Monday, June 9, 2014


यौन क्रियाकलाप गर्दै गरेका १८ जना युवायुवती रङ्गेहात पक्राउ
यौन क्रियाकलापमा संग्लग्न रहेको १८ जना युवायुवतीलाई प्रहरीले पक्रेको छ । जिल्लाको सुनवल र बर्दघाटका केहि होटलमा सञ्चालक सहित उनीहरु पक्रिएका हुन् । 
 
जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ति टोलीले छापा मार्दा उनीहरु रंगेहात पक्रिएको जनाइएको छ ।प्रहरीले रामनगर १ का दिपक रेष्टुरेयटका सञ्चालक सिकन्दर खत्री भारत बाल्मिकीनगर घर भएका युवराजकुमार यादव, अनिरुन्द्र चौधरी र एक युवतीलाई पक्राउ गरेको छ । त्यस्तै शुक्रबार राति सुनवलको कल्पना होटलबाट नौ जना र चौधरी गेष्ट हाउसबाट पाँच जना युवायुवती पक्राउ परेका छन् ।
उनीहरुबाट परिवार नियोजनको अस्थाई साधन कण्डम समेत बरामद गरिएको प्रहरी उपरीक्षक बिष्णुहरि गौतमले जानकारी दिए ।
पक्राउ परेका सबै जनालाई सावर्जनिक अपराध अन्तरगत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।जिल्लामा यौन क्रियाकलापले तिब्रता पाएको खबर पाएपछि प्रहरीले केहि दिनदेखी निगरानी बढाएको थियो । जिल्लाको राजमार्ग छेउछाउको जंगल क्षेत्रमा सवारी साधन रोकी सवारी आवागमनसमेत अप्ठारो पार्दै युवायुवती यौनजन्य कार्यमा संलग्न हुने भएकाले दिउँसो र राति चेकजाँच कडा पारिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment