Saturday, June 7, 2014


एमाओवादी र नेपाली काँग्रेसलाई सुर्खेतमा महेश वस्नेतले दिए 
नीति आए निर्माणमा जुट्न तयार छौं ः बस्नेत
सुर्खेत, २४ जेठ ।
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश वस्नेतले सरकारले नीति बनाए युवाहरु विकास निर्माणमा जुट्न तयार रहेको बताएका छन् । “संधै युवाहरु लडाई भिडाई, आन्दोलनमा मात्र लाग्दैनन् । देशको निर्माणमा पनि जुटन तयार छन् तर त्यसका लागि राज्यले नीति ल्याउनुप¥यो ।”
प्रेस चौतारी नेपाल सुर्खेतले शनिबार वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै वस्नेतले उक्त कुरा बताएका हुन् । युवा संघ नेपाल सुर्खेतको छैठौं जिल्ला अधिवेशन उद्घाटन गर्न वीरेन्द्रनगर आएको अवसरमा पत्रकार सम्मेलन गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले विश्वका शक्तिशाली राष्ट्रहरुसंग प्रतिस्पर्धा गर्ने र उनीहरुलाई जित्ने एक मात्र माध्यम खेलकुद भएकाले खेलकुद विश्वविद्यालय बनाउनुपर्ने युवा संघले आवाज उठाईरहेको बताए ।
“खेलकुद मार्फत युवाहरुलाई विदेशी शक्ति राष्ट्रहरुसंग प्रतिस्पर्धा गर्न सकिन्छ ।” युवा संघका अध्यक्ष वस्नेतले भने “खेलकुद मार्फत शक्तिशाली राष्ट्रहरुलाई हाम्रा नेपाली खेलाडीले हराएको इतिहाँस छ ।”

युवाहरुको क्षमता विकास, नेतृत्व विकास गर्दै युवाहरुलाई नीति निर्माण तहमा पु¥याउन युवा परिषद बनाउन आवश्यक रहेको बताए । “वडा–वडाबाट परिषद सदस्य, गाविस युवा परिषद, जिल्ला युवा परिषद र राष्ट्रिय युवा परिषद बनाउन आवश्यक छ” अध्यक्ष वस्नेतले भने “स्थानीय निर्वाचनसंगै निर्वाचित निकाय, युवाहरुप प्रतिस्पर्धा गर्ने, युवाहरुको आवाज उठाउने आधिकारिक निकाय चाहियो भनेर सरकारलाई भनेका छौं ।”
स्वरोजगार कोषबाट दुरुपयोग भएको उनले बताए । विगतमा एमाओवादीका कार्यकर्ताहरुलाई पाल्ने उद्देश्यले आएको कोष भन्दा छुट्टै युवा रोजगार बैंक स्थापना गर्न सरकारलाई सुझाव दिएको बताए । “विदेशीएका ३५ लाख युवाहरुको श्रम र रुपैयाँलाई सही ठाउँमा प्रयोग गर्न युवा स्वरोजगार बैंकको आवश्यकता छ ।”
नीति निर्माण तहमा युवाहरुको हस्तक्षपकारी भूमिका आवश्यक रहेको बताउँदै अध्यक्ष वस्नेतले युवा संघ संगठन निर्माण, प्रशिक्षण र रुपान्तरण केन्द्रीत भएको बताए । युवा संघले एक संगठन एक सहकारी, एक कमिटी एक खेलकुद, एक कमिटी एक रचनात्मक काम भन्ने नारा सहित संगठन निर्माणमा केन्द्रीत भएको बताए ।
नेकपा एमालेको महाधिवेशनका बारेमा बोल्दै युवा संघका अध्यक्ष वस्नेतले अवको पार्टी अध्यक्ष केपि शर्मा ओली भएको बताए । “माधव कमरेडलाई दोहो¥याउने अधिकार छैन् । कोही पटक पटक शक्तिमा रहि रहने कोही भने संधै सडकमै हुने” अध्यक्ष वस्नेतले भने “पदाधिकारी सबै, बहुमत केन्द्रीय कमिटी सदस्य, बहुमत ५१ जना जिल्ला अध्यक्ष, १७ वटा भातृ संगठनका प्रमुखहरुको समर्थन केपि ओलीलाई भएकोले अबको अध्यक्ष केपि ओली नै हुन ।”  युवाहरुको नेतृत्व गर्न सक्ने केपि ओली मात्रै भएको दावि गरे ।

युवा संघ सुर्खेतको छौठौं अधिवेशन सुरु
सुर्खेत, २४ जेठ ।
युवा संघ नेपाल सुर्खेतको छैठौं जिल्ला अधिवेसन शनिवारदेखी वीरेन्द्रनगरमा सुरु भएको छ । “शिक्षा रोजगारी र सुशासन हाम्रो अभियान, सशक्त युवा आन्दोलन हाम्रो पहिचान” मुल नारा सहित अधिवेशन सुरु भएको छ ।
नेपाली युवालाई विदेशिन नपर्ने बनाउनको लागी रोजगारीको अवसर दिनुपर्ने युवा संघ नेपालका केन्द्रिय अध्यक्ष तथा अधिवेशनका प्रमुख अथिति महेश बस्नेतले बताए ।
युवाको मुद्दालाई सहिढँगले उठाउने भएकाले युवा संघ अहिलेका युवाको आकर्षणको केन्द्र बनेको बस्नेत बताउँछन् । युवा संघ सुर्खेतको अधिवेशन उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
अव बन्ने संविधानसभामा शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माण लगायतमा युवाको सहभागिता रहनुपर्ने युवा संघको माग रहेको बताए । युवाको नेतृत्व भएमा मात्र देशको विकास हुने अधिवेशन उद्घाटन अतिथिहरुको भनाई थियो ।
अधिवेशनमा बोल्दै अखिल नेपाल महिला संघ सुर्खेतकी अध्यक्ष मोहनमाया ढकालले मध्यपश्चिमाञ्चल क्षेत्रमा महिला हिंसा घट्नुको साटो बढिरहेको यसमा सवैको ध्यान पुग्न आवश्यक रहेको बताईन् ।
उनले यस क्षेत्रमा शिक्षा र उद्योगको क्षेत्रमा अघि बढ्नुपर्ने तथा कृषिको सम्भावना राम्रो रहेकोले लगानी बढाउनुपर्ने आवश्यक रहेको बताईन । “नेपाली युवालाई खाडी मुलुकमा होईन, नेपालकै झाडीमा काम गर्ने अवसर दिन आवश्यक छ”। युवा संघ नेपालका केन्द्रिय पूर्व सदस्य टीकाराम शर्माले बताए ।
अधिवेशनमा नेकपा एमाले जिल्ला अध्यक्ष नवराज रावतको विशेष आतिथ्यता र युवा संघ सुर्खेतका अध्यक्ष प्रसन्नकुमार शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनमा युवा इन्चार्ज कविन्द्र केसी, एमाले राष्ट्रिय प्रतिनीधि परिषद सदस्य वालाराम शर्मा, नन्दा शर्मा, भेरी अञ्चल सदस्य चुडामणी शर्मा, भूषणकुमार मानन्धार, एमाले नगर अध्यक्ष पूर्णप्रसाद पौडेल, कृष्ण हमाल, सुन्दरमान श्रेष्ठ सहितले आ–आफ्नो भनाइ राखेका थिए ।

No comments:

Post a Comment