्रिय चलचित्र महोत्सवकै अवसरमा राष्ट्रिय स्तरका चर्चित फिल्मी कालकारहरु सुर्खेतमा जमघट भएका हुन् । शुक्रबार देखि तीन दिन सम्म चल्ने महोत्सवको शुक्रबार एक कार्यक्रमवीच उद्घाटन गरिएको छ । पर्यटन तथा नागरिक उड्यान मन्त्री लोकेन्द्र विष्ट र शान्ति तथा पुनःनिर्माण मन्त्री सत्या पहाडीले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए । महोत्सवको उद्घाटन कार्यक्रम मनोरञ्जनमै वितेको थियो । गितहरु गुञ्जी रह“दा नायक, नायिक मञ्चमा आएर नाचिहाल्थे । 

राष्ट्रिय स्तरका चर्चित कलाकारहरु भुवन के.सी., करिस्मा मानन्धर, रेखा थापा, जिवन लुईटेल नै महोत्सवको मुख्य आक्रर्षण बनेका थिए । उनीहरु उठेर नाच्ने वित्तिकै दर्शकको हुटिंङ सुरु भैहाल्थ्यो । हर्के हल्दारको प्रस्तुतिले समेत दर्शकलाई खुबै ह“सायो । कलाकार विष्णु सापकोटा र रमेश अधिकारीले व्यङ्ग्यात्मक प्रस्तुति गरेका थिए । 
तीन दिन सम्म संचालन हुने महोत्सवमा राष्ट्रिय स्तरका ७० भन्दाबढी कलाकारहरुको सुर्खेतमा जम्घट हुने भएका छन् । केहि कलाकारहरु आज(शनिबार) सुर्खेतमा आउने कार्यक्रम रहेको जनाईएको छ । राजधानी बाहिर पहिलो पटक सुर्खेतमा राष्ट्रिय चलचित्र महोत्सव भएको हो । चलचित्र महोत्सवकै अवसरमा सुर्खेतका अग्रज ५ जना कलाकर्मीहरुलाई सम्मान गरिएको छ ।
कलाकारीताको माध्यमबाट सुर्खेतलाई बाह्रय जिल्ला तथा अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउन सफल भएको भन्दै प्रेमदेव गिरी, गंगा केसी, गणेशभक्त गौतम, कुलमान नेपाली, दानसिं नेपाली गरी ५ जनालाई सम्मान पत्र मार्फत सम्मान गरिएको थियो ।
महोत्सव आयोजक मूल समितिका संयोजक तथा चलचित्र बोर्डका अध्यक्ष गणेशबहादुर भण्डारीले यस क्षेत्रको स्थानीय प्रतिभा, कला संस्कृति, फिल्म सुटिङ स्थलहरुको बारेमा प्रचार प्रसार गर्नका लागि महोत्सव आयोजना गरिएको बताए ।

‘चलचित्रका गतिविधिलाई विकेन्द्रीकृत गर्दै, स्थानीय बजारको समेत खोजी हुनेछ । दर्शक र कलाकारहरुवीचमा प्रत्यक्ष सम्वाद, स्थानीय प्रतिभाको उजागर गर्नुनै महोत्सवको मूल उद्देश्य रहको छ’ संयोजक भण्डारीले बताए । चलचित्र निर्माण, भिडियो फिल्म निर्माण सम्बन्धी चार दिने कार्यशाला संचालन गरिको छ । 
चलचित्रकर्मी निर शाहले कार्यशालालाई संचालन गर्ने जनाईएको छ । दोस्रो र तेस्रो दिन छनोट गरिएका ६ वटा चलचित्रहरुको प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । प्रदर्शन गरिने चलचित्रहरु हेर्नका लागि विशेष र सामान्य पासको व्यवस्था गरिएको छ । विशिष्ट व्यक्तिलाई विशेष पासको व्यवस्था गरिने भएको छ । तेस्रो दिन पर्यटकिय करिडोर विकासका लागि राष्ट्रिय स्तरका कलाकारहरुलाई सुर्खेतको गढी, देउती वज्यै, बुलबुले ताल, का“क्रेविहारको भ्रमण गराईने महोत्सव उपसमितिका निर्देशक गोविन्द कोइरालाले जानकारी दिए ।

शिक्षकको पनि सरसफाई अभियान
विनोद लम्साल
सुर्खेत, ८ वैशाख ।
जिल्लालाई सन् २०१५ सम्ममा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल बनाउन शिक्षकहरुले पनि विद्यालयमार्फत अभियान थाल्ने भएका  छन् ।  नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र जिल्ला शिक्षा कार्यालय सुर्खेतको संयुक्त आयोजना तथा जिल्ला खानेपानी स्वास्थ्य तथा सरसफाई  समन्वय समिति सुर्खेतको समन्वयमा गरिएको सरसफाई प्रवद्र्धन र सरसफाई गुरुयोजना–२०६८ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यशालामा सहभागि शिक्षकहरु  यस्तो अभियान थाल्ने भएका  हुन् । 
विद्यालयमा स्वच्छ वातावरण सिर्जना गर्ने तथा विद्यालयका शिक्षक विद्यार्थी, आमा समूहमार्फत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने  बताएका छन् । कार्यक्रममा बोल्दै जिल्ला प्रविधिक कार्यालय सुर्खेतका इन्जिनियर    ओमदत्त रेग्मीले सरसफाई अभियानलाई सफल बनाउन सबैजना सरसफाई कार्यकर्ताको  रुपमा लाग्नुपर्ने बताए । उनले अहिले सम्म जिल्लाका १० वटा गाविसहरु खुला दिशामुक्त क्षेत्र घोषणा भएको भन्दै अन्य गाविसहरुलाई पनि दिशामुक्त क्षेत्र घोषणा गर्नको लागि प्रक्रियामा रहेको रेग्मीले बताए । 
कार्यक्रममा  जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले स्वास्थ्य र सरसफाई शिक्षास“ग जोडिएको विषय भएकोले विद्यालयबाट अभियान थालेमा प्रभावकारी हुने बताए । सरसफाईलाई सैद्धान्तिक नभई व्यवहारमा प्रयोग गरिनुपर्ने बताए । अन्य क्षेत्रमा अगाडि भएता पनि सरसफाई क्षेत्रमा १९ औं शताब्दिबाट माथि नउठेको भन्दै उपाध्ययाले सरसफाईको लागि व्यवहार परिवर्तन गर्न जरुरी रहेको टिप्पणी गरे  । 
विद्यालयमा सरसफाई अभियानको लागि उपयुक्त शौचालयको निर्माण, फोहोर व्यवस्थापन लगायतका विषयमा सम्पूर्ण विद्यालयका शिक्षक विद्यार्थीहरु सक्रिय भएर लाग्नुपर्ने उपाध्यायको भनाई रहेको थियो । कार्यक्रममा सरस्वती उच्च माविका शिक्षिका सुशिला शर्मा, विद्यालय निरिक्षक लोकप्रसाद ढकाल, खानेपानी तथा सरसफाई पत्रकार समूह सुर्खेतका सह–संयोजक लक्ष्मी भण्डारी लगायतले सरसफाई अभियानलाई सफल बनाउन जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरु एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । 
सरसफाई प्रवद्र्धन र सरसफाई गुरुयोजना –२०६८ सम्बन्धी दुई दिने अभिमुखीकरणको सहजिकरण नेवा नेपालगंजका  मनप्रसाद वाग्ले र पुष्प रावल ले गरेका थिए । सरसफाई अभियान लाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि केही दिनमा शिक्षक, विधार्थी, स्थानीय गैरसरकारी संस्थाहरुसंग अभिमुखीकरण गर्ने योजना रहेको नेवाका पुष्प रावल ले बताए ।


प्रशोधन केन्द्र सुर्खेतले गुमाउ“दै
हिमा उपाध्याय
सुर्खेतमा स्थापना गर्ने भनिएकोे जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अन्यौलमा परेको छ । प्रशोधन केन्द्र स्थापना गर्ने जग्गाको टुंगो नलाग्दा सुर्खेतमा स्थापना गर्ने भनिएको प्रशोधन केन्द्र नेपालगंजमा सार्न पहल भैरहेको जनाईएको छ । जग्गाकै टुंगो नलाग्दा सुर्खेतमा प्रशोधन केन्द्र निर्माण अनिश्चित बनेको हो । वाणिज्य मन्त्रालय र उद्योग वाणिज्य महासंघकावीचमा सुर्खेतमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने सहमति भएको थियो ।
आवश्यक जग्गा उपलब्ध हुने वित्तिकै भौतिक संरचना निर्माणको काम हुने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाहीले बताए । प्रशोधन केन्द्र स्थापनाकै लागि नेपाल सरकारले ६० लाख र उद्योग वाणिज्य महासंघले २३ लाख रकम छुट्टयाईएको छ ।
सुर्खेत उपत्यका नगर विकास समिति, जिल्ला स्थित राजनीतिक दल, प्रशासनलाई समेत जग्गाका विषयमा जानकारी गराउ“दा पनि कुनै चासो नदेखाईएको अध्यक्ष शाहीले गुनासो गरे । उनले भने ‘जग्गा लिजमा लिने कुरा पनि मन्त्रालयले मान्दैन, १० रोपनी जग्गाको भोकाधिकार पाएमा अरु काम तत्कालै सुरु हुनेछ ।’
लामो समयदेखि सुर्खेतमा जग्गा पाईने निश्चित नभएपछि जडिबुटी संकलन तथा प्रशोधन केन्द्र नेपालगंजमा सार्नका लागि केन्द्रदेखिनै लविङ सुरु भैसकेकाले तत्काल जग्गाको प्रबन्ध गर्न सरोकारवाला निकायहरुसंग अध्यक्ष शाहीले आग्रह गरेका छन् ।  मध्य तथा सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा पाईने बहुमुल्य जडिबुटीको संकलन तथा प्रशोधन गर्न सहायताका लागि नेपालकै सबैभन्दा ठूलो प्रशोधन केन्द्र बनाउने योजना रहेको छ । 
करिव १० करोड लागतमा निर्माण हुने प्रशोधन केन्द्र निमाणार्थ चालु आर्थिक बर्षमा ८३ लाख रकम विनियोजन भैसकेको छ । निजी साझेदारीमा केन्द्र स्थापना र संचालन हुनेछ । यस क्षेत्रमा ६ सय ७२ प्रजातिका विभिन्न जडिबुटी पाईने जसमा ६० प्रजातिका जडिबुटी बहुमल्य रहेको जनाईएको छ । जग्गाका विषयमा तत्काल पहल थालिदिन प्रमुख जिल्ला अधिकारी र क्षेत्रीय प्रशासकलाई समेत आग्रह गरिएको छ ।
व्यवसायीहरुले बिहिबार एक कार्यक्रमकावीच प्रमुख जिल्ला अधिकारी र क्षेत्रीय प्रशासकलाई व्यवसायीक समस्या सहित दर्जनौ सुझाव दिएका छन् । चौकुने सिमेन्ट कारखाना संचालन देखि स्वच्छ मासु विक्रि वितरण सम्मका सुझाव दिईएको छ ।
सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको नया“ दुवै प्रशासकको स्वागत तथा छलफल कार्यक्रमका अवसरमा उक्त सुझाव दिईएको हो । चौकुने सिमेन्ट कारखाना स्थापनाका लागि लाईसेन्स लिएर बषौं सम्म पनि काम नगरेकाले अनुमति खारेज गरिनुपर्ने, मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर भएकाले पेट्रोलियम  पदार्थको आपूर्तिमा बृद्धि गर्नुपर्ने सुझाव दिइएको छ ।
त्यसैगरी पर्यटन विकासका लागि क्षेत्रीय स्तरको कार्यशाला आयोजना गरी सबै जिल्लाका पर्यटकिय स्थलको प्रचार प्रसार गरिनुपर्ने, जिल्लामा काठ आपूर्ति सहज नभएकाले स्थानीय आपूर्तिमा ख्याल पु¥याउनुपर्ने, मापदण्ड विपरित बजार क्षेत्रमा संचालित मासु पसलहरुको अनुगमन गरी कार्वाहि गरिनुपर्ने समेत सुझाव दिईएको छ ।
खशी बद्यशालालाई संचालनमा ल्याउनुपर्ने, सुर्खेतको खशी अन्य जिल्लामा लोकप्रिय भएकाले खशी उत्पादन व्यवसायलाई विकास गर्नुपर्ने, सरकारी विद्यालयको पाठ्यपुस्तक अभाव भएकाले सहज आपूर्तिको व्यवस्था मिलाउनुपर्ने, नीजि विद्यालयमा लागु गरिएका पाठ्यपुस्तकको अनुगमन गरी कार्वाहि गरिनुपर्ने, सवारी दुर्घटना बढेकाले बाटोको मर्मत सुधार गर्नुपर्ने प्रजिअ र क्षेत्रीय प्रशासकलाई सुझाव दिईएको थियो ।
मनपरी रुपमा नेपाल विद्युत प्राधिकरणले लाईन काटने गरेकाले त्यसलाई समाधान गरिनुपर्ने सहित एक दर्जनबढी सुझाव दिईएको थियो । व्यवसायीहरुले दिएको सुझावका बारेमा बोल्दै प्रमुख जिल्ला अधिकारी वसन्तकुमार उपाध्यायले आएका सुझावका सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखलाई बोलाई समस्या समाधान गर्न पहल थाल्ने बताए । क्षेत्रीय प्रशासक ज्ञानदर्शन उदासले पनि व्यवसायीहरुले उठाएका सवालमा आफू सकारात्मक रुपमा समस्या समाधान तर्फ लागिपर्ने बताए । स्वागत तथा छलफल कार्यक्रम सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाहीको सभापतित्वमा सम्पन्न भएको थियो । 

Wednesday, April 18, 2012


चलचित्र महोत्सवमा ६ वटा फिल्म प्रदर्शन
हिमा उपाध्याय
सुर्खेत, ५ बैशाख ।
राष्ट्रिय चलचित्र महोत्सव २०६९ का अवसरमा ६ वटा फिल्महरु प्रदर्शन गरिने भएको छ । चलचित्र विकास बोर्डले ती चलचित्रहरु प्रदर्शनीका लागि छनोट गरेको हो । नेपाली समाजको यथार्थता झल्कने, प्रेमका भन्दापनि फरक विशेषताका चलचित्रहरु रहेको महोत्सव आयोजक समितिका संयोजक तथा बोर्डका अध्यक्ष गणेश भण्डारीले बताए ।
मसान, किसान, फुल, सायद, बुह्रान र ठेगाना प्रदर्शन हुने भएका छन् ।
फुल, सायद, किसान प्रदर्शन नभएका फिल्म हुने भने मसान, बुह्रान, ठेगाना प्रदर्शन भएका चलचित्र हुन् । फरक फरक जातजाति, भाषा, संस्कृतिमा आधारित ६ वटा चलचित्रलाई समिक्षाको विषय वस्तु बनाई भएको छ । चलचित्र विकास बोर्डले यस अघि बर्ष उत्कृष्ट भन्दै पुरस्कृत गरिएका फिल्मनै प्रदर्शन हुने भएका छन् ।
बैशाख ८ गतेदेखि सुरु हुने राष्ट्रिय चलचित्र महोत्सवमा राष्ट्रिय स्तरका ७० जना कलाकारहरु सहभागि हुनेछन् । पहिलो दिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा महोत्सवको उद्घाटन गर्ने तयारी गरिएको भएपनि प्रधानमन्त्री आउने वा नआउने कुनै टुङ्गो लागेको छैन् । महोत्सव १० गते सम्म संचालन हुनेछ ।
पहिलो दिन विविध झा“की सहित उद्घाटनको कार्यक्रम हुनेछ । दोस्रो र तेस्रो दिन छनोट गरिएका ६ वटा चलचित्रहरुको प्रदर्शन गरिने आयोजनकले जानकारी दिएको छ । प्रदर्शन गरिने चलचित्रहरु हेर्नका लागि विशेष र सामान्य पासको व्यवस्था गरिनेछ । विशिष्ट व्यक्तिलाई विशेष पासको व्यवस्था गरिने भएको छ । चलचित्र प्रदर्शन हुने समयमा प्रदर्शन हुने फिल्म हलमा पुग्ने सर्वसाधारणले समेत अवलोकनको पास पाउनेछन् । टिकर्ट छपाईको काम भैरहेको जनाईएको छ ।
तेस्रो दिन पर्यटकिय करिडोर विकासका लागि राष्ट्रिय स्तरका कलाकारहरुलाई सुर्खेतको गढी, देउती वज्यै, बुलबुले ताल, का“क्रेविहारको भ्रमण गराईने महोत्सव उपसमितिका निर्देशक गोविन्द कोइरालाले जानकारी दिए । राष्ट्रिय महोत्सवलाई मध्यनजर गरी आज (बुधबार) नेपाल आर्मीले बुलबुले उद्यान, नेपाल प्रहरीले देउती वज्यै र सशस्त्र प्रहरीले खुल्ला मञ्चको सरसफाई गर्ने भएका छन् ।
महोत्सव आयोजक समितिले नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन), सुर्खेत उद्योग वाणिज्य संघसंग समन्वय गरी वीरेन्द्रनगर बजारभरी व्यानर, गेट राखिने जनाईएको छ ।

फुल
निर्देशक शिब रेग्मी आफ्नो १८ औं चलचित्रको रुपमा फूलको निर्देशन गरेका हुन् । 
मित्रता सिने मुभिजको ब्यानरमा निर्माण भएको उक्त चलचित्र चितवनमा मुहुर्त गरिएको थियो ।  शम्भु सापकोटाको छाया“कन रहने सो चलचित्रमा राजबल्लभ कोईराला, निरज बराल, गरिमा पन्त, निर शाह, युवराज लामा, किरण केसी, राजाराम पौडेल, उत्तम केसी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । 
रेखा पौडेलको संगीत रहेको छ । संजीत कुमार ‘बब्लु’, चन्द्र श्रेष्ठ, यमनाथ दनै, क्रन्दन मास्के र सुनिल श्रेष्ठले निर्माण गरेको चलचित्र ‘फूल’ को कथा बिकास आचार्य र निर्देशक रेग्मीले लेखेका हुन्  । चलचित्र ‘फूल’ को कथा नारी संवेदनामा आधारित रहेको  छ । नारी एउटा फूल हो  जसलाई हामीले मन लागेको बेला सुंघ्छौं र मन लागेकै बेला टिपेर फाली दिन्छौं पनि ।  चलचित्रको कथा बस्तुलाई अझ प्रस्ट पार्न गीतकार डा कृष्णहरी बरालले नारीलाई फूलसंग यसरी तुलना गरेका छन ।
सानै हुरीमा पनि तिमीले झर्नु पर्छ अरुकै लागी तिमीले सुवास छर्नु पर्छ । सक्छौ सहन कति तिमीले ए फूलपूजा अरुको हु“दा तिमीले मर्नु पर्छ भावको गित चलचित्रमा राखिएको छ । छायांकन ईलाम र काठमान्डौमा गरिएको थियो । 

बुह्रान
पहाडी भेगबाट तराईमा बसाई सरेपछि त्यहा“ बसोबास गरिरहेका थारु समुदाय लखेटिएको कथामा बनेको छ  चलचित्र बुह्रान । उक्त चलचित्रले घरवारविहीन थारुहरु २०२२ को भूमिसुधारपछि जमिन्दारको घरमा आजीवन ऋणी बनेर कमैया एवं कमलरी बस्नुपर्ने बाध्यतालाई मार्मिक ढंगले  उठाएको छ । 
निर्देशक अजित लामिछानेले चलचित्रलाई जीवन्त रुपमा उतारेका छन् । एक अर्थमा भन्ने हो भने यी चलचित्र वृत्तचित्रकै धारमा बन्ने गरेका छन् । जातीय संस्कृतिमाथि बन्ने अधिकांश चलचित्र कथानकभन्दा पनि वृत्तचित्रजस्तै छन् । 


मसान
अभिनेता तथा निर्देशक नीर शाहले चलचित्र ‘मसान’ निर्माण गरेका छन् । शाहले साहित्यकार स्व.गोपालप्रसाद रिमालको नाटक ‘मसान’ मा आधारित चलचित्र निर्देशन गरेका हुन् । काठमाडौं तथा नारायणघाटमा छायांकन गरिएको यो चलचित्रमा राजबल्लभ कोइराला, केकी अधिकारी, नीता ढुंगाना, दिनेश डिसी, शुभद्रा अधिकारी, केशव भट्टराई, राजाराम पौडेल आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्र कलात्मक रहेको छ । 

किसान
निर्देशक बिमल पौडेलले चलचित्र ‘किसान’ को निर्देशन गरेका हुन् । किसानको कथालाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको छ ।  कृषि उत्पादन, कृषिको व्यवसायीकरण, किसानका समस्याका बारेमा चलचित्रमा कथा वस्तु बनाईएको छ । निर्देशक पौडेलले किसान चलचित्र हरेक किसानले हेर्नुपर्ने भएको बताए । बसन्त कुमार श्रेष्ठ र संजिव प्रधानले निर्माण गरेको सो चलचित्रमा राजेश हमाल, मौसमी मल्ल, नन्दिता केसी, नीता ढुंगाना, बिमल पौडेल, राजेश ढुंगाना, चेतन सापकोटा, निर शाह, राहुल केसी लगायतले अभिनय गरेका छन् । चेतन सापकोटाको संगीत रहेको उक्त चलचित्रमा राजु केसीको छायांकन रहेको छ । चलचित्र चितवनको मंगलपुरमा छायांकन गरिएको हो ।

सायद
अहिलेको समयको प्लस टु जेनेरेशन र त्यसभन्दा अघिको जेनेरेशन बीचको कथालाई फरक ढङ्गमा समेटेर चलचित्र ‘सायद’ बनाईएको छ ।  दुर्गिस फिल्मसको ब्यानरमा सुरज सुब्बा (नाल्बो) ले निर्देशन गरेका हुन् । चलचित्रको कथा निर्देशक सुरजले नै लेखेका हुन् । 
बैकिंक पेशा अपनाएका सुनिल रावल यस चलचित्रका निर्माता हुन भने उनि यस चलचित्रमा नायक भएर अभिनय गरेकाछन । यस्तै नायिकमा झरना थापाको समेत अभिनय रहेको छ । निर्देशक नारायण पुरीका छोरा संयम पुरीले यस चलचित्रबाट नायकको रुपमा डेब्यू गरेकाछन । 

ठेगाना
निर्देशक रामशरण पाठकद्वारा निर्देशित चलचित्र ‘ठेगाना’ दुई वर्षअघि नै निर्माण भएको थियो । उत्तम खत्रीको प्रस्तुतीकरणमा निर्माण गरिएको यो चलचित्रमा अयुब केसी, अनु शाह, मिथिला शर्मा, गणेश उप्रेती, राजाराम पौडेल, सुशील पोखरेल आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रको मुख्य कथा नायिका अनु शाहको वरिपरि घुमेको छ । 
चार वर्षकै उमेरमा उनका अभिभावकले उनलाई अर्को परिवारलाई हुर्काउन जिम्मा लगाउ“छन । हुर्काउने जिम्मा लिएको परिवारले उनलाई कुनै विदेशीलाई धर्मपुत्रीका रुपमा बेचिदिन्छन । १९ वर्षपछि तीनै युवती (अनु) आफ्ना आमा, बुबा तथा आफ्नो ठेगाना खोज्दै स्वदेश र्फकिन्छन । नायक अयुब केसीले अनुलाई उनको ठेगाना खोज्न सहयोग पु¥याउ“छन् । जुगल डंगोलद्वारा संगीतबद्ध यो चलचित्रका तीनवटा गीतमा राजेशपायल राई, अञ्जु पन्त, उद्धव केसी, केन्जुमा सुब्बा, सुमन केसी आदि गायक, गायिकाको पाश्रव गायन छ ।  काठमाडौं, नगरकोट, लाकुरी भन्ज्याङ तथा मुडेमा छायांकन गरिएको यो चलचित्र सिम्रन फिल्म्सको ब्यानरमा तयार पारिएको हो ।

Monday, April 16, 2012


उद्योग वाणिज्य संघ निर्वाचन
व्यवसायीमा चुनावि रौनक सुरु
सुर्खेत, ३ बैशाख
सुर्खेत उद्योग वाणिज्य संघको कार्यसमितिका लागि चुनावी रौनक सुरु भएको छ । सुर्खेत उद्योग वाणिज्य संघमा उत्पन्न विवाद समाधन भएको छ । व्यावसायीहरुको नया“ नेतृत्वका लागि निर्वाचन हुने पक्का भएपछि चुनावि रौकन सुरु भएको हो । 
जिल्ला प्रशासनमा भएको छलफलपछि बैशाख १८ गतेसम्म सदस्यता नविकरण गर्ने र  बैशाख २५ गते निर्वाचन गर्ने सहमति भएको थियो । दुई महिनापछि आईतबार बसेको वाणिज्य संघको कार्यसमिति बैठकले जिल्ला प्रशासन कार्यालयमा गरिएको चार बु“द्धे सहमतिलाई अनुमोदन गरेको छ । 
२०६८ फागुन ६ गते भएको विवादको विषयमा कार्यसमितिको पूर्ण बैठकमा अध्यक्ष र महासचिवले आत्मा आलोचना गर्ने, सुर्खेत उद्योग वाणिज्य संघको नया“ कार्यसमितिका लागि निर्वाचन २०६९ बैशाख २५ गते गर्ने, निर्वाचनका लागि सदस्यता नविकरण बैशाख १८ गते भित्र गर्ने र  फागुन ६ गतेपछि अध्यक्ष र महासचिव दुवै पक्षले गरेका निर्णय कार्यान्वयन नगर्ने सहमति भएको थियो ।
यस पटकको निर्वाचनमा दुई हजार दुई सयबढी व्यवसायीहरुले निर्वाचनमा सहभागिता जनाउने भएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन भए लगत्तै उपशाखाको समेत निर्वाचन हुनेछ । पूर्वमा छिन्चु र पश्चिममा विद्यापुरमा उद्योग वाणिज्य संघको उपशाखा रहेका छन् । 
यस पटकको निर्वाचनमा दुई वटा प्यानल निर्वाचनमा सहभागि हुने अनुमान गरिएको छ । प्रजातान्त्रिक समूह र वामपन्थीहरुको प्रगतिशील समूह नया“ नेतृत्वका लागि निर्वाचनमा सहभागि हुने संकेतहरु देखिएका छन् । निर्वाचनका विषयमा २०६८ फागुन ६ गतेको वाणिज्य संघको नियमित बैठकबाट विवाद उत्पन्न भएको थियो । अध्यक्ष विष्णुबहादुर शाही र महासचिव पदमबहादुर शाहीकावीचमा लामो समयदेखि दोहोरी चल्यो अब भने दुई पक्षको छुट्टा छुट्टै चुनावी प्यानलहरु देखिने भएका छन् । 
जिल्ला प्रशासन कार्यालय सुर्खेतको रोहबरमा शनिबार संघको विवाद चार घण्टाको छलफल पछि चार बु“दे सहमतिमा विवाद टुङ्गिएको थियो । प्रशाकिय अधिकृत बुद्धिप्रसाद सापकोटा, जिल्ला प्रहरीका प्रतिनीधि प्रहरी नायव उपरीक्षक, उद्योग वाणिज्य संघका सल्लाहकार टेकबहादुर भण्डारी सहित विवादित पक्षकावीचमा छलफल भएको थियो ।
दिउ“सो ३ बजेदेखि चलेको बहुपक्षिय छलफल सा“झ ७ बजे मात्रै टुङ्गिएको थियो । विवाद पछि उत्पन्न जटिलताका विषयमा दुवै पक्ष गम्भिर भएका थिए । सा“झ ७ः१५ बजे चार बु“द्धे सहमतिमा हस्ताक्षर गर्दै दुवै पक्ष जिल्ला प्रशासनबाट बाहिरीएका थिए ।
महासचिव पक्षले द्धितीय उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने र अर्को अध्यक्ष पक्षहरुले महासचिवको गल्ती नसच्चिए सम्म कुनै पनि निर्णय नमान्ने भन्दै अडान लिएका थिए । महासचिव सहितको समूहले कार्यसमितिको बहुमत सदस्यको निर्णय भन्दै चैत्र ३० गते सम्म सदस्यता नविकरण र बैशाख १२ गते सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन मिति तोकेको थियो । सोही निर्णय पछि जिल्ला स्थित राजनीतिक दलहरुले निर्वाचनका विषयमा मुख खोलेका थिए । एकीकृत नेकपा माओवादी र नेकपा एमाले सुर्खेतले एक भएर चुनाव सहमतिमा गर्नुपर्ने अडान राख्दै आएका थिए ।

Sunday, April 15, 2012


सेना समायोजन प्रक्रिया
‘त्यो भिडन्त, यो सौहार्द’
सुर्खेत, 
हतियारको बरबुझारथ गर्न सुर्खेत आएका नेपाली सेनाका महासेनानी राजु नेपालीलाई माओवादी छैटौं डिभिजन कमान्डर महेन्द्रबहादुर शाहीले अबिर लगाएर स्वागत गरेको दृश्य हेर्दा लाग्थ्यो, उनीहरुबीच पहिल्यै आत्मीय सम्बन्ध थियो । बोलीचाली, हाउभाउले त्यस्तै झल्को दिइरहेको थियो । सैनिक पोसाकमा खटिएका राजु र सादा पोसाकमा सजिएका महेन्द्रबीच वार्तालापमा खुबै मस्कामस्की चल्थ्यो । 
बेलाबेलामा खित्का छोडेर हा“स्थे राजु । अनि उनलाई साथ दिन मुस्कुराउ“थे महेन्द्र । उनीहरु दुवै नायक भइरहेको महसुस दिलाइरहेका थिए । लगत्तै उनीहरु हतियार कन्टेनरभित्र छिरे । छिर्ना साथ महेन्द्रले देखाए, ‘ऊ त्यो ८१ लन्चर दाङ आक्रमणबाट ल्याइएको हो ।’ राजुले एके ४७ तिर हात तेस्र्याउ“दै भने, ‘यस्तो हतियार मैले बेनीमा पहिलोपटक देखेको हु“ ।’ अनि सुरु भयो, उनीहरुबीचको इतिहास प्रकरण । उनीहरु दुवै बेनी आक्रमणका आमनेसामने भिडेका कमान्डर रहेछन् । 
०६० चैत ६ गते रात म्याग्दी सदरमुकाम बेनी आक्रमण हु“दा एकअर्कालाई सिध्याउने गोप्य रणनीति खोले । ख्यालठट्टाकै क्रममा कर्णेल नेपालीले बेनी आक्रमणको कथा सुनाए । बेलुकी १० बजेतिर मस्त उनी निदाइरहेका बेला एक्कासि परर्र फायरिङको आवाज सुनियो । झसंग भएर उठे राजु । संयोग पनि कस्तो, जताततै बम गोलीका आवाज आइरहेकै बेला उनकी पत्नीको टेलिफोन आएछ । यो फसाद, यहा“ भीषण गोलाबारुद भइरहेको छ, उता श्रीमतीले टेलिफोनबाट टीभी सिरियल हेर्नआग्रह गर्दै थिइन । के जवाफ दिने, एकछिन अवाक भए उनी । र, लडाईको आवाज श्रीमतीले नसुनून भनेर सम्हालि“दै भने, ‘हुन्छ बाबा हुन्छ, गुडनाइट । म भोलि फोन गर्छु ।’ शाहीले पनि बेनी आक्रमणको रणनीतिसहित बेलिविस्तार सुनाए । 
‘बेनीमाथिका गाउ“हरु सबै सेना प्याक गाउ“हरु हुन भन्ने खबर बुझ्यौं, त्यसैले बाटो बदलेर आक्रमण गर्ने योजना बनाएका थियौं ।’ शाहीले भने, ‘हिजोका संस्मरणहरु इतिहास भइसके, अब पहिलेको जस्तो आग्रह पूर्वाग्रह राख्नु हु“दैन । सेनाले पनि एउटै परिवार हो भन्ने प्रस्ताव गरेको छ, त्यो हामीलाई पनि स्वीकार छ ।’ बेनी आक्रमणमा सेनाको ठूलो क्षति भएन । माओवादीले सेनाको ब्यारेक निकै शक्तिशाली ठानेको रहेछ । यथार्थ त्यस्तो पनि रहनेछ । ‘हामी थोरै मात्रामा एमुनेसन थियौं जुन केहीबेरमै सिद्धियो, पछि हेलिकप्टरबाट हतियार मगाईयो तर माथिबाट खसाल्यो । र, त्यही हतियारले प्रतिव्यक्ति तीन हतियारसम्मको सहाराले १० घण्टासम्म लड्यौं,’ राजुले भने । ‘बेनी ब्यारेकमा १ सय ९१ जना मात्रै फोर्स थियो । जिविसमा १ सय १८ जना । तर लडाईमा हाम्रा १३ सैनिक मारिए ।’ नेपालीले सुनाए, ‘तर माओवादीतर्फ ठूलै क्षति भयो । माओवादीबाट एके ४७ हामीले बरामद ग¥यौं ।’ राजु यसो भनिरह“दा महेन्द्र टाउको हल्लाउ“दै भनिरहेका थिए, ‘ठीक हो ठीक हो ।’ एकअर्काविरुद्ध लडेका सेना र माओवादीका यी दुवै कमान्डर शान्ति प्रक्रिया टुंग्याउने क्रममा यति छिट्टै हात मिलाउनुपर्ला भन्ने कल्पना समेत गरेका थिएनन ।’ त्यो बेलाको अवस्थाले लड्न बाध्य गराएको थियो,’ महासेनानी नेपालीले भने, ‘तर अहिलेको आवश्यकताले हामीलाई मिल्न बाध्य बनायो र हामी मिल्दैछौं ।’ 
हतियार बुझा“दाखेरि कमान्डर शाहीको अनुहारमा न आक्रोश देखियो न त निराशा नै । हतियारको लगत राख्ने काम एउटा टोलीले गरिरहेका थिए भने त्यसैको छेउमा उनीहरु लडाईका अनुभूति सुनाइरहेका थिए । रोचक त के भने, उनीहरु एकअर्कालाई लडाईका बेला भएका कमीकमजोरी औल्याइरहेका थिए । कमजोरी औल्ंयाउ“दा पनि उनीहरुबीच खुबै ख्यालठट्टा चलिरह्यो । हतियार बुझाइसकेपछि छैटौं डिभिजन मुख्यालयका लडाकुहरु निशस्त्र भएका छन् । त्यतिमात्र होइन, ब्यारेकका सबै भौतिक संरचना पनि नेपाली सेनालाई बुझाइसकेका छन् । सेनाले माओवादी क्याम्पका १७ जना पोस्टमा आफ्नो सेन्ट्रि राखिसकेको छ भने मूलद्वारमा संयुक्त टोली छ । अहिले माओवादीको छैटौं डिभिजनमा १ सय २७ जना सेनाले निगरानी राखेको छ । सहायक शिविर लेकफर्सालाई ५० जना सेनाले निगरानी गरिरहेका छन् । सेना र माओवादीका कमान्डरहरुबीच औपचारिक र अनौपचारिक छलफल चलिरहेका छन् । पहिलो छलफल र परिचयात्मक कार्यक्रमको प्रस्ताव माओवादीले गरेका थिए ।


सेनाले लियो शिविरको जिम्मा
हामी मान्दैनौं ः इन्चार्ज
हिमा उपाध्याय
माओवादी लडाकूको सुर्खेत दशरथपुर स्थित छैटौं डिभिजन र सहायक शिविरको सुरक्षा सहित सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको छ । नेपाली सेनाको मध्यपश्चिमाञ्चल हेडक्वाटरबाट सेनानी विश्वराज पराजुली नेतृत्वमा गएको नेपाली सेनाले शिविरको सम्पूर्ण जिम्मा लिएको हो ।
सेना समायोजन विशेष समिति बैठकले मंगलबारदेखिनै लडाकू रहेका सम्पूर्ण शिविरको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेपछि सुर्खेत स्थित छैटौं डिभिजनको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । 
मंगलबार सेनानी पुराजुलीको नेतृत्वमा १ सय ५ जनाको संख्यामा नेपाली सेना शिविरमा प्रवेश गरेको छ । सेना समायोजन विशेष समितिका सदस्य डा. दिपक प्रकाश भट्टले दिएको जानकारी अनुसार सेना समायोजन विशेष समितिले गरेको निर्णय अनुसार मंगलबार साँझनै नेपाली सेनालाई जिम्मा दिईएको छ । लडाकूको पुनः वर्गिकरणको प्रक्रियाबाट ३९ जनाले स्वच्छिक अवकास रोजि चेक बुझिसकेका छन् । छौटौं डिभिजन अन्तर्गत १ हजार ५ सय ५९ जना लडाकूहरु पुनः वर्गिकरणमा सहभागि हुँदैछन् । मंगलबार काम रोकिएको भएपनि बुधबारदेखि पुनः वर्गिकरणको काम सुरु हुने सदस्य डा. भट्टले बताए ।
यसैवीच माओवादी सुर्खेतका इन्चार्ज कृष्ण धमला गम्भीरले शान्ति, संविधान र सेना समायोजन संगसंगै हुनुपर्ने बताए । एमाओवादी उपाध्यक्ष मोहन बैद्य पक्षिय इन्चार्ज गम्भीरले भने–‘यो सरकार र संस्थापन पक्षको आत्मसर्मपण हो । हामी यसलाई मान्दैनौं ।’ ‘शान्ति र संविधानको पाटो छोडेर सेना समायोजन अघि गर्नु नाटक मात्र हो । हामी यसको कडा प्रतिबाद गर्नेछौं ।’ इन्चार्ज गम्भीरको भनाई थियो ।
माओवादी लडाकूहरु सेना समायोजन भन्दापनि स्वच्छिक अवकासमा निस्कनेको संख्या धेरै हुन सक्ने निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । शीर्ष नेता हसित बसेको बिशेष समितिको बैठकले मंगलबार देखि नै माओवादीको लडाकु, लडाकु बस्दै आएको शिविर र कन्टेनरमा राखिएको हतियार नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरेको छ । 
बैठकले चार बु“दे निर्णय गर्दै तत्काल नेपाली सेनालाई शिविरमा परिचालनको ब्यबस्था मिलाउने जिम्मा सरकारलाई दिइएको छ । यस सम्बन्धमा छलफलका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नै कार्यालयमा प्रधान सेनापति छत्रमानसिंह गुरुङसंग बैठक बसिरहेका छन् । 
एमाले अध्यक्ष झलनाथ खनालले पढेर सुनाएको बैठककको निर्णय अनुसार लडाकु, हतियार, शिविर र त्यहा“ रहेका सबै सम्पति सेनाले सुरक्षा जिम्मामा दिने, समायोजन प्रकृया नसकिएसम्म स्वैच्छिक अवकाशमा जाने लडाकुका लागि अवसर खुला राख्ने, तत्काल लडाकुहरु त्यहा“ रहनका लागि आचार संहिता जारी गर्ने र आचार संहिता सचिवालयका संयोजक बालानन्द शर्मासंग परामर्श गरी तयार पारिने छ । 
बिशेष समितिका सदस्य रामशरण महतले शिविरहरुमा देखिएको तनाव तथा त्यहा“ खटिएका कर्मारीहरुको समेत सुरक्षा खतरा देखिन थालेपछि सबै जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको बताए । उनले समायोजननामा जाने लडाकुको छनौट समिति बनाउने तथा दर्जा निर्धारण गर्न लगायतका बिषय टुङ्गोमा पु¥याउनका लागि बिशेष समितिको बैठक पुनः बुधबार बस्नेछ । 
सोमबारदेखि शिविरहरुमा लडाकुको पुनर्वगीकरण सुरु गरिएको थियो । पहिलो चरणमा ९ हजार ७ सयले समायोजन रोजेपछि ६ हजार ५ सयमा घटाउनका लागि पुनर्वगीकरण सुरु गरिएको थियो । तर, बिभिन्न शिविरमा लडाकुहरुबीच कुरा नमिल्ने तथा यसअघि नै बहिर्गनमा परेका लडाकुहरुले पनि शिविरमा घेरा हाल्ने तथा धर्ना दिने गरेपछि सेनाको जिम्मा लगाउने निर्णय गरिएको हो । 
यसअघिको निर्णय अनुसार समायोजनमा जाने लडाकु र हतियार चैत ३० गते नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरिएको थियो । बैठक बस्नु अघि पनि प्रधानमन्त्री डा. भट्टराईले सेनापति गुरुङसंग परामर्श गरेका थिए । 
बैद्य समूहका केन्द्रिय नेताहरुको कुपण्डोलमा बेलुका बसेको बैठकले लडाकु र हतियार रहेका कन्टेनर नेपाली सेनालाई बझाउने निर्णय आत्मसमर्पणवादी भएको आरोप लगाएको छ । बैठकले आज बुधबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला दहन गर्ने निर्णय गर्दै विहान दस बजेदेखि ११ बजे सम्म मुलुकभर एक घण्टा चक्का जाम गर्ने निर्णय गरेको सचिव सीपी गजुरेलले जानकारी दिए । सात बु“दे सहमतिको पनि पालना नभएको भन्दै गजुरेलले क्रान्तिप्रति विश्वासघात भएको जनाएका छन् । उनले लडाकुलाई आत्मसमर्पण गरिएको भन्दै खेद समेत व्यक्त गरेका बताए ।
विशेष समितिको २०६८।१२।२८ को बैठक (८९ नं.) को निर्णय ः
१. माओवादी सेनाका लडाकुहरु, हतियार एव्म कन्टेनरहरु, शिविर र शिविरमा रहेका भौतिक सामग्रिहरु आजैका मितिदेखि नेपाल सरकारले नेपाली सेना मातहत ल्याउने ।
२. शिविरहरुको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने ।
३. समायोजनका लागि निर्धारण गरिएका केन्द्रहरुमा समायोजन कार्यप्रारम्भ गर्नु अघि विशेष समितिको पूर्वनिर्णय अनुरुप स्वैच्छिक अवकासको प्रक्रिया जारी रहने र समायोजन केन्द्रबाट विविध कारणले फर्किने लडाकूहरुलाई स्वैच्छिक अवकास वा पुनसर््थापनको विकल्प रोज्ने अवसर कायमै राख्ने ।
४. नेपाल सरकारले विशेष समिति अन्तर्गतको सचिवालयका संयोजकको परामर्शमा माओवादी सेनाका लडाकुहरुले पालना गर्नुपर्ने आवश्यक आचारसंहिता जारी गर्ने । 


सुर्खेत उद्योग वाणिज्य संघको विवाद टुङ्गियो
चार घण्टामा चार ब“द्धे सहमति
दीपक बुढा सुर्खेत
सुर्खेत उद्योग वाणिज्य संघमा उत्पन्न विवाद टुङ्गिएको छ । २०६८ फागुन ६ गतेको वाणिज्य संघको नियमित बैठकबाट विवाद उत्पन्न भएको थियो । अध्यक्ष विष्णुबहादुर शाही र महासचिव पदमबहादुर शाहीकावीचमा लामो समयदेखि दोहोरी चलेको थियो । 
जिल्ला प्रशासन कार्यालय सुर्खेतको रोहबरमा शनिबार संघको विवाद चार घण्टाको छलफल पछि चार बु“दे सहमतिमा टुङ्गिएको छ । प्रशाकिय अधिकृत बुद्धिप्रसाद सापकोटा, जिल्ला प्रहरीका प्रतिनीधि प्रहरी नायव उपरीक्षक, उद्योग वाणिज्य संघका सल्लाहकार टेकबहादुर भण्डारी सहित विवादित पक्षकावीचमा छलफल भएको थियो ।
दिउ“सो ३ बजेदेखि चलेको बहुपक्षिय छलफल सा“झ ७ बजे मात्रै टुङ्गिएको थियो । विवाद पछि उत्पन्न जटिलताका विषयमा दुवै पक्ष गम्भिर भएका थिए । सा“झ ७ः१५ बजे चार बु“द्धे सहमतिमा हस्ताक्षर गर्दै दुवै पक्ष जिल्ला प्रशासनबाट बाहिरीएका थिए ।
२०६८ फागुन ६ गते भएको विवादको विषयमा कार्यसमितिको पूर्ण बैठकमा अध्यक्ष र महासचिवले आत्मा आलोचना गर्ने, सुर्खेत उद्योग वाणिज्य संघको नया“ कार्यसमितिका लागि निर्वाचन २०६९ बैशाख २५ गते गर्ने, निर्वाचनका लागि सदस्यता नविकरण बैशाख १८ गते भित्र गर्ने र  फागुन ६ गतेपछि अध्यक्ष र महासचिव दुवै पक्षले गरेका निर्णय कार्यान्वयन नगर्ने सहमति भएको छ । जिल्ला प्रशासनको रोहवरमा गरिएका चार बु“द्धे सहमतिलाई आईतबार बस्ने संघको कार्यसमिति बैठकले अनुमोदन गर्ने समेत निर्णय गरिएको छ ।
वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाहीले पहिलेनै यसरी सहमितको प्रयास थालिएको बताए । उनले भने ‘गल्ती गरेपछि त्यसलाई सच्च्याउने प्रयास गर्नुपर्छ ।’ ‘पहिले पनि हामीले दुवै पक्षले गरेका गल्तीको समिक्षा गरी सहमति गरौं भनेका थियौं तर अर्को पक्ष आफ्नै अडानमा थियो, अहिले प्रशासनकै सहयोगमा सहमति गर्नुप¥यो ।’
जिल्ला प्रशासन कार्यालय सुर्खेतले यस अघि पनि दुई पटक सम्म दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । महासचिवले माईन्युट उपलब्ध गराउने र अध्यक्षले कार्यसमितिको बैठक बोलाई विवादको विषयमा छलफल गराउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । 
सुर्खेत उद्योग वाणिज्य संघमा उत्पन्न विवाद समाधानका लागि अध्यक्ष विष्णुबहादुर शाही, प्रथम उपाध्यक्ष पूर्णचन्द्र सापकोटा, सदस्य धनबहादुर रावत सहितको टोली शनिबार बिहान प्रमुख जिल्ला अधिकारीसंग पुगेको थियो । महासचिव सहितको समूहले तोकेको बैशाख १२ गतेको निर्वाचन, त्यसको बैधानिकता, उत्पन्न परिस्थितिका बारेमा प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायसंग छलफल गरिएको थियो ।
महासचिव शाहीले लामो समयदेखि कार्यसमितिको बैठक निर्णय पुस्तिका लुकाई राखेको हु“दा कार्यसमितिको नियमित बैठक बस्न माईन्यूट उपलब्ध गराईनुपर्ने भन्दै अध्यक्ष सहितको समूह जिल्ला प्रशासन पुगेको थियो । केहि समयभित्र माईन्यूट उपलब्ध गराउने प्रशासनले प्रतिवद्धता जनाएपछि संघ अध्यक्षको टोली फर्किएको थियो । अध्यक्ष र महासचिव सहितको दुवै तर्फका तीन÷तीन जना र सल्लाहकार सहित ७ जनाको विचमा छलफल गरिएको थियो ।
महासचिव पक्षले द्धितीय उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने र अर्को अध्यक्ष पक्षहरुले महासचिवको गल्ती नसच्चिए सम्म कुनै पनि निर्णय नमान्ने भन्दै अडान लिएका थिए । महासचिव सहितको समूहले कार्यसमितिको बहुमत सदस्यको निर्णय भन्दै चैत्र ३० गते सम्म सदस्यता नविकरण र बैशाख १२ गते सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन मिति तोकेको थियो ।

Monday, April 9, 2012


चारजना माओवादी लडाकू घाईते
दीपक बुढा÷सुर्खेत
माओवादी लडाकूको लेखफर्सा स्थित घोराही व्रिगेडमा आफ्नै कमाण्डरहरु विरुद्ध प्रदर्शन गरिएको छ । लडाकू कमाण्डरहरुले अनियमितता गरेको भन्दैल ०६८ चैत २६ गते  विग्रेड भिसी र वटालियन भिसी का विरुद्धमा प्रदर्शन गरेका हुन । लडाकूहरुले प्रदर्शन जारी राखेपछि घोराही व्रिगेडको अवस्था सो दिन तनाबपूर्ण बनेको थियो ।
सशस्त्र प्रहरीले व्रिगेडको बाहिरबाटै सुरक्षा दिईरहेको छ । माओवादी लडाकूहरुले आफ्नै कमाण्डरका विरुद्धमा नाराबाजी गरेपछि झडप भएको थियो । झडपमा परी चार जना माओवादी लडाकु घाईते भएका छन् ।  दुई जना सामान्य घाईते व्रिगेड भित्र उपचार भैरहेको छ ।
झडपमा प्लाटुन कमाण्डर राजु तामाङ र लडाकू सुजन शाहीको टाउको, हात, खुट्टामा गम्भीर चोट लागेको हु“दा थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएका ेबुझिएको छ । लडाकूहरुले व्रिगेट भिसी र बटालिनय भिसी ले प्रयोग गर्दै आईरहेका ल्यापटप, कम्प्यूटर, मोटरसाईकल लगायतका सामाग्रीहरु तथा कमाण्डरसंग रहेको नगद तथा जिन्सीको विवरण माग गरेका छन् । ‘कि त नगद तथा जिन्सीको भागभण्डा गरिनुपर्छ होईन भने सम्पूर्ण सम्पत्ति राज्यलाई बुझाउनुपर्छ’–एक लडाकूले बताए ।
यसबारेमा दशरथपुरस्थित माओवादी सेनाको छैठौ डिभिजनमा सम्पर्क गर्न खोज्दा डिभिजन कमाण्डर महेन्द्र शाहीसंग सम्पर्क हुन सकेन । स्वेच्छिक अवकाश रोजेका एक माओवादी लडाकु कमाण्डरका अनुसार समायोजनमा जाने लडाकुहरु बीच पद मिलान र कमाण्डरहरुले गरेको अनियमितताकै कारण त्यंहा झडप भएको हो ।

केपि शर्मा ओली सुर्खेतमा
नेकपा एमालेका प्रभावशाली नेता केपि शर्मा ओली सोमबार साँझ सुर्खेत आईपुगेका छन् । कार्यकर्ता भेटघाट तथा आमसभालाई सम्बोधनका लागि ओली आइतबारदेखि मध्यपश्चिममा रहेका छन् । 
नेकपा एमाले कालिकोटद्धारा आयोजित जिल्ला स्तरीय आमसभालाई आइतबार ओलीले सम्बोधन गरे । सोमबार उनी नेकपा एमाले दैलेख क्षेत्र नं. २ ले आयोजना गरेको क्षेत्रीय स्तरको आमसभालाई सम्बोधन गरी बास बस्न सुर्खेत आईपुगेका छन् ।
मंगलबार (आज) ऋषि स्मृति प्रतिष्ठान सुर्खेतले आयोजना गरेको स्वर्गिय एमाले नेता ऋषिप्रसाद शर्माको स्मृति सप्ताहको समापन नेता ओलीले गर्ने कार्यक्रम रहेको नेकपा एमाले प्रचार विभाग प्रमुख टेकेन्द्र वस्नेतले जानकारी दिए ।
जिल्ला विकास समितिको सभाकक्षमा आज विहान ७ बजेदेखि ऋषि स्मृति सप्ताहव्यापी कार्यक्रमको समापन गरिँदै छ । नेकपा एमाले भेरी अञ्चल कमिटी सदस्य संविधान सभामा क्षेत्र नं. १ का उमेदवार तथा बैचारिक नेता ऋषिप्रसाद शर्माको २०६४ साल चैत्र २६ गते मैनतडाको लोदेमा हत्या भएको थियो ।
चौंथो स्मृतिका अवसरमा ऋषि स्मृति प्रतिष्ठानले विविध कार्यक्रम सहित सप्ताहव्यापी रुपमा विविध कार्यक्रम सहित स्वर्गिय ऋषिको सम्झना गरेको छ । 
युवा संघ नेपाल सुर्खेतको आयोजनामा २३ गते रक्तदान कार्यक्रम, २४ गते अनेरास्ववियुको आयोजनामा गजल प्रतियोगिता, २५ गने प्रतिष्ठानकै सक्रियतामा क्षेत्रीय अस्पतालका विरामीलाई फलफुल वितरण, २६ गते एमाले जिल्ला  कमिटी र ५० वटै गाउँ कमिटीको आयोजनामा श्रद्धाञ्जली सभा, २७ गते अनेमासंघको आयोजनामा अन्तरक्रिया कार्यक्रम र २८ गते आज ऋषि स्मृति सप्ताहको समापन गरिने प्रचार विभाग प्रमुख वस्नेतले जानकारी दिए ।
नेकपा एमाले सुर्खेत–काठमाडौं सम्पर्क मञ्चले सुर्खेतका अग्रज दुई जना व्यक्तिहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमवीच साहित्यकार डा. जिवेन्द्र देव गिरी र  विनोद देवकोटालाई सम्मान गरिएको हो ।


म.प. विश्वविद्यालयको काम युद्ध स्तरमा
स्नातक तहको भर्ना साउनमा
आठ सय बढी दरबन्दी माग
६१ करोड बजेट प्रस्ताव
७३ कोठाको केन्द्रीय कार्यालय
पाठ्यक्रम र नियमावली निर्माण जारी 
दीपक बुढा÷सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको प्रारम्भिक कामहरु युद्ध स्तरमा चलिरहेका छन् । विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाण्डौंबाट विश्वविद्यालयको आगार्मी आर्थिक बर्षको लागि बजेट, कर्मचारी दरबन्दी, योजना, कार्यक्रम, पाठ्यक्रम निर्माण, विभिन्न नीति नियमहरु निर्माण गर्ने काम जारी रहेको छ ।
उपकुलपति डा. पदमलाल देवकोटा, रजिष्ट्रार डा. ठगेन्द्रप्रकाश गिरी, डिनद्धय पीताम्बर ढकाल र डा. केशरसिंह राना सहितको टोलीले जिम्मेवारी बा“डफा“ड गरी विश्वविद्यालयको काममा जुटिरहेको छ । सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी विश्वविद्यालयका भैरहेका गतिविधिका बारेमा जानकारी गराईएको छ । 
साउन महिनामा भर्ना खुल्ला गर्ने गरी पाठ्यक्रम निर्माण गर्ने काम भैरहेको छ । विश्वविद्यालको पाठयक्रम निर्माणमा तिव्रता दिईएको हो । स्नातक तह को चार बर्षे अध्यापनका लागि पाठ्यक्रम निर्माण गर्न थालिएको हो । इन्जिनेरिङ तर्फका ४ वटा विषयको र सामाजिक विज्ञान तर्फका ७ वटा विषयको पाठ्यक्रम निर्माण कार्य थालिएको छ । दशैं लगत्तै अध्यापन कार्य सुरु गर्ने गरी पाठ्यक्रम निर्माणमा तिव्रता दिईएको हो ।
विश्वविद्यालयको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम विश्वविद्यालय अनुदान आयोगमा पठाईएको छ । भौतिक पूर्वाधार, जनशक्ति, प्रशानिक खर्च सहित ६१ करोड बजेट तथा कार्यक्रम आयोगमा पेश गरिएको हो । बजेट स्वीकृत भएलगत्तै विश्वविद्यालय भित्रको सेवा आयोगको स्वीकृति लिएर साउन महिनामा खुल्ला विज्ञापन गरी विभिन्न संकायका प्राध्यापक, प्रशासनिक कर्मचारी गरी ८ सय ९ जना दरबन्दी माग गरिने डिन ढकालले जानकारी दिए ।
उनका अनुसार मानविकि तर्फ ७६ जना, विज्ञान तर्फ २७ जना, व्यवस्थापन तर्फ ४४ जना सहित जम्मा आठ सय नौं जना कर्मचारीको दरबन्दी माग गरिएको छ । विश्वविद्यालयलाई चालु आर्थिक बर्षमा २ करोड ७१ लाख बजेट प्राप्त भएको छ । उक्त बजेटबाट पूर्वाधार निर्माण कार्य चालु आर्थिक बर्षभित्र सुरु गर्नेगरी काम भैरहेको छ ।
आगामी आर्थिक बर्षका लागि कुल ६१ करोड बजेट प्रस्ताव गरिएको छ । विश्वविद्यालयका नीति तथा कार्यक्रम,  दरबन्दी, बजेट तयार गरी विश्वविद्यालय अनुदान आयोग, अर्थ मन्त्रालयमा पठाई सकिएको डिन ढकालले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार तर्फ मात्रै ३५ करोड १६ लाख बजेट माग गरिएको छ ।
दुई सय एक कोठाको १६ वटा विभिन्न शैक्षिक भवनहरु निर्माण गर्ने गरी उक्त बजेट प्रस्ताव गरिएको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय ७३ कोठाको हुने डिन ढकालले जानकारी दिए । भौतिक योजना तथा निर्माण डिभिजन कार्यालयका इन्जिनियर, प्राविधिकहरुले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण लागत स्टीमेट तयार पारेका थिए । विश्वविद्यालयको शैक्षिक प्रशासनिक नियमावली, आर्थिक नियमावली, कर्मचारी नियमावली तयार गर्ने काम भैरहेको समेत जनाईएको छ ।  
काठमाडौं उपत्यकामा मात्रै सिमित रहेका प्राविधिक विषयको पठन पाठन पहिलो पटक सुर्खेतमा संचालन गर्ने तयारी भएको छ । त्रिभुवन विश्वविद्यालयले लागु गरेका पाठ्यक्रमलाई परिमार्जित गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा लागु गर्ने तयारी भैरहेको छ । 
विभिन्न १० वटा विषयको पाठ्यक्रम निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका सम्बन्धित विभागलाई जिम्मेवारी दिईएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका डिन पीताम्बर ढकालले जानकारी दिए । उनले भने–‘हामी पाठ्यक्रम निर्माणमा जुटेका छौं । दशैं लगत्तै नया“ भर्ना लिएर पठन पाठन कार्य सुरु गर्नेछौं ।’ 
विश्वविद्यालयले इन्जिनेरिङ तर्फका चार बर्षे विई सिविल, विएससी आईटी, विआईन विषयको पाठ्यक्रम निर्माण कार्य भैरहेको छ । त्यसैगरी सामाजिक विज्ञान तर्फका चार बर्षे ७ वटा विषयहरुको पाठ्यक्रम निर्माण भैरहेको छ । सामाजिक विज्ञान अन्तरगत सामाजिक कार्य, द्वन्द्व, शान्ति र विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनिती, अन्तर्राष्ट्रिय सहयोग र विकास विषयको पाठ्यक्रम निर्माण कार्य भैरहेको छ । पाठ्यक्रम निर्माण कार्य २०६९ बैशाख महिनाभित्र पुरा गर्नेगरी लागिएको छ ।
इन्जिनेरिङ विषयको १४० देखि १६० घण्टाको र सामाजिक विज्ञान तर्फका विषयहरुको १२० घण्टा सम्मको पाठ्यक्रम निर्माण गरिने डिन डा. केशरसिंह रानाले जानकारी दिए । विभिन्न १० वटा विषयका भर्ना लागि जिल्ला जिल्लाबाट आवेदन फारम भर्ने व्यवस्था गरिने भएको छ । पाठ्यक्रम र परीक्षा अन्य विश्वविद्यालय भन्दा फरक हुने समेत जनाईएको छ । ६० पूर्णाङ्क प्रयोगात्मक र बा“की ४० पूर्णाङ्क लिखित परीक्षा मार्फत विद्यार्थीले शैक्षिक उपलब्ध हा“सिल गर्ने व्यवस्था गरिएको बताईएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका सल्लाहकार महेन्द्रप्रसाद गिरीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लामानै एक एक वटा आंगिक क्याम्पस संचालनमा ल्याउने जानकारी दिए । विज्ञान र प्रविधि क्षेत्रको बृद्धि विकासका लागि विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सुर्खेतका तीन वटा क्याम्पसलाई समायोजन गर्ने सम्बन्धमा प्रक्रिया बढी रहेको समेत जनाईएको छ । 

Friday, April 6, 2012


प्रेस चौतारीको भेला
सुरक्षाको माग गर्दै घोषण पत्र जारी
दीपक बुढा, सुर्खेत
प्रेस चौतारी नेपाल शाखा सुर्खेतको जिल्ला भेला शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलाले संचारकर्मीको सुरक्षाको माग गर्दै सात बुँदे घोषणा–पत्र जारी गरेको छ । २०६९ जेष्ठ १४ गते भित्रनै शान्ति र संबिधान जारी गरिनुपर्ने, झापाका पत्रकार यादव पौड्यालका हत्याराई तत्काल कानुनि दायरामा ल्याई कारबाहि गरेर प्रेस स्वन्त्रताको प्रत्याभुति गर्न नेपाल सरकार स“ग माग गरिएको छ ।
त्यसैगरी प्रेस चौतारी सुर्खेतका पूर्व सदस्य, युग आव्हान दैनिकका प्रकाशक सम्पादक तथा नेकपा एमालेका वैचारिक नेता शहिद ऋषिप्रसाद शर्माको चौथो स्मृति दिवसको अवसरमा उनीप्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दै उनले देखाएको बाटोमा अझ जुझारु भएर लाग्ने प्रण गर्दछौं भनिएको छ  । 
नया“ संविधानको असंसोधनीय धारामा प्रेस  स्वतन्त्रताको पूर्ण सुनिश्चितता गरिनुपर्ने, पत्रकारहरुको भौतिक सुरक्षा, भयरहित वातावरणमा काम गर्ने, समाचार सम्प्रेशण गर्ने अवस्था सरकारले सुनिश्चित गरिनुपर्ने, प्रेस चौतारीमा आवद्ध पत्रकारहरुको क्षमता विकास गर्न सघाउ पु¥याउने कार्यक्रम गर्दै जाने जनाईएको छ ।
त्यसैगरी घोषणा पत्रमा प्रेस चौतारी नेपालमा आवद्ध पत्रकार महिलाहरुको राष्ट्रिय भेला २०६९ बैशाख २१ गते पोखरामा हुन गहिरहेको हु“दा उक्त भेलालाई सफल पार्न प्रेस चौतारी नेपाल सुर्खेत शाखा सहयोग गर्ने प्रतिबद्धता  ब्यक्त गरिएको छ । 
भेलामा बोल्दै प्रेस चौतारीका केन्द्रीय सचिव लक्की चौधरीले पत्रकारहरुमाथी बढ्दै गएको हत्या, आक्रमणका घटना दोहोरीन नदिन सम्बन्धित पक्षसंग जोडदार माग राखेका थिए । स्वतन्त्र, निस्पक्ष रुपमा कलम चलाउने श्रमजिवि पत्रकारहरुमाथीको कुटपिट र हत्याको घटनाले प्रेस स्वतन्त्रमाथी बन्देज लगाएको बताए ।
प्रेस चौतारीका केन्द्रीय सदस्य अछरी पोखरेलले समग्र पत्रकार महिलाहरुको अवस्थाका बारेमा जानकारी गराएकि थिईन् । चौतारीका केन्द्रीय सदस्य यज्ञ थापा, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य तथा मध्यपश्चिम संयोजक सूर्यमणि गौतम, महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापा, प्रेस युनियनका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल लगायतले आ–आफ्नो भनाई राखेका थिए । 
प्रेस चौतारी सुर्खेतका अध्यक्ष युवराज शर्माको सभापतित्वमा सम्पन्न जिल्ला भेलामा नया“ सदस्यता वितरण उपसमिति प्रमुख दिपक बुढाले प्रेस चँैतारीमा आवद्ध पत्रकारहरुको विवरण प्रस्तुत गरेका थिए ।

श्रीमतीद्धारा श्रीमान्को हत्या चार पक्राउ
सुर्खेत
सुर्खेत बिजौरा–७ मा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । हत्यामा संलग्न भएको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार अमृता देवकोटाले आफ्न्तहरुको सहयोगमा श्रीमान उत्तमराज देवकोटाको हत्या गरेकि थिईन ।
देवर विजौरा–७ कै नमराज देवकोटाको सहयोगमा अमृताले घाँटीमा डोरी कसी मारी खाट मुनि लुकाई रात परेपछि तन्नामा बेरी डोरीले बाँधेर नजिकको पाखोमा खाल्डो खनी पुरेको प्रहरी अनुसन्धानबाट बुझिएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न भएको आशंकामा नमराज देवकोटा र उनकी बहिनी कमला देवकोटा र भैया भन्ने मानिस सहित ४ जना भई घर नजिकको पाखोबाट प्रहरी परिचालन गरी लाश उत्खनन् गरी पोष्टमार्टम पश्चात लाश आफन्तलाई जिम्मा लगाईएको छ । 
पक्राउ परेका चार जनालाई कर्तव्य ज्यान मुद्दामा सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी आबश्यक अनुसन्धान कार्य भई रहेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।

Thursday, April 5, 2012


ऋषिको स्मृतिमा रक्तदान 
हिमा उपाध्या
सुर्खेत, २३ चैत
स्वर्गीय नेता तथा नेकपा एमालेका तत्कालिन अञ्चल कमिटीका सदस्य ऋषिप्रसाद शर्माको चौथौं स्मृति दिवसको अवसरमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शर्माको स्मृतिमा सप्ताहव्यापी कार्यक्रमहरु गर्ने क्रममा पहिलो दिन बिहीबार युवा संघ नेपाल सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न गरिएको हो । 

कार्यक्रममा पार्टीका विभिन्न भातृ संगठनका १९ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा नेकपा एमाले राष्ट्रिय प्रतिनीधि परिषद  सदस्य नन्दा चपाई, जिल्ला सचिव गगनसिंह सुनार, जिल्ला कमिटी सदस्यहरु डण्डी शर्मा, खगेन्द्र थापा, तेजविक्रम बस्नेत, युवा संघका केन्द्रिय सदस्य टीकाराम शर्मा, अनेरास्ववियुका केन्द्रिय सदस्य एवंम स्ववियु सभापति कमल सिजापती, मञ्जु रिमाल लगायत रहेका छन् । 
त्यस्तै किसान महासंघका अध्यक्ष विनोद गिरी, प्रेस चौतारी सुर्खेतका अध्यक्ष्ँ युवराज शर्मा, साथै विद्यार्थी नेता डम्बर गरङ्जामगर, खिम रेग्मी, खिमलाल देवकोटा, चक्र घर्ती, लक्ष्मण पोखरेल, टोपबहादुर अधिकारी, युद्धराज शर्मा, श्रीपाल सारु, हेमन्त कंंडेलले कार्यक्रममा रक्तदान गरेका थिए । 
कार्यमक्रममा बोल्दै प्रमुख अतिथी एमाले जिल्ला कमिटी सुर्खेतका अध्यक्ष नवराज रावतले ऋषिको हत्याले उहा“को बिचार  नमर्ने भन्दै बरु यसले शक्तिशालि बन्दै गएको बताए । उनले ऋषिको हत्या अज्ञात व्यक्तिद्धारा नभई जान्ने मान्ने व्यक्तिहरुबाटै भएको दावि गरे । साथै कानुन बलियो भए पनि जनता वलियो भएको दिन दोषिहरुले दण्ड भोग्नुपर्ने अनिवार्य हुने बताए । 
कार्यक्रममा स्वर्गीय ऋषि शर्माका पिता लिलाराम शर्माले हत्याराहरुले सजाय पाएको हेर्न आफु बा“चिरहेको बताए । युवा संघ सुर्खेतका अध्यक्ष प्रकाश सारुको सभापतित्मा सम्पन्न कार्यक्रममा ऋषि स्मृति प्रतिष्ठानका अध्यक्ष डण्डीप्रसाद शर्मा,  नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा मध्यपश्चिम संयोजक सूर्यमणी गौतम, यवा संघका केन्द्रिय सदस्य टिकाराम शर्मा लगायतले स्वर्गीय ऋषिको योगदानका बारेमा चर्चा गरेका थिए ।


थुम्को र गुफा संरक्षणमा स्थानीय जुटे
दीपक बुढा
सुर्खेत, २३ चैत
बजेडीचौर–८ मा पर्ने कोटको थुम्को र खानीपाखा गुफा संरक्षणमा स्थानीयबासी जुटेका छन् । पर्यटकिय तथा धार्मिक महत्वका ती स्थलहरुको प्रचार प्रसार गर्दै संरक्षणमा स्थानीय लागेका हुन् ।
ऐतिहासिक, धार्मिक, सा“स्कृतिक तथा पर्यटकिय दृष्टिले महत्व बोकेको थुम्को र गुफा संरक्षणका लागि स्थानीयबासीन्दा समिति बनाएर लागेका छन् । लामो समयदेखि ओझेलमा परेका ती स्थनको संरक्षण गर्न भन्दै रुद्रबहादुर वस्नेतको अध्यक्षमा १३ सदस्यीय संरक्षण समिति गठन गरिएको छ ।

समितिकै सक्रियतामा पर्यटकिय स्थल सम्म पुग्ने करिव ३ किलोमिटर बाटो निर्माण गरिएको छ भने थुम्कोमा शिवरात्रीमा पुजापाठ र मेला भर्ने प्रबन्ध मिलाईएको छ । स्थानीय चित्रबहादुर चन्दले भने ‘पहिले भाई टिकाको दोस्रो दिन जात्रा लाग्ने गथ्र्यो पछि उक्त थुम्को बाट खसेर एक जनाको मृत्यु भएपछि मेला रोकिएको थियो ।’ उनले भने ‘यसैबर्षदेखि हामीले शिवरात्रीमा मेला लगाईरहेका छौं ।’
वरीपरी लालिगुरा“स, ¥याझका विरुवा रहेको छ । जंगलको बिचमा  अग्लो थुम्को रहको छ । जुन थुम्कोमा जात्रा (मेला) लाग्दा जतिसुकै मान्छेहरु पनि अटाउने, थुम्कोमा रहेको कोटेश्वर महादेवको पुजा गरेमा मनले चिताएको वस्तु प्राप्त हुने पौराणिक मान्यता रहेको छ । करिव एक सय १० मिटर अग्लो थुम्को रहेको छ । खानीपाखाको गुफा भने एक सय पचास मिटर भित्र रहेको छ । बाहिर सानो प्वाल भएपनि भित्र ५० जना अटाउने हल समेत रहेको स्थानीयबासीन्दाले बताए ।
कोटको थुम्को संरक्षण विकास समितिकै आयोजनामा थुम्को र गुफाको अवलोकन तथा संरक्षणका लागि छलफल कार्यक्रम सम्पन्न भएको छ । पर्यटन प्रवद्र्धन कार्यदल, संचारकर्मीको संयुक्त टोली, स्थानीयबासीन्दा, जिल्ला विकास समितिका कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनीधि सहितको उपस्थितिमा छलफल सहित स्थलगत भ्रमण गरिएको हो ।

पर्यटन प्रवद्र्धन कार्यदलका संयोजक स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले डेढ बर्षदेखि जिल्लामा रहेका पर्यटकिय स्थलको खोजी भैरहेको जानकारी दिए । ‘पर्यटन विकासको प्रचुर संम्भावना बोकेको सिम्ता क्षेत्रको आफ्नै पहिचान छ’ उनले भने ‘यस क्षेत्रको सिस्नोलाई व्यवसायीक रुपमा उत्पादन र बजारीकरण गर्न आवश्यक छ ।’
पर्यटकिय तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको थुम्को संरक्षणमा स्थानीयबासीन्दाले देखाएको सक्रियताको प्रसंशा गर्दै योजनाबद्ध रुपमा माग भएमा जिल्ला विकास समितिबाट सहयोग हुने उनले प्रतिबद्धता व्यक्त गरे ।
‘थुम्को सा“च्चीकै प्रशिद्ध रहेछ । आन्तरीक तथा बाह्रय पर्यटन आकर्षित गर्न प्रचार प्रसार र स्थानीयबासीन्दाको सक्रियतामा संरक्षणको खा“चो छ ।’ कार्यदलका संयोजक तथा एलडिओ रेग्मीले भने  ।
पर्यटन प्रवद्र्धन कार्यदलका सदस्य–सचिव तथा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष्ँ विष्णुबहादुर शाहीले पर्यटन विकास गर्न राज्यले मात्रै सम्भव नहुने भएकाले स्थानीय समूदाय, नागरिक समाज, उद्योगी, व्यापारी सबै एक जुट भएर पर्यटन विकासमा लाग्नुपर्ने बताए ।
‘पर्यटन विकासका लागि सबै क्षेत्र संगसंगै अगाडी बढ्नुपर्छ ।’ उनले भने ‘पर्यटकिय स्थलको प्रचार प्रसार गर्न स्थानीयबासीनै सक्रिय हुनुपर्छ र संचारकर्मीलेपनि साथ दिनुपर्छ ।’ कार्यक्रममा 
संरक्षण समितिका सदस्य चित्रबहादुर चन्दले ध्यानाकर्षण पत्र सुनाउदै मोटरबाटोको निर्माण, मन्दिर सहित अन्य भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक सहयोग, थुम्को र गुफाको प्रचार प्रसार गर्न आवश्यक रहेको बताए । आयोजित छलफल कार्यक्रममा एकीकृत नेकपा माओवादीका जितबहादुर राना, नेपाली का“ग्रेसका अनन्त पौडेल, नेकपा एमालेका धुव्रकुमार शाही, नेकपा एमाले नगर कमिटी अध्यक्ष पूर्णप्रसाद पौडेल, वातावरण सुधार समाजका जगत के.सी., जिल्ला विकास समितिका योजना अधिकृत धुर्व आचार्य, डिभिजन सहकारी प्रमुख आनन्द सारु लगायतको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।


छोराको स्मृतिमा थुम्कोलाई सहयोग
सुर्खेत, २३ चैत
कोटको थुम्को संरक्षण गर्न एक स्थानीय समाजसेवीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय समाजसेवी भुपेन्द्र पोखरेलले स्वर्गिय छोरा रत्नबहादुर पोखरेलको सम्झनामा जति सुकै रकम लागेपनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । अमेरीकामा रहेका एक मात्र छोरा रत्नबहादुर पोखरेलको केहि समय अघि मृत्यु भएको थियो । 

भुपेन्द्र पोखरेलका प्रतिनीधि भक्तबहादुर पोखरेलले भने –‘थुम्को सम्म पुग्नका लागि सिंढि, वरीपरी तारबार र थुम्कोमा कोटेश्वर महादेवको मन्दिर निर्माण गर्न जति रकम लागेपनि सहयोग गर्नेछौं ।’ उनले भने ‘पर्यटकिय तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको थुम्कोको संरक्षण गर्न समितिले जायज योजना बनाएमा सहयोग हुन्छ ।’ जेष्ठको अन्तिमदेखि दशैं अगाडीसम्म कोटेश्वर महादेवको मन्दिर निर्माण गरी संरक्षण समितिलाई हस्तान्तरण गरिसक्ने पोखरेलले योजना सुनाए । थुम्को पवित्र स्थल भएकाले यसमा सहयोग गरेर छोराको सम्झना गरिएको बताए ।

Sunday, April 1, 2012


सबैको साझा बनाउन सुझाव
हिमा उपाध्याय
सुर्खेत, १९ चैत
पत्रिकालाई सबैको साझा बनाउ“दै सबै क्षेत्रलाई समेटि अगाडी बढ्न एक कार्यक्रमका सहभागिहरुले सुझाव दिएका छन् । युग आव्हान दैनिक सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमका सहभागिले उक्त सुझाव दिएका हुन् । पत्रिकाले व्यवसायीक रुपमा फड्को मार्दै गएकाले यसलाई अझ सुधार गर्दै कृषि, सहकारी, शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना प्रविधि जस्ता सबै क्षेत्रलाई समेटनुपर्ने अन्तरक्रियाका सहभागिले सुझाव दिएका छन् ।
सेडा सुर्खेतका संचालक महेन्द्रप्रसाद गिरीले  निस्पक्ष, तटस्थ रुपमा पत्रिकाले विषयवस्तु, समाचार, विचारको उठान गर्नुपर्ने बताए । स्वास्थ्य सम्बन्धिको स्तम्भ पत्रिकामा राख्नुपर्ने समेत उनले सुझाव दिएका छन् । ‘पत्रिका पठनिय हुनुपर्छ, ज्ञानबद्र्धक हुनुपर्छ, सूचनामूलक हुनुपर्छ, अनिमात्रै यसले लोकप्रियता हांसिल गर्न सक्छ’ उनले भने–‘पत्रिकामा सबै क्षेत्रलाई समेटन नया“ नया“ नियमित स्तम्भहरु राखिनुपर्छ ।’
राष्ट्रिय सहकारी बैंकका संचालक समिति सदस्य हरिहरनाथ योगीले पत्रिकाहरु विज्ञापन मुखी भैरहेकाले पत्रिकामा विज्ञापन, समाचार, सूचनालाई सन्तुलन मिलाएर प्रकाशन गर्नुपर्ने बताए । सुर्खेतमा विश्वविद्यालय, सभागृह निर्माण, सिमेन्ट उद्योग, भेरी–बबई ड्राइभर्सन चर्चाका विषय भएकाले यसमा पत्रिकाले नियमित रुपमा कलम चलाई राख्नुपर्ने सुझाव दिए ।
अन्तरक्रिया कार्यक्रममा नीजि तथा आवासीय विद्यालय एसोशियसन (प्याव्सन) का केन्द्रीय सदस्य नवराज गुरुङ, प्याव्सन सुर्खेतका अध्यक्ष नैनसिंह खत्री, जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत वि.सी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाही, हिमाली वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विरबहादुर रावतले पत्रिकामा सबै क्षेत्रलाई महत्वपूर्ण स्थान दिनुपर्ने सुझाव राखेका थिए  ।
अन्तरक्रिया कार्यक्रममा आवाज संस्थाका पवित्रा शाही, मोहनमाया ढकाल, टेकेन्द्र वस्नेत, शिवप्रसाद उपाध्याय, लक्ष्मी शर्मा, हेमप्रकाश भुसाल, सिताराम पौडेल लगायतले पत्रिकाको गुणस्तर, व्यवसायीकताका लागि सुझाव सहित सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सम्पादक युवराज शर्माको सभापतित्वमा सम्पन्न अन्तरक्रियाको सहजिकरण कार्यकारी सम्पादक दिपक बुढाले गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले दिएका सुझाव अनुसार पत्रिकालाई आगामी दिनमा अंझ स्तरीय बनाउ“दै व्यवसायीक पत्रकारीता तर्फ केन्द्रीत गर्न हप्तामा विभिन्न स्तम्भहरु थप गर्ने जनाईएको छ । लोकसेवा विशेष, अन्तरवार्ता, शनिबारीय र मध्य युग स्तम्भ नियमित प्रकाशित हुदै आएका छन् । व्यक्तित्व चर्चा र संस्था चर्चा स्तम्भ थपिने छ ।


प्रशासनको दादागिरी
जिविसका ६ वटा भवन कव्जामा, 
सभागृह निर्माण स्थल हडप्ने तयारी
दीपक बुढा
सुर्खेत, १९ चैत
जिल्ला विकास समिति सुर्खेतका ६ वटा भवनमा कव्जा जमाएको प्रहरी प्रशासनले आफ्नो दादागिरी कायम राखेको छ । क्षेत्रीय प्रशासन कार्यालय, क्षेत्रीय प्रहरी कार्यालय र नगर प्रहरी कार्यालयले जिल्ला विकास समितिका भवनहरुमा कव्जा जमाएका छन् भने राष्ट्रिय अनुसन्धान कार्यालयले घरेलु तथा साना उद्योगको एउटा भवनमा हालिमुहाली गरिरहेको छ । घरेलुकै जमिनमा सशस्त्र प्रहरीले अस्थायी सुरक्षा बेस क्याम्प खडा गरेको छ ।
जिविस, घरेलुका भवन र जग्गा हडपेको प्रहरी प्रशासनले सभागृह निर्माण स्थल समेत हडप्ने तयारी गरेको छ । सुर्खेत उपत्यका नगर विकास समितिले सुर्खेतमा सभागृह निर्माण गर्न उपलब्ध गराएको जग्गा पाउनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले बखेडा झिकेको छ ।
उपत्यका नगर विकास समिति सुर्खेतले २०५८ साल मंसिर २२ गते निर्णय गरी सभागृह निर्माणका लागि वीरेन्द्रनगर–६ बुद्धपथको ३ विगाह ५ कठ्ठा सवा चारधुर जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त जग्गा पाउनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले पुनः नगर विकास समितिमा निवेदन पेश गरेको छ । बुद्धपथ बाटोदेखि पश्चिम, राममन्दीरदेखि उत्तरपूर्व र पुरानो जिल्ला अस्पतालदेखि दक्षिण पट्टीको एक विघा ९ कठ्ठा जग्गा २०६५ फागुन १६ गते मन्त्रि परिषदबाट निर्णयबाट आंखा अस्पताल निर्माण गर्न छुट्टयाईएको छ ।
सभागृह निर्माणका लागि छुट्टयाईएको जग्गामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो कार्यालय बनाउन पाउनुपर्ने भन्दै उपत्यका नगर विकास समितिमा निवेदन पेश गरेको छ । हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान सुरक्षाका दृष्टिले अनुपयुक्त भएको भन्दै सभागृह निर्माण स्थल आफुले पाउनुपर्ने तर्क सहित नगर विकास समितिमा निवेदन दिएको हो ।
प्रहरीले जग्गा मागेको भन्दै नगर विकास समितिले नक्सा छुट्टयाउन अटेर गरेपछि निर्माण कार्य अवरुद्ध भएको छ  । ‘कन्सल्टेन्ट नियुक्त गरिसकिएको छ । काम सुरु हुनुपर्ने हो तर नगर विकास समितिले नक्सा नछुट्याउ“दा समस्या भईरहेको छ’ निर्माण समितिका संयोजक टीकाराम चपाईले बताए ।
निर्माण समितिले माघ २६ गते काठमाडौंको मेनिङ  कन्सल्टेन्ट प्रा.लि.संग नक्सा डिजाईन र डिटेल स्टिमेटको लागि सम्झौता गरेको छ । प्रहरीले अवरोध सृजना गरेपछि आइतबार निर्माण समितिले जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधिहरुवीचमा एक दिने छलफल कार्यक्रम सम्पन्न गरेको छ । जिल्लास्थित राजनीतिक दलका प्रमुखहरुले सभागृह निर्माणका लागि छुट्टयाईएको स्थल उपयुक्त भएकाले त्यसको नक्सा छुट्टयाउन उपत्यका नगर विकास समितिसंग आग्रह गर्ने निर्णय गरेको छ । प्रहरीले गरेको हस्तक्षेपको सम्पूर्ण राजनीतिक दलहरुले विरोध जनाएका छन् ।
एक हजार दुई सय सिट क्षमताको सभागृह निर्माणको लागि करिव साढे २६ करोड रुपैया“ लाग्ने अनुमान गरिएको छ । त्यसमा एक हजार, दई सय र ५० सिट क्षमताका थप तीनवटा हल निर्माण हुनेछन् । सभागृह परिसरमा एक सय कार, पा“च सय मोटरसाईकल पार्किङ गर्न मिल्ने योजना बनाईएको संयोजक चपाईले बताए ।
सभागृह निर्माणका लागि दोस्रो सुर्खेत महोत्सवाट १० लाख, वीरेन्द्रनगर नगरपालिकाबाट ६ लाख, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवबाट ५१ हजार र जिल्ला विकास समितिबाट दुई लाख रुपैया“ संकलन भैसकेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले हाल जिल्ला प्रहरी रहेको स्थान उपयुक्त भएको बताए । ‘प्रहरीका लागि अहिले बसेको ठाउ“ सुरक्षाका दृष्टिले असुरक्षित रहेको छ । बाटोको क्षेत्र हो । दैनिक क्रियाकलाप संचालन गर्न गाह्रो हुन्छ’ उनले भने ‘सुरक्षा जस्तो सम्वेदनशिल भएकाले प्राथमिकताक्रम निर्धारण गरी जग्गा कसलाई दिने भन्ने निर्णय गरिनुपर्छ ।’ पहिले प्रहरीलेनै उपभोग गरेकाले उक्त जग्गा पनि जिल्ला प्रहरीलेनै पाउनुपर्ने उनले बताए ।
उता जिल्ला विकास समितिका भवन हटपेको प्रहरी प्रशासनले पानी, बिजुली महशुल समेत लामो समयदेखि बुझाएको छैन् । मासिक २० हजार सम्मको बिल आउने गरेको बताउ“दै स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जिल्ला विकास समितिको आफ्नै भवनमा प्रहरी प्रशासन बसेकाले काम गर्न अप्ठ्यारो भएको बताए ।
‘हालको भवन सा“घुरो भएको छ । जनतालाई सेवा सुविधा पु¥याउन अप्ठ्यारो भएको छ । प्रहरी प्रशासनले कव्जा जमाएको भवन छोड्न आग्रह गरेका छौ’ उनले भने ‘प्रत्येक पटक जिल्ला परिषदबाट निर्णय गराएर सम्बन्धित मन्त्रालयमा पठाउने गरेका छौं तर सुनुवाई भएको छैन् ।’ क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत, डिआईजी कार्यालय बसेको दुई वटा, क्षेत्रीय प्रशासन एउटा, नगरप्रहरी एउटा भवन, आवासका दुई वटा गरी ६ वटा भवन प्रहरी प्रशासनको कव्जामा रहेका छन् । आर्थिक बर्ष २०५३÷०५४ मा कर्णाली–भेरी एकीकृत ग्रामिण विकास परियोजना (केवर्ड) ले निर्माण गरी ती भवनहरु जिल्ला विकास समितिलाई हस्तान्तरण गरेको थियो । जिम्मा पाएलगत्तै प्रहरी प्रशासनले ती भवनमा कव्जा जमाएको  जनाइएको छ । ‘मासिक भाडा पनि तिर्दैनन, बत्ति, पानीको दस्तुर बक्यौता रहेको छ ।’ स्थानीय विकास अधिकारी रेग्मीले भने ‘आफ्नो जग्गा छैन् । अहिलेको भवनमा कोठाको अभाव छ ।’