Tuesday, June 3, 2014


वीरेन्द्रनगरमा जुर्वटा थपि २७ वडा कायम गर्न सिफारिस
छिन्चु–रामघाट अर्को नगरपालिका

सुर्खेत, १८ जेठ ।
वीरेन्द्रनगर नगरपालिकामा जर्वुटा गाउँ विकास समितिलाई थप्न सिफारिस गरिएको छ । नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिको आइतबार बसेको बैठकले जर्वुटालाई समायोजन गर्दै नगरपालिका अव २७ वडाको बनाउन सिफारिस गर्ने निर्णय गरेको छ ।
उत्तरगंगा गाविसलाई तीन वटा मात्रै वडा कायम गरिएको हुँदा जनसंख्या, क्षेत्रफल र पूर्वाधारका हिसावले उत्तरगंगालाई ५ वटा वडा, लाटीकोइलीलाई ६ वटा वडा र जर्वुटालाई ४ वटा वडा कायम गर्न सिफारिस गरिएको छ ।
जर्वुटाको वडा नं. १ लाई, वडा नं. २ र ४ लाई, वडा नं. ३,५ र ७ लाई र वडा नं. ७,८,९ लाई वीरेन्द्रनगर नगरपालिको छुट्टा–छुट्टै वडा कायम गर्न अनुरोध आएको थियो । स्थानीय स्तरबाट आएको अनुरोधका आधारमा सिफारिस गरिएको छ ।
उत्तरगंगा गाविसका निवर्तमान अध्यक्ष डिलाराम गिरीले उत्तरगंगा गाविस लाटीकोइलीकै हाराहारीमा भएको र पूर्वाधार, जनसख्या, क्षेत्रफलका हिसावले ५ वटा वडा कायम गर्नुपर्ने बताए । यस अघि उत्तरगंगालाई वीरेन्द्रनगरको वडा नं. १८, १९ र २० गरी ४ वटा वडा कामय गरिएको थियो । गाविस स्तरीय सर्वपक्षिय भेलाबाट गाविसलाई नगरका ५ वटा वडा कायम गर्न अनुरोध गरेको थियो । 
DDO Surkhet Map

लाटीकोइली गाविसले समेत ६ वटा वडा कायम गर्न माग गरेपछि सिफारिस समितिले ६ वडा कायम गर्न केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको छ । लाटीकोइली गाविस वडा नं. २ र ३ लाई एउटा वडा र वडा नं. ४ र ५ लाई अर्को वडा कायम गर्दै ६ वटा वडा बनाउन माग आएपछि निर्धारण समितिले सिफारिस गरेको हो ।
२०६८ को जनगणना अनुसार उत्तरगंगामा १७ हजार २ सय ६१, लाटीकोइलीमा १९ हजार ९ सय ६३, जर्वुटामा ८ हजार ५ सय ८० र वीरेन्द्रनगर नगर क्षेत्रमा ४७ हजार ९ सय १४ जनसंख्या रहेको छ ।


निमित्त स्थानीय विकास अधिकारी राजेन्द्र केसीको अध्यक्षतामा तथा प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेको उपस्थितिमा नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिको बैठक बसेको थियो । बैठकमा मालपोत अधिकृत मुक्तिनारायण भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर वस्नेत, नापी अधिकृत धर्मराज ओझा, भवन डिभिजन प्रमुख तपेन्द्रबहादुर खडका, वीरेन्द्रनगर नगरपालिका प्रमुख सहित संवन्धित गाविसका राजनीतिक दल, गाविस सचिव, स्थानीयबासिन्दाको उपस्थिति रहेको थियो ।
क्षेत्र निर्धारण तथा सिफारिस समितिले सुर्खेतमा अर्को छिन्चु–रामघाट नगरपालिका बनाउन समेत सिफारिस गरेको छ । छिन्चु गाविस र रामघाट गाविसका स्थानीय राजनीतिक दल, नागरिक समाजको सहमतिमा छिन्चु–रामघाट बनाउन माग आएपछि उक्त सिफारिस गरिएको हो ।
सिफारिसमा छिन्चु गाविसबाट नगरको ६ वटा वडा र रामघाट गाविसबाट ५ वटा वडा सहितको छिन्चु–रामघाट नगरपालिकाको कार्यालय छिन्चु वडा नं. ८ को मदानी चौरमा राख्ने गरी सिफारिस गरिएको छ ।
मैनतडा, रामघाट र छिन्चु गाविसलाई समायोजन गरी नगरपालिका बनाउने तयारी भएपनि मैनतडा गाविसले सहमति नदिएपछि रामघाट र छिन्चुको एउटा नगरपालिका बनाउन माग आएको जनाइएको छ । २०६८ को जनसंख्या अनुसार छिन्चु गाविसमा १४ हजार ४ सय ३६ र रामघाट गाविसमा ७ हजार २ सय ८८ जनसंख्या रहेको छ । मन्त्रि परिषदबाट निर्णय भएमा सुर्खेतमा अव दुई वटा नगरपालिका हुने छन् । 

No comments:

Post a Comment