Wednesday, June 11, 2014


जिविस र नगरपालिका कार्यसम्पादनमा प्रथम
सुर्खेत, २६ जेठ ।
जिल्ला विकास समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेत न्यूनतम सर्त तथा कार्यसम्पादन मापन (एमसीपिएम) मा प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् । आर्थिक बर्ष २०६९÷०७० को देशभरीका नगरपालिका र जिल्ला विकास समितिको नतिजा सार्वजनिक भएको छ ।
स्थानीय विकास तथा वित्त आयोगले जारी गरेको प्रारम्भिक प्रतिवेदनमा जिल्ला विकास समिति सुर्खेतले ६३ र वीरेन्द्रनगर नगरपालिकाले ७८ नम्बर प्राप्त गरी उत्कृष्ट भएका हुन् । जिविस सुर्खेत आ.व. २०६७÷०६८ मा असफल भएको थियो । आ.व.२०६७÷०६८ मा असफल भएपनि आ.व. २०६९÷०७० मा ६३ नम्बर ल्याएको हो । आयोगले बनाएका विभिन्न सुचकहरु पुरा गर्नुपर्ने र सुचकहरुमा काम गरे–नगरेकै आधारमा एमसीपीएम  मापन गरिन्छ । 

वित्तिय आयोगको हालको प्रतिवेदन प्रारम्भिक भएकोले यसभन्दा थोरै वा धेरै पनि हुनसक्ने जिविस सुर्खेतका सूचना शाखा प्रमुख धनबहादुर खत्रीले बताए । वित्तिय आयोगले बनाएका न्यूनतम सर्तमापनका सूचकहरुमा गर्नुपर्ने वार्षिक बजेट तथा कार्यक्रम स्वीकृती, वार्षिक प्रगति समिक्षा, वार्षिक तथा चौमासिक प्रगति प्रतिवेदन पर्दछ ।
त्यस्तै आन्तरिक लेखा परिक्षण र गाविसको अन्तिम लेखापरिक्षण, सुचना अभिलेख तथा ब्यवस्थापन, जिविस कोषको खाता सञ्चालन, अन्तिम लेखापरिक्षण र बेरुजुको अभिलेख, जिन्सी ब्यवस्थापन र कर्मचारी ब्यवस्थापन रहेका छन् । यी ९ सुचकहरुमा जिविस सुर्खेतले पुरै काम गरेको प्रमुख खत्री बताँछन् ।
कार्य सम्पादन मापनका पाँच क्षेत्रमा जिविस सुर्खेतले योजना तथा बजेट ब्यवस्थापनमा १०, स्रोत परिचालन तथा वित्तिय ब्यवस्थापनमा १४, बजेट निकासा, खर्च र कार्यक्रम कार्यान्वयनमा १० अंक प्राप्त गरेको छ ।
त्यस्तै अनुगमन, मुल्याङ्कन, सञ्चार र पारदर्शितामा १६, संगठन व्यवस्थापन र कार्य जिम्मेवारीमा १३ अंक ल्याएको छ । एमसीपीएम आ.व. २०६६÷०६७ देखी सुरु भएको थियो । सुर्खेत जिल्लामा आम्दानी थोरै र खर्च धेरै भएकोले सुचकहरुमा काम गर्दा गर्दैपनि प्रथम स्थान भन्दा राम्रो बन्न नसकेको प्रमुख खत्रीको भनाई छ ।
यता वीरेन्द्रनगर नगरपालीका सुर्खेतले विगत ५ वर्षको न्युनतम शर्त तथा कार्यसम्पादन मापन (एमसीपीएम) मा ४ वर्ष प्रथम र एक वर्ष उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको छ ।
निर्धारित मापडण्ड अनुसार ४० सुचक पुरा गर्नुपर्नेमा सवै सुचक पुरा गरेकोले नगरपालिकाले राम्रो नम्बर पाएको नगरपालिकाका प्रशासन तथा अनुगमन अधिकृत प्रकाश पौडेलले बताए ।
स्थानीय निकाय वित्त आयोगले जारी गरेको प्रारम्भिक प्रतिवेदन अनुरसार आ.व. २०६९÷०७० मा नगरपालिकाले ७८  नम्बर प्राप्त गरेको हो ।  नगरपालिकाको कामलाई अंझ राम्रो बनाउनको लागी सुचकले मागे अनुसारको काम गर्न सबै कर्मचारी लागी परेको नगरपालिकाको भनाई छ ।
त्यस्तै दमकलको ब्यवस्था पनि भैरहेको र यहि आ.व. सम्ममा दमकलको ब्यवस्था हुने अधिकृत पौडेलको भनाई छ । मापन सुरुभएदेखी अहिलेसम्म वीरेन्द्रनगर नगरपालिकाले राम्रो नम्बर पाइरहेकोले बर्षेनी २५ प्रतिशत रकम वृद्धि भएर आउने गरेको प्रशासन तथा अनुगमन अधिकृत प्रकाश पौडेलले बताए ।
नेपालमा नगरपालिकाको एमसीपीएम मापन आ.व. २०६४÷०६५ बाट सुरु भएको थियो ।
आ.व. २०६६÷०६७ मा देशैभरीको नगरपालिकामा वीरेन्द्रनगर नगरपालिका ९ स्थानमा परेको जनाईएको छ । त्यस्तै आ.व. २०६७÷०६८ मा १३ स्थानमा परेको थियो भने आ.व. २०६८÷०६९ मा २५ स्थानमा परेको अधिकृत पौडेल बताउँछन् ।
त्यस्तै आ.व. २०६५÷०६६ मा ६९, आ.व. २०६६÷०६७ मा ७२, आ.व. २०६८÷०६९ मा ७० नम्बर प्राप्त गरेको छ भने आ. व. २०६७÷०६८ मा ८० नम्बर प्राप्त गरी उत्कृष्ठ स्थान ल्याएको जानकारी दिइएको छ ।

No comments:

Post a Comment