Tuesday, June 24, 2014


फोर्स गाडी दुर्घटनामा एकै घरका तीन जना
सुर्खेत, १० असार ।
फोर्स (हाइस) गाडी दुर्घटनामा एकै घरका तीन जना परेका छन् । दशरथपुर–२ का धनराज वस्नेत उनकी श्रीमति तिलसरा वस्नेत र ५ बर्षे छोरी अनिता वस्नेत दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी छोरी अनिताको उपचार माया नर्सिङ होममा र दुवै श्रीमान–श्रीमतिको उपचार क्षेत्रीय अस्पताल कालागाउँमा भैरहेको थियो ।
छोरी अनिताको उपचार गर्न वीरेन्द्रनगर आउँदै गरेका तीनै जना दुर्घटनामा परेका थिए । “छोरीलाई उपचार गर्न हामी वीरेन्द्रनगर आउँदै थियौं” मृतक अनिताका बुवा धनराजले भने “धेरै दिनको तयारी पछि आज (मंगलबार) छोरीलाई पाइल्सको उपचार गर्न आएका थियौं । छिन्चुबाट हामी गाडीमा चढ्यौं, गाडीभरी यात्रु थिए, म अगाडीको सिटमा बसेको थिए । ड्राइभर त्यसपछि एक जना महिला अनि म झ्यालतर्फ बसेको थिए ।” धनराजले थपे “गाडी बेसरीनै कुदेको थियो । अगाडीबाट (वीरेन्द्रनगरबाट छिन्चुतर्फ) ट्रक आएको थियो । हामी चढेको गाडीले हर्न बजायो तर ट्रकले साइट छोडेन । ट्रकको नजिक नपुग्दै गाडी त उत्तानोमुखि खोलामा खस्यो ।” 
दुर्घटनामा परी धनराजको हात भाँचिएको छ । उनीले असजिलो मान्दै भने “गाडीको आवाजसंगै यात्रुहरुको चिच्याहट सुरु भयो । पछि–पछि आएको अर्को गाडीका यात्रु र प्रहरीले घाइते हामी सबैको उद्धार गरे । उद्धार गर्न करिव आधा घण्टा लाग्यो” उनीसंग घटनाका बारेमा कुरा गरिरहँदा उजिकै उनको श्रीमतिको उपचार चलिरहेको थियो । पेटमा काटिएको हुँदा दुखाईको छटपटाहटमै स्वास्थ्यकर्मीहरु टाँका लगाएर बगिरहेको रगत रोक्ने प्रयास गरिरहेका थिए । 

उनी र उनको श्रीमतिको उपचार क्षेत्रीय अस्पताल कालागाउँको बाहिरी टहरोमा उपचार भैरहँदा यता माया नर्सिङ होममा उपचारथ छोरीको मृत्यु भैसकेको थियो । नजिकै रहेका ट्राफिक प्रहरी निरिक्षक जीवन बुढाथोकीले मृतकहरुको नाम टिपिरहेका थिए । मृतक अनिताका बारेमा बुवा र आमालाई थाहै दिएको थिएन ।
उनीहरु दुवै जनालाई आफ्नो भन्दा पनि छोरीको चिन्ता थियो । उपचारमा खटिएका स्वास्थ्यकर्मी, प्रहरी र आफ्न्तहरुले छोरीको उपचार भैरहेको छ । केही चोट लागेको छैन् । सामान्य छ । चिन्ता नगर्नुहोस । तपाईहरुलाई ठिक भैहाल्छ भन्दै सान्त्वना दिइरहेका थिए । प्रारम्भिक उपचार पछि बुवा र आमालाई थप उपचारका लागि नेपालगंज लगियो । जाँदै गर्दा उनीहरुले भने “छोरी खोइ, के भयो ? कहाँ छिन ?” त्यसैक्रममा मध्यपश्चिम यातायात समितिका एक कर्मचारीले “तपाईको छोरीलाई अरु घाइतेसंगै अर्को एम्बुलेन्समा नेपालगंज पठाइएको छौं” भन्दै सान्त्वना दिए । दुवै जनालाई नेपालगंज लगियो तर छोरीको अवस्थाका बारेमा यो समाचार तयार गर्दासम्म कुनै जानकारी गराइएको थिएन भने दुवैको अवस्था खतरा मुक्त भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । 

Add caption

बोटेचौरबाट वीरेन्द्रनगर तर्फ आउँदै गरेको फोर्स (माइक्रो बस) गाडी बुधबार मध्यान्न १२ बजे दुर्घटनामा परेको छ । वा २ ख ६१९२ नम्बरको फोर्स (माइक्रो वस) गाडी छिन्चुदेखि अगाडी पाँडुले हटारु पुलमा दुर्घटना ग्रस्त भएको हो । दुर्घटना परी एक जनाको घटना स्थलमै र अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मेहलकुना–७ का ३० बर्षे दिपक केसीको घटनास्थलमै र अन्य खानीखोला–१ का ४० बर्षिय दुर्गाबहादुर विक, दशरथपुर–७ का ३५ बर्षे कमला खड्का र दशरथपुर–२ का ५ बर्षिय अनिता वस्नेतको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्गाबहादुर विक र कमला खड्काको क्षेत्रीय अस्पताल कालागाउँमा र अनिता वस्नेतको माया नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक प्रकाश अधिकारीले जानकारी दिए । घटना भए लगत्तै पछि–पछि आएको अर्को गाडीका यात्रु, स्थानीयबासीन्दा र प्रहरीले उद्धार गरेको थियो । दुर्घटनामा परी १८ जना यात्रु घाइते भएका छन् ।  घाइतेहरु १८ जना मध्ये केहीको माया नर्सिङ होम र केहीको माया नर्सिङ होममा उपचार भैरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक जिवन बुढाथोकीले जानकारी दिए ।

रामघाट–६ का अमन चुनारा, दशरथपुर–२ का तिलसरा वस्नेत र उनका श्रीमान धनराज वस्नेत, मैनतडा–५ का मोतिकुमारी विसी, घुमखहरे–७ का ललित खत्री, घुमखहरे– कै मिना विसी, काप्रिचौर–१ का देविसरा केसी, मैनतडा– का दिपक चुनाराको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भैरहेको छ । दुर्घटनामा एकै घरमा तीन जना परेका छन् । छोरी अनिता वस्नेत, आमा तिलसरा वस्नेत र बुवा धनराज वस्नेत दुर्घटनामा परेका हुन् । दुर्घटनापनि उपचारका क्रममा छोरी अनिता वस्नेतलको माया नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको छ भने बुवा धनराज र आमा तिलसरालाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
तिव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने उनले जानकारी दिए । घटनामा गाडी चालक अजय बटला समेत घाइते भएकाले उनको उपचार पछि थप अनुसन्धान थालिने जानकारी दिए ।
घाइतेहरुको अवस्थाका बारेमा पूर्वमन्त्री तथा एमाले नेता यामलाल कँडेल, सहायक प्रमुख जिल्ला अधिकारी जगत वस्नेत, प्रहरी उपरिक्षक प्रकाश अधिकारीले घाइतेको अवस्था र उपचार प्रक्रियाका बारेमा स्थलगत अवलोकन गरेका थिए । अवलोकनका क्रममा स्वास्थ्यकर्मीहरुलाई समयमै भरपर्दो औषधी उपचार गर्न निर्देशन दिँदै घाइते तथा मृतकका आफ्न्तहरुलाई सान्त्वना दिएका थिए ।

घटनाप्रति दुःख व्यक्त
बोटेचौरबाट वीरेन्द्रनगर तर्फ आउँदै गरेको वा २ च ६१९२ नम्बरको फोर्स हाइस दुर्घटना प्रति दुःख व्यक्त गरिएको छ ।  नेकपा एमाले जिल्ला कमिटी सुर्खेत र अनेरास्ववियु सुर्खेतले विज्ञप्ति मार्फत घटनाप्रति दुःख व्यक्त गरिएको हो ।
उपचारका क्रममा मृत्यु भएका अनिता वस्नेत, दुर्गाबहादुर विक, कमला खड्का र दिपक केसीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका आफ्न्त प्रति समवेदना प्रकट गरिएको विज्ञप्ति मार्फत जनाइएको छ । साथै घटनामा परी घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न सम्बन्धित पक्षसंग माग गर्दछौं विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा एमाले अध्यक्ष नवराज रावत र अनेरास्ववियु अध्यक्ष डम्मर गरंजाले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

No comments:

Post a Comment