Monday, May 21, 2012

विद्यालयको बेवारिसे काठ छुटाउन दवाफ
सुर्खेत, ७ जेठ ।विद्यालयको कक्षा कोठामा भेटिएको बेवारिसे काठका विषयमा अनुसन्धान भैरहेको छ । इलाका वन र इलाका प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान थालेको हो ।  पूर्वी मैनतडा–१ घारीवनको नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयको कक्षा कोठामा ठूलो परिणाममा सालका चिरान काठ भेटिएको थियो ।
विद्यालय कक्षा कोठा भित्र भेटिएको वेवारिसे काठ सोही विद्यालयका प्रधानाध्यापक शिवजंग वलीको भएको स्थानीयबासीन्दाले बताए । ‘केही काठ आफ्न्त पहलमान वली र केही काठ विद्यालयमा राखेका थिए ।’–स्रोतले भन्यो ‘निर्दोष व्यक्तिलाई फसाईयो तर काठ हेडसरको नै हो ।’
इलाका प्रहरी कार्यालय, इलाका वन कार्यालय, जिल्ला वन कार्यालय सुर्खेत, सशस्त्र प्रहरी बेस क्यापको संयुक्त टोलीले जेठ ५ गते काठ बरामद गरेको थियो । विद्यालय नजिकै घर भएका पहलमान वलीको घरगोठबाट र विद्यालयको कक्षाकोठाबाट करिव २ सय ५० थान सालको चिरान काठ नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक रमेश तामाङले जानकारी दिएका थिए ।
विद्यालयमा भएको काठ सोही विद्यालयको नाममा भरपाई गरी जिम्मा लगाईएको र अन्य ८१ थान काठ इलाका वन कार्यालय छिन्चुमा ल्याईएको जनाईएको छ । विद्यालयमा काठ भेटिएको घटनालाई कमजोर बनाउन प्रहरी र वन कार्यालयमा दवाफ भैरहेको स्रोतले जानकारी दिएको छ ।
पहलमान वली हाल सम्पर्क विहिन भएकाले विद्यालयमा भएको काठ समेत उनकै हुन सक्ने प्रहरीले अनुमान गरेको थियो तर उक्त काठ विद्यालयका प्रधानाध्यापक शिवजंग वलीको भएको बुझिएकाले अनुसन्धान जारी रहेको जनाईएको छ ।
इलाका वन कार्यालय छिन्चुका सहायक वन अधिकृत अमरबहादुर मण्डलले मुद्धा अगाडी बढिसकेकाले त्यसलाई फिर्ता लिन नसकिने बताएका छन् । उनले भने –‘घटनाको अनुसन्धान प्रक्रिया बढेको छ । दोषिलाई कार्वाहि हुन्छ ।’
सोही काठ र दोषिको बचावटका लागि पूर्व गृहमन्त्री तथा सभासद पूर्णबहादुर खड्काले जिल्ला वन कार्यालय प्रमुख देखि प्रहरी उपरिक्षक सम्मलाई टेलिफोन मार्फत मुद्धा नलगाउन दवाफ दिएको जनाईएको छ ।
नेपाली कांग्रेस निकट प्रधानाध्यापक भएकाले उनीहरुले आफ्नो बचावट र पहुँच देखाउनका लागि पूर्व गृहमन्त्रीलाई गुहारेको स्रोतले जानकारी दिएको छ । पूर्व गृहमन्त्रीको दवाफ नआएको जिल्ला वन अधिकृतले बताए ।
उनले घुमाउरो तरिकाले भने –‘कुनै दवाफ आएको छैन् । जनप्रतिनीधि, जनवर्गिय संगठनहरु धेरै छन् । कसैले छोडिदिनुस भन्नु सामान्य हो । तर हामी दोषिको पहिचान गरी कार्वाहि गर्छौ ।’ कसैले फोन गरेर दवाफ दिन खोजेपनि हामी कार्वाहि गरेरै छाड्छौं ।

No comments:

Post a Comment