Sunday, June 22, 2014


सुर्खेतबाट निर्वाचित एमाले महाधिवेशन प्रतिनिधीको मत कसले कति पायो 
ओली पक्ष १५ र नेपाल पक्ष ७ प्रतिनिधी
सुर्खेत, ८ असार ।
नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनमा सुर्खेतबाट २२ जना प्रतिनिधीहरु निर्वाचित भएका छन् । सहमतिबाट प्रतिनिधी छनौट हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट प्रतिनिधी छनौट भएका हुन् ।
सुर्खेतबाट केपि शर्मा ओली समर्थित बहुमत प्रतिनिधीहरु निर्वाचिन भएका छन् । नवौं महाधिवेशन प्रतिनिधीमा अध्यक्षका प्रत्यासी केपि शर्मा ओली पक्षिय १५ जना र माधवकुमार नेपाल पक्षिय ७ जना प्रतिनिधीहरु निर्वाचित भएका छन् । माधव नेपाल पक्षिय सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट ५ जना, क्षेत्र नं. २ बाट एक जना र क्षेत्र नं. ३ बाट एक जना गरी  सात जना प्रतिनिधीमा निर्वाचित भएका छन् ।
फोटो ः सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधीमा विजयीहरुको सामूहिक तस्विर
त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी केपि शर्मा ओली समर्थित निर्वाचन क्षेत्र नं. २ बाट ७ जना, निर्वाचन क्षेत्र नं. ३ बाट ४ जना, मजदुर र दलितबाट ४ जना गरी १५ जना प्रतिनिधी निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नं. १ बाट ५ जना, निर्वाचन क्षेत्र नं. २ बाट ८ जना, निर्वाचन क्षेत्र नं. ३ बाट ५ जना, दलित मार्चाबाट ३ जना र मजदुरबाट एक जना गरी २२ जना प्रतिनिधी निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नं. १ बाट विजयी माधव नेपाल पक्षिय धुर्वकुमार शाही (४२२), डण्डीप्रसाद शर्मा (३९८), प्रताप पुनले (२६६), गोकर्ण गुरुङले (२७८) र सिता शर्माले (३३६) मत ल्याई प्रतिनिधी छनौट भएका छन् ।  केपि शर्मा ओली पक्षिय टेकेन्द्र वस्नेतले (२२६), धनसिंह खडकाले (१५१), मानबहादुर खत्रीले (१६३), देवबहादुर खत्रीले (१७५) र तुल्सी शर्माले (१७५) मत ल्याइ पराजित भएका छन् ।
क्षेत्र नं. २ बाट केपि ओली पक्षिय विजयी ऋषि गिरीले (४७१), कुलमणि देवकोटाले (५३०), डम्बर तिवारीले (४८१), बालाराम शर्माले (५५४), यामलाल कँडेलले (५२५), मोहनमाया ढकालले (५८६), राजु गुइदेलले (४७२) र माधव नेपाल पक्षिय भूषणकुमार मानन्धर (४४०) मत ल्याई विजयी भएका छन् । प्रतिनिधीमा पराजित केदार कँडेल (२२७), केशरबहादुर तारामी (२७८), टोपबहादुर खत्री (२८६), देवबहादुर राना (४१०), बखतबहादुर खत्री (२९१), रत्न विसी (२५८), पद्यमा खड्काले (३२८) र लक्ष्मी ज्ञावलीले (३१३) मत पाएका थिए ।
क्षेत्र नं. ३ बाट केपि ओली पक्षिय विजयी नवराज रावतले (३६१), ताराकेशर गौतमले
(३०६), धिरबहादुर शाहीले (३०३), नन्दा गुरुङले (३३८) र माधव नेपाल पक्षिय मोहन बडुवालले (३६७) मत ल्याएर प्रतिनिधी छनौंट भएका छन् । पराजित केपि ओली पक्षिय डिलाराम गिरीले (२५९), माधव नेपाल पक्षिय मोहन गिरीले (२३०), गजराज वयकले
(१८५), ओम महत्तराले (१६३) र नन्दा शर्माले (१९५) मत ल्याई प्रतिनिधीमा पराजित भएका छन् ।
यस अघि बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा सुर्खेतबाट यामलाल कँडेल, बालाराम शर्मा, डिलाराम गिरी, डण्डीप्रसाद शर्मा, लक्ष्मी शर्मा, नवराज रावत, भूषणकुमार मानन्धर, कुलदिप भट्ट, गगनसिंह सुनार, धुर्वकुमार शाही, नन्दा शर्मा सहितका प्रतिनिधी सहभागि भएका थिए ।
 ।

No comments:

Post a Comment