Thursday, May 10, 2012


मेहलकुना अस्पतालमा जनशक्ति अभाव
भिमप्रसाद पौडेल
मैनतडा(सुर्खेत), २८ बैशाख
मेहलकुना प्राथमिक स्वास्थ्य केन्द्रलाई क्षेत्र स्तरीय अस्पताल बनाउने घोषणा गरिपनि जनशक्तिको अभावमा प्रभावकारी सेवा उपलब्ध गराउन सकेको छैन् । दरबन्दी अनुसारको दक्ष जनशक्ति पदपूर्ति नहु“दा अस्पतालले प्रर्याप्त सेवा दिन नसकेको हो । सरकारले चालु आर्थिक बर्षको कार्यक्रम मार्फत प्रत्येक विकास क्षेत्रमा एउटा क्षेत्र स्तरीय अस्पतालको रुपमा सेवा विस्तार गर्ने घोषणा गरेको थियो ।
ओपिडि, जनरल, एम्बुलेन्स, २४ घण्टानै इमरजेन्सी, पोष्टमाटम, भिडियो तथा सादा एक्सरे लगायतको सेवा मेहलकुना अस्पतालबाट उपलब्ध गराउने घोषणा गरिएपनि कार्यान्वयन हुन सकेको छैन् । जनशक्तिको अभावमा सामान्य प्रसुती सेवा बाहेक अन्य कुनैपनि सेवा उपलब्ध नभएको स्थानीयबासीन्दाको भनाई छ ।
एम.डि एक, एम.वि.वि.एस दुई, एच.ए, अनमी, स्टार्फ नर्स, रेडियोग्राफि, लेखापाल, अहेव, खरिदार सहित २७ जनाको दरबन्दी रहेको छ । दरबन्दी अनुसार २० जना स्वास्थ्यकर्मी अस्पातालमा नरहेको अस्पतालको सम्पूर्ण जिम्मेवारी सम्हालेकि स्टाफ नर्स विष्णु गुरुङले बताईन ।
‘दैनिक एक सयभन्दाबढी विरामी उपचार गर्न आउ“छन् तर हामीसंग सिनियर डाक्टर सहित धेरै स्वास्थ्यकर्मी नहु“दा सेवा उपलब्ध गराउन सकिएको छैन् ।’ स्टार्फ नर्स गुरुङले भनिन ‘अस्पताल हाताभित्र सफा खानेपानीको पनि अभाव रहेको छ ।’ महिनामा ३० देखि ४० जना सम्म गर्भवती महिलाहरु प्रसुती हुन आउने गरेको भएपनि स्वास्थ्यकर्मी नहु“दा जटिल केस वीरेन्द्रनगर पठाउने गरेको बताईएको छ ।
मेहलकुना अस्पतालका डाक्टर पदमदेव शर्मा कैलाली सरुवा भएको एक बर्षभन्दाबढी समय वितिसक्दापनि कुनै डाक्टर आएका छैनन् । प्रर्याप्त स्वास्थ्यकर्मीको अभावमा लास पोष्टमाटम, जटिल गर्भवती, एक्सरे लगायतको सेवा प्रत्यक्ष प्रभावित भएको छ । ‘सामान्य उपचार बाहेक अन्य जटिल समस्या आएमा वीरेन्द्रनगर पठाईदिन्छौं’–स्वास्थ्यकर्मी प्रदिप केसीले बताए ।
सुर्खेतका सभासद खड्गबहादुर वस्याल स्वास्थ्य राज्यमन्त्री हु“दा तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रका नाममा प्राप्त एक्सरे मेसिन पनि जनशक्ति अभावमा प्रयोग हुन सकेको छैन् । एक्सरेका सामाग्रिहरु एउटा बन्द कोठामा थन्काईएको छ ।
अस्पताल विकास समितिको तर्फबाट अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको भन्दै पटक–पटक सरकार प्रमुखलाई ज्ञापन बुझाउ“दा पनि कुनै वास्ता नभएको बताईएको छ । अस्पतालका सम्बन्धमा जिल्ला जनस्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले लामो समय सम्म पदपूर्ति हुन नसकेको स्विकार गरेका छन् । दरबन्दी अनुसारको जनशक्ति ल्याउन पहल भैरहेको उनले बताए ।

No comments:

Post a Comment