Thursday, May 3, 2012


भौतिक र व्यवसायीक सुरक्षामा जोड
हिमा उपाध्याय
सुर्खेत, २२ बैशाख ।
पटक–पटक हत्या, अक्रमण र धम्कीका घटनाहरु पत्रकारले व्यहोर्नु परेको एक कार्यक्रमका सहभागिले बताएका छन् । भौतिक सुरक्षाका साथै पत्रकारिता पेशाको व्यवसायीक सुरक्षा हुनुपर्नेमा कार्यक्रमका सहभागिले जोड दिए ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको आयोजना तथा  युनेस्को नेपालको आर्थिक सहयोगमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले उक्त कुरा बताएका हुन् । पत्रकारिताको विकास संग संगै मिडियाकर्मीको आर्थिक असुरक्षा बढ्दै गएको बताईएको छ ।
अन्तरक्रिया कार्यक्रममा स्वतन्त्र मिडियाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्व सभापति कमलेश डि.सीले विगतमा संचारमाथी राज्यले गरेको व्यवहार, हस्तक्षेप, मानव अधिकार, संचारको विकासक्रम, प्रेस स्वतन्त्रता सम्बन्धिका ऐन, नियमका बारेमा बोलेका थिए ।  नया“ बन्ने संविधानले समेत पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मध्यपश्चिम संयोजक सूर्यमणि गौतमले मध्यपश्चिममा ४२ वटा संचारकर्मीमाथी आक्रमण, धम्कीका घटना भएको बताए । संघीयता देश जाने निश्चित भएकाले प्रेस स्वतन्त्रताका संगसंगै संचार माध्यम, संचारकर्मीका लागि नया“ खालको आचारसंहिता आवश्यक पर्ने बताए ।
पत्रकारहरु अझैपनि भौतिक सुरक्षाको जोखिममा रहेकोले त्यसतर्फ सजग रहन उनले आग्रह गरे । उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता दवाउन खोज्ने विरुद्धमा पत्रकार महासंघ सदैव लडिरहने बताउ“दै पत्रकारहरुको व्यवसायिक र भौतिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताए ।
कार्यपत्र पत्रकार युवराज शर्मा र कलेन्द्र सेजुवालले टिप्पणी गरेका थिए । अन्तरक्रिया कार्यक्रम अघि स्थानीय मंगलगडी चोकबाट प्रभातफेरी निकालिएको थियो । जिल्ला स्थित सरकारी तथा गैसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थितिमा प्रभातफेरी निकालिएको हो । वीरेन्द्रनगर बजार परिक्रमा गरी महासंघ सभाकक्षमा पुगी अन्तरक्रिया गरिएको थियो ।
पुनरावेदन अदालतका कामु मुख्य न्यायाधीश गोविन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष दुर्गा थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

बर्ष पत्रकारिताबाट बसेल सम्मानित
हिमा उपाध्याय
सुर्खेत, २१ बैशाख । 
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले यसै बर्षदेखि स्थापना गरेको बर्ष पत्रकारिता पुरस्कार सुर्खेतपत्र दैनिकका सम्पादक÷प्रकाशक ललित बसेललाई प्रदान गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर पत्रकार बसेललाई कदरपत्रसहित नगद ५ हजार प्रदान गरिएको हो । पुनरावेदन अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश गोविन्दकुमार श्रेष्ठले उक्त पुरस्कार बसेललाई प्रदान गरेका थिए । 
सुर्खेतको पत्रकारितामा लामो समयदेखि निरन्तररुपमा इमान्दारीपूर्वक सक्रिय रही मर्यादित पत्रकारिताको माध्यमबाट पु¥याएको योगदान पु¥याएवापत बसेललाई २०६८ को बर्ष पत्रकारिता पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले जनाएको छ । 

२०५८ सालदेखि सुर्खेतमा भेरी साप्ताहिकबाट पत्रकारिता पेशा सुरु गरेका बसेल त्यसपछि का“क्रेविहार दैनिकमा २०६८ सालसम्म कार्यरत रहे । २०६८ असोजदेखि उनी आफ्नै सम्पादनमा सुर्खेतपत्र दैनिक प्रकाशित गरिरहेका छन्भने २०६३ सालदेखि गोरखापत्र दैनिकका लागि सुर्खेतका प्रतिनिधिसमेत रहेका छन् । यसअघि उनलाई सरसफाई पत्रकारिता पुरस्कार, श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि इत्राम, वीरेन्द्रनगर जेसीज, का“क्रेविहार दैनिकले सम्मान गरिसकेको छ । 
सम्मान कार्यक्रममा पुनरावेदन अदालतका कामु मुख्य न्यायाधीश गोविन्दकुमार श्रेष्ठले महासंघको सुर्खेत शाखाले पहिलो पटक पुरस्कार स्थापना गरेको कार्यप्रति स्रहाना गर्दै समाज र राष्ट्र परिवर्तनका लागि संचारको महत्वपूर्ण भूमिका हुनेभएकोले व्यवसायिक मर्यादाभित्र कर्तव्यनिष्ट रहन सुझाव दिए । 
पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष दुर्गा थापाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले बर्ष पत्रकारिता पुरस्कार स्थापना गरेको र आगामी दिनमा पनि निरन्तरता दिदैं जाने जानकारी दिए । उनले पत्रकारहरुलाई हौसला र प्रोत्साहनका लागि यो पुरस्कार स्थापना गरिएको बताए । 
कव्जा होइन, दवाफ दिईएको हो ः
नया“ बन्ने संबिधानमा भुमिअधिकारको मागगदै राष्ट्रिय भुमिअधिकार मञ्च जिल्ला कार्यसमिति सर्खेतले बिहिबार नेपाली का“ग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ ।
मञ्चले बिहान १० बजेदेखी अपहरान ४ बजे नेपाली का“ग्रेस पार्टी कार्यालय अगाडी धर्ना दिएको हो । बुधबार एकिकृत माओवादी पार्टी कार्यालयमा धर्ना दिईसकेको छ । बैशाख २२ गते बिहान १० बजेदेखी दिउ“सो ३ बजेसम्म एमालेको पार्टी कार्यालयमा धर्ना दिने जनाईएको छ ।
जेठ १४ गतेभित्र संविधानको घोषणा, जमिनमा आफै श्रम गर्ने जोताहा महिला एवंम् पुरुष कृषकका पक्षमा भुमिसुधार गर्ने स्पष्ट सवैधानिक प्रवाधान लगायत आठ वटा मागहरु राखिएको छ । मञ्चका अध्यक्ष पहलसिंह पहराई मगरकाअनुसार धर्ना कार्यक्रम सकिएपछि वीरेन्द्रनगरको नेता चोकमा कोणसभा गरेर कार्यक्रम समापन गरिने अध्यक्ष पहराईले बताए ।

No comments:

Post a Comment