Sunday, June 1, 2014


म.प. विश्वविद्यालयमा अख्तियार पस्यो
पदाधिकारीमा खैलाबैला,

सुर्खेत, १७ जेठ ।
अख्तियार अनुसन्धानको मध्यपश्चिम क्षेत्रीय कार्यालय सुर्खेतको एक टोलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा छापा मारेको छ । भौतिक निर्माण, शैक्षिक सामाग्री खरिद तथा छपाई, प्राध्यापक÷कर्मचारी नियुक्ति प्रक्रियामा अनियमितता भएको उजुरी परेपछि छापा मारेको हो । अख्तियारले छापा मारेपछि विश्वविद्यालयका पदाधिकारीहरुमा खैलाबैला मच्चिएको छ । विश्वविद्यालयका कर्मचारीहरु आफ्नो बचाउ गर्दै एक–अर्काको आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयविरुद्ध परेका उजुरीमाथि अनुसन्धान अघि बढाएको हो । आयोगले टोली नै खटाएर अनियमिततामाथि अनुसन्धान अघि बढाएको छ ।

Add caption

विश्वविद्यालयका उपकुलपति र रजिस्टार लगायतका पदाधिकारीलाई कार्यालयमै बोलाएर पहिलो चरणमा उजुरीको वास्तविकता बारे बुझ्ने अख्तियारको भनाइ छ । विश्वविद्यालयका आवश्यक कागजपत्र मागिएको र कागजपत्र प्राप्त हुने वित्तिकै विस्तृत अध्ययन शुरु गरिने अख्तियार स्रोतले बताएको छ ।
विश्वविद्यालयका सबै कागजपत्र रजिस्टारसँग भएकोले रजिस्टारलाई बोलाएको समयमा उपस्थित गराउने गरी उपकुलपति डा. पदमलाल देवकोटालाई पत्र दिइएको छ । विश्वविद्यालयका आवश्यक काजगपत्र लिएर अख्तियारले बोलाएको जुनसकै बेला उपस्थित हुने गरी उपकुलपतिलाई निर्देशन दिइएको स्रोतले जानकारी दिएको छ । 
पछिल्लो समय विश्वविद्यालयमाथि निगरानी बढाएको भन्दै अख्तियार स्रोतले केही दिनभित्रै वास्तविकता बाहिर आउने दाबीसमेत गरेको छ । विश्वविद्यालयमा भएका अनियमितताका उजुरीलाई एकदमै गम्भीर रुपमा लिइएको भन्दै चाँडै सत्य–तथ्य सार्वजनिक हुने अख्तियार स्रोतको भनाइ छ । 
विश्वविद्यालयमा कर्मचारी नियुक्तिदेखि भौतिक निर्माण, सामाग्री खरिदमा आर्थिक अनियमतिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय र केन्द्रीय कार्यालयमा विभिन्न उजुरी परेका छन् ।
अख्तियार तथा अनुसन्धान क्षेत्रीय कार्यालय सुर्खेत स्रोतले अनुसन्धान प्रक्रियामा रहेको बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय निगरानीमा रहेको जनाइएको छ । ‘१४ गते पत्र पठाएर केही कागजातहरु मगाएका छौं’–स्रोतले भन्यो ‘सोमबार भित्र आवश्यक कागजात मागिएको छ ।’


मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न संकायका सामान खरिद देखि कर्मचारी भर्ना प्रक्रियामा उपकुलपति, रजिष्टार र डिनबाट भएका अनियमितताका बारेमा अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानको प्रक्रिया जारी छ । अख्तियार स्रोतले भन्यो ‘अहिले छापा नभएर बुझन मात्र गएको हो ।’ विभिन्न क्षेत्रको कुरा भएको हुँदा ती विभिन्न क्षेत्रहरुको बारेमा अनुसन्धान भैरहेको स्रोतले जानकारी दिएको छ । केन्द्रीय कार्यालयमा विद्यार्थीबाट तालाबन्दी र केही कागजात काठमाडौं भएको बुझिइएको हुँदा कागजात सहित अख्तियार क्षेत्रीय कार्यालयमा हाजिर हुन सात दिनको म्याद सहितको पत्र पठाइएको छ । अहिले अनौपचारीक कुराकानी मात्र भएको परिस्थिति आएमा यसको नतिजा दुई–चार दिनमै आउने जनाइएको छ । अख्तियारको टोलीले मंगलबार मानविकि सङ्कायमा समेत सामान्य सोधपुच्छ गरेर फर्किएको थियो ।
स्रोत ले दिएको जानकारी अनुसार मध्यपश्चिम विश्वविद्यालयमा १३ सय ६८ जना जम्मा विद्यार्थी रहेका छन् भने प्राध्यापकहरु १ सय १२ जना र कर्मचारी ९२ जना विधि, केही बाहेक धेरै जसो प्राध्यापक र कर्मचारीहरु विधि, प्रक्रिया नपु¥याइ नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ । तत्कालिन बहुमुखी क्याम्पसबाट समायोजनमा परेका प्राध्यापक र कर्मचारी बाहेक अन्य सबै प्राध्यापक तथा कर्मचारीहरु नियुक्ति प्रक्रिया नपु¥याइ गरिएको स्रोतले जानकारी दिएको छ ।

अख्तियारको सम्मान गर्छु ः रजिष्टार गिरी
म.प. विश्वविद्यालयका रजिष्टार डा. ठेगेन्द्रप्रसाद गिरी ले टेलिफोन कुराकानीमा भने ‘अख्तियारबाट आउनुभएको थियो रे म त यहाँ थिइन् मैले पनि सुने र काठमाडौंबाट आएको हुँ । केही कागजात माग्नुभएको रहेछ । त्यो दिनुपर्ला । आरोप लगाउनेले लगाउने भैगए क्यारे । काम गर्ने बेला काम गर्दाखेरी उजुरी हाल्ने कुरा सामान्य भैंगो । संका–उपसंका गर्ने कुरा सामान्य हो । अख्तियारको सम्मान गर्नै पर्छ हेरेर जवाफ दिनुपर्ला । प्राज्ञिक निर्देशक बर्खास्तका सम्बन्धमा कार्यकारीणि समितिले गरेको कुरा भिसि सापले कसरी गर्नुभयो त्यो सुन्दैछु । त्यो मान्य हुँदैन । भिसि सापसंग बसेर यसका बारेमा कुरा गर्छु ।’ 

बबुरो भिसि बचाउनु प¥यो ः– भिसी देवकोटा 
अख्तियारले छापा मारेछनि ? भन्ने प्रश्नमा म.प. विश्वविद्यालयका उपकुलपति डा. पदमलाल देवकोटाले भने ‘मार्छ नि छापा त के नौलो भयो र’? मलाई केही थाहा छैन् । मलाई के थाहा र ? मेरा काम त नियमित चलिरहेका छन् । क भन्यो ख लेख्नुहुन्छ तपाईहरु ? अस्ति छापा मा¥यो आज, तपाई त ढिलो हुनुभयो । म पनि पत्रकार हो नि ? यस्ता हुन्छन जान्छन् विश्वविद्यालय अगाडी बढ्छ । बबुरो भिसि भयो बचाइ दिनुप¥यो । विश्वविद्यालयमा अहिले सम्म कति नियुक्ति भए नि भन्दा उनले भने ‘रेकर्ड रजिष्टारसंग छ । उहाँलाई नै सोध्नुहोस । मैले त विश्वविद्यालयको प्लानिङ मात्र गर्ने हो ।’ 

प्राज्ञिक निर्देशक बर्खास्तका बारेमा मलाई केही थाहा छैन् । डिनले गरेको काम हो । उहाँलाई सोध्नुहोस । शिक्षकले ताला लगाउन हुँदैन । २४ जनाले आएर आज मलाई थर्काए । मेरो कुरा सुन्नु पु¥यो चित्त नबुझे छलफल गर्नुप¥यो । मैले पहिला मान्छे बनाउनु प¥यो भनेको छु । अहिले घर बनाए कमिसन मात्र खान्छन् । पहिला मान्छेको विकास हुनुप¥यो । 

प्राज्ञिक निर्देशक आचार्य वर्खास्त
मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा विज्ञान संकायका प्राज्ञिक निर्देशक लक्ष्मीप्रसाद आचार्य वर्खास्त भएका छन् । शिक्षा विज्ञान डिन कार्यालयको सिफारिसमा नियुक्त भएका आचार्यलाई उपकुलपति डा. पदमलाल देवकोटाले बर्खास्त गरेका हुन् ।
सामुदायिक क्याम्पसबाट ल्याइएका प्राज्ञिक निर्देशक आचार्य नियुक्ति भएको दुई महिनामै बर्खास्त भएका हुन । उनी बर्खास्त भएपछि एमाओवादी निकटको नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय समितिले विरोध जनाएको छ । 
कार्यकारिणी समितिको पूर्ण बैठकद्धारा निर्णय गरी सबै प्रक्रिया पु¥याएर विधि सम्मत नियुक्त गरिएको व्यक्तिलाई पेशागत अधिकार र पदीय मर्यादामाथी आँच आउने गरी पदमुक्त गरिएको भन्दै विज्ञप्ति मार्फत विरोध जनाइएको छ ।
बर्खास्तको गरिएको विरोधमा संगठनले विश्वविद्यालयको केन्द्रीय कार्यालय लगायत सम्पूर्ण प्राज्ञिक निर्देशकको कार्यालयमा अनिश्चित कालको लागि तालाबन्दी गरेको छ । त्यसैगरी संगठनले गरेको आन्दोलनमा स्वतन्त्र विद्यार्थी सरोकार समितिले विज्ञप्ति मार्फत समर्थन जनाएको छ ।

No comments:

Post a Comment