Thursday, June 5, 2014

शिक्षकले नै विद्यार्थी अपहरण गरे
१४ घण्टापछि बालक अपहरणमुक्त
परिवारसंग २५ लाख फिरौती माग
सुर्खेत, २२ जेठ ।

साँझ ७ः३० बजेको थियो । बालक घरमा खेलिरहेका थिए । दुई जना युवाहरु मोटरसाइकलमा आए । एक जनाले मास्क लगाएका थिए । उनले ती बालकलाई बोलाएर सोधे तिम्रो दाई कहाँ हुनुहुन्छ ? बालकले जवाफ दिए दाई त आफ्न्तको घरमा । उनीहरुले ती बालकलाई हिड बाबु हामीसंग जाउँ भन्दै फकाए । बालकले आमा रिसाउनुहुन्छ म जान्न भन्दै थिए । तिम्रो दाईले बोलाउनुभएको छ हिड हामी तिमिलाई दाईसंग पु¥याइ दिन्छौं भनेपछि बालक राजी भए र मोटरसाइकल चढे ।
घटना हो बुधबार भएको बालक अपहरणको । बुधबार साँझ घरमै खेलिरहेको अवस्थामा ८ बर्षिय बालक गणेश न्यौपाने अपहरणमा परेका थिए । वीरेन्द्रनगर–८ कालिन्चोकबाट बालक अपहरणमा परेका हुन ।
गणेश घरमा खोज्दा नभेटिएपछि खैला–बैला मच्चियो । आफ्न्त, छिमेकीहरुमा खोजि गरेपछि आमा गंगा न्यौपाने र छिमेकीलाई लिएर साँझ ९ बजे जिल्ला प्रहरी कार्यालयमा पुगिन । प्रहरीलाई सम्पूर्ण जानकारी गराएपछि प्रहरीले खोजि गर्न सबै तिर जानकारी गरायो ।
Tacher Manbahadur Nepali & his Brother Min bahadur Nepali
पहिले त उनी हराएका हुन भन्दै सामान्य रुपमा लिएको प्रहरीले अपहरण भएको सूचना आएपछि प्रहरी दंग प¥यो र खोजीलाई तिव्रता दियो । “बालक अपरहणमा परेको खबर आएपछि म त दंग परेँ, थप प्रहरी परिचालन गरेर अनुसन्धानलाई तिव्रता दिँए ।”–प्रहरी उपरिक्षक प्रकाश अधिकारीले भने “पटक पटक हामीलाई सूचनाहरु आईरहेका थिए ।”
अपहरण परेको १४ घण्टापछि बालक अपहरणमुक्त भएका छन् । विहिबार ११ बजे सुर्खेत वीरेन्द्रनगर–६ स्थित होटल सम्राटको कोठा नं. १०५ मा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उदार गरेको हो । प्राप्त सूचनाका आधारमा प्रहरी होटलमा पुग्यो । प्रहरी पुग्दा कोठा नं. १०५ मा भित्रबाट चुक्कुल लगाइएको थियो । प्रहरीले ढोका खोलेपछि बालकको साथमा अपहरणकर्ता मिनबहादुर नेपालीले खाना खाँदै थिए भने बालक सुतिरहेको प्रहरी प्रवक्ता एवंम प्रहरी निरिक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

प्रवक्ता शाहीले भने “बाबु हामी तिमिलाई लिन आएको हो । आउ जाउँ भन्दा बालक दौडिँदै सिबिलमा रहेका प्रहरीको काखमा गए ।” बालक संगै अपहरणमा संलग्न मिनबहादुर नेपालीलाई पक्राउ परे ।

दाई मलाई घर छाडिदिनुस भन्दा अपहरणकारीले तिम्रो आमाले पैसा ल्याएर आउनुहुन्छ अनि जाउला भनेको बालकले बताए । बालककै साथमा अपहरणकारी पक्राउ परेपछि थप रहस्य खुलेको थियो । “पक्राउ परेका मिनबहादुरले अन्य नाम लिएपछि अपहरणमा संलग्न उनका दाई मानबहादुर नेपालीको डेरा गणेशचोक, पढाउने एसओएस स्कुल र कम्प्यूटर इन्स्च्यिूटमा पुग्यौं” प्रहरी उपरिक्षक अधिकारीले भने “हामी खोजि जारी राखेका थियौं । उनी घण्टाघर नजिकै फोटोकपि पसलमा फोटोकपि गराई रहेको सूचना आयो । त्यहाँबाट उनी र उनले अपहरणमा प्रयोग गरेको भे ३ प १८३८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएका छौं ।”
प्रहरीले बालक अपहरण परेको १४ घण्टापछि अपहरणमुक्त भएका छन् । घटनामा संलग्न अन्य गिरोहको खोजि कार्य जारी राखेको प्रहरीको भनाई छ । “उनीहरु भागिरहेका छन् । हामीले पिछा गरेका छौं । हामी उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान गछौं”–प्रहरी प्रवक्ता प्रहरी निरिक्षक शाहीको भनाई छ ।
बालक अपहरण गर्ने दुई भाइ र अन्य गिरोहलाई शरिर बन्धक तथा अपहरण महल अन्तर्गत ७ देखि १५ बर्ष जेल र ५० हजार देखि २ लाख सम्म जरिवाना, नावालक र सामूहिक अपहरण भएकाले थप ४ बर्ष जेल सजाय हुने प्रहरीको भनाई रहेको छ ।
बालक अपहरणका मुख्य नाइके मानबहादुर नेपाली जिल्लाका प्रतिष्ठित सामाजिक अभियान्ता हुन । एसओएसमा अध्यापन गराउने उनी, जिल्ला बाल संगठन, जेसिज, क्यान, लायन्स क्लव सहितका करिव एक दर्जनबढी सामाजिक संघ संस्थामा आवद्ध छन् भने साझेदारीमा कम्प्यूटर इस्च्यिूट संचालक समेत हुन् ।
बालक अपहरणपछि उनले २५ लाख रकम परिवारसंग मागेका थिए । विहिबार साँझ ५ बजे सम्म २५ लाख रकमको पोको लिएर भेरी पुल लास जलाउने नजिक राखेर गएपछि मात्र बालक सकुशल दिने नभए भेरी किनारमा बालकको हत्या गरी जलाउने पत्र लेखेको प्रहरीले जफत गरेको छ । बालक अध्ययन गर्ने विद्यालयमा प्रिन्सिपललाई दिएर प्रिन्सिपल मार्फत घर पु¥याउने गरी पत्र पठाएका थिए । हिन्दी र नेपाली भाषामा लेखिएको उक्त पत्रमा २५ लाख दिनुपर्ने नदिए बालकको हत्या गर्ने धम्किपूर्ण भाषा लेखिएको छ ।
बालकका बुवा÷आमा संग ४ लाख सापट लिएका नेपालीले आफ्नो ऋण चुक्ता गर्नका लागि उक्त कदम चालेको हुन सक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ । बालकको घर र पसलमा एक महिना अघिदेखि केही संकास्मद गतिविधिहरु मानबहादुर नेपाली मार्फत भएकाले परिवारले नेपाली माथी आशंका गरेको थियो । बालबालिका अपरहणको सुर्खेतका लागि पहिलो घटना भएको प्रहरीको भनाइ रहेको छ ।

No comments:

Post a Comment