Saturday, June 14, 2014

ओलीलाई अध्यक्ष बनाउने सुर्खेत एमालेको निर्णय
सुर्खेत, ३१ जेठ ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले नवौं महाधिवेशनबाट केपि शर्मा ओलीलाई सर्वसम्मत पार्टी अध्यक्ष बनाउन पहल गर्ने निर्णय गरेको छ । जिल्ला संगठन कमिटीको चौंथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
केपि शर्मा ओलीलाई चयन गरी माधवकुमार नेपालले पार्टीमा अभिभावकिय भूमिका पुरा गरी पार्टीमा एकता प्रर्दशन गर्न केन्द्र समक्ष अनुरोध गर्ने र सुर्खेतवाट केन्द्रीय कमिटी र निकायहरुमा प्रतिनिधित्व सुनिश्चित गर्न पहलकदमी गर्ने निर्णय गरिएको छ ।
उक्त निर्णय मा ११ जना जिल्ला कमिटी सदस्यहरुले असहमति राखेका थिए । वैठकमा जिल्ला संगठन कमिटीका ६१ जना सदस्यहरुको सहभागीता रहेको थियो । महाधिवेशनको प्रतिनिधि छनौटको लागि अषाढ ७ गते क्षेत्र नं. १ को सहारेको वोटेचौर, क्षेत्र नं. २ को वीरेन्द्रनगर, क्षेत्र नं. ३ को वावियाचौर दलित र मजदुर निर्वाचन क्षेत्रको वीरेन्द्रनगरमा प्रतिनिधी छनौट गर्ने निर्णय गरियो जनाइएको छ ।
त्यसैगरी बैठकले वी.न.पा.–३ का पार्टी शाखा कमिटी उपसचिव गोपी रावतको माता वलदेवि रावतको ६८ वर्षको उमेरमा भएको असमायीक निधनप्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख टेकेन्द्र वस्नेतद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वैठक अध्यक्ष नवराज रावतको अध्यक्षतामा जेष्ठ ३० र ३१ गते पार्टी कार्यालय ऋषि स्मृति भवनमा सम्पन्न भएको थियो । बैठकमा पार्टी केन्द्रीय सल्लाहकार सदस्य हस्तवहादुर पुन, राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरु यामलाल कंडेल, वालाराम शर्मा, नन्दा शर्मा अञ्चल सदस्यहरु चुडामणी शर्मा, कुलदिप भटृ, भुषण मानन्धर, कृष्णवहादुर हमाल अतिथिको रुपमा महाधिवेशनका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

No comments:

Post a Comment