Sunday, June 22, 2014


कार्यकर्ताका लोकप्रिय नेताहरु
धुर्वकुमार शाही (४२२ मत)

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट धुर्वकुमार शाही कार्यकर्ताको अत्याधिक मतले प्रतिनिधीमा छनौट भएका छन् । ५ सय ७२ मत खसेकोमा सबै भन्दाबढी ४ सय २२ मत ले अत्याधिक मत सहित प्रतिनिधीमा छनौंट भएका हुन ।
जिल्लाको छैठौं जिल्ला अधिवेशनबाट १४ मतले अध्यक्षमा पराजित भएपनि निरन्तर जनसरोकारका काम लागिरहेको हुँदा कार्यकर्ता माझ लोकप्रिय भएको विश्लेषण गरिएको छ । अध्यक्षमा पराजित भएपनि निरन्तर जिल्लाभरी कार्यकर्ताको सेवामा सक्रिय भएकै कारण यस्तो नजिता आएको एमाले कार्यकर्ताहरुको विश्लेषण छ ।
विकास निर्माण सहित जनसरोकारका विषयमा निरन्तर सक्रिय हुने, हँसिला, कार्यकर्ता माझ खुलेर कुरा गर्ने, समस्या पर्दा कार्यकर्ताहरुलाई सहयोग गर्ने स्वभाव शाहीमा छ । उनले भने “विचार र दृष्टिकोण प्रति प्रष्ट छु । मैले विचार र दृष्टिकोण कार्यकर्तामाझ राख्ने काम संधै गरी रहेको छु ।” “पार्टी र जनताको काममा संधै लागि रहने, सिद्धान्त विचारबाट कहिल्यै विचलन भईन् । पद र प्रतिष्ठानमा मलाई कुनै लोप छैन ।”

बालाराम शर्मा (५५४ मत)

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौंटमा निर्वाचन क्षेत्र नं. २ बाट सबैं भन्दाबढी मत ल्याएर बालाराम शर्मा प्रतिनिधी छनौंट भएका छन् । ८ सय ८१ मत खसेकोमा उनले ५ सय ५४ मत प्राप्त गरेका हुन ।
सुर्खेतमा एमालेको संस्थापक समेत रहेका शर्मा ५ औं महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधी हुँदै आएका छन् । राजनीतिक यात्रामा चार दशक विताएका शर्मा सुर्खेतका पुराना र सबैका साझा नेता हुन् ।
सुर्खेती कम्यूनिष्ट आन्दोलनमा लामो इतिहाँस बोकेका, पद प्रतिष्ठामा कुनै लोप नभएका, जेल, नेल सहित लामो संघर्षशिल नेता भएकाले अरुको तुलनामा अग्रज नेताका हिसावले दुवै पक्षका कार्यकर्ताहरुले मत दिएको विश्लेषण गरिएको छ ।
उनले भने “मलाई कुनै लोप छैन् । त्याग, तपस्या, क्रियाशिलता, मेरो त खास गरी निरन्तरता, जेष्ठता र योगदानका हिसावले कार्यकर्ताहरुले माया गरेका हुन जस्तो लाग्छ ।” “विचार, सिद्धान्तबाट म कहिल्यै पनि विचल्लित भईन । त्यसैले कार्यकर्ताको अभिमत मलाई प्रकट भएको हुनुपर्छ ।”


मोहन बडुवाल (३६७ मत)

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौंटमा निर्वाचन क्षेत्र नं. ३ बाट सबैं भन्दाबढी मत ल्याएर मोहन बडुवाल प्रतिनिधी छनौंट भएका छन् । उनले अरुको तुलनामा ३ सय ६७ मतको अग्रता सहित प्रतिनिधी छनौंट भएका हुन् ।
दैनिक कार्यकर्ताहरुको सेवा सक्रिय हुने बडुवाल नागरिकता बनाउन प्रशासन, मुद्धामामिला मिलाउन प्रहरी र स्वास्थ्य उपचार गराउन अस्पतालहरुमा नियमित खट्ने उनको विशेषता हो । हँसिलो, सहयोगी स्वभावका बडुवाल कार्यकर्ता माझ लोकप्रिय बनेका छन् । पश्चिम क्षेत्रमा उनीबाट सवै जसो दलका कार्यकर्ताहरुले सहयोग लिने गरेका छन् ।
उनले भने “लोकप्रिय हुने कुरा त कार्यकर्ताका विचमा कार्यकर्ताको भावना अनुसार परिचालन हुनेनै हो ।” “हाम्रो मा गुठ, उपगुठ भन्दा पनि । सवल र समृद्ध राष्ट निर्माणका लागि युवाको सवल नेतृत्व छनौंट गरौं भन्ने नारा सहित, नेताहरुको भाषण, भूषण भन्दा पनि कार्यकर्ताहरुले व्यवहार खोजेका थिए ।”
बडुवालले भने म बाट कार्यकर्ताहरुको मन छुने व्यवहार पाए । भाषण, सिद्धान्त भन्दा पनि कार्यकर्तामा मैले कहिल्यै पनि गुट, उपगुटको कुरा गरिन । कार्यकर्ताले गुट उपगुट, दैनिक सम्पर्क, आवश्यकता परेको बेलामा खोजेको बेला भेटाउने नेता खोजेको थिए । त्यो पाउने भएकाले मलाई सहयोग गरे ।

No comments:

Post a Comment