Monday, May 21, 2012

अपराध नियन्त्रणमा सफलता ः प्रहरी
खेमराज वली
सुर्खेत, ६ जेठ ।

जिल्लाको समग्र अपराध नियन्त्रणमा प्रहरीले सफलता प्राप्त गरेको जनाईएको छ । गुण्डागर्दी, लागुऔषध ओसारपसार, घरेलु मदिरा नियन्त्रण, काठ तस्कर, जुवतास नियन्त्रणमा सफलता मिलेको प्रहरीको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी चालु आर्थिक बर्षमा अपराध नियन्त्रणमा गरिएका कार्वाहीको जानकारी गराएको थियो ।
प्रहरीले २०६८ साउनदेखि २०६९ बैशाख मसान्त सम्म १३ सय बढीलाई कार्बाही गरिएको छ । जिल्ला  प्रहरी कार्यालय सुर्खेतले आफ्नो बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शनिबार यस्तो बताएको हो । प्रहरीले गुण्डागर्दी, लागुऔषध ओसारपसार तथा सेवन, लुटपाट, यौन व्यवसाय, काठ तस्करी, जुवतास खेल्ने, फरार अभियुक्त लगायतलाई कार्वाही गरिएको बताइएको हो ।
सबै भन्दाबढी मादक पदार्थ सेवन गर्ने एक हजार ५० जनालाई कार्वाही गरेको छ । त्यस्तै गुण्डागर्दी गर्ने एक सय ७५ जना, जुवातास खेल्ने ५३ जना, फरार अभियुक्त १६ जना, लागु औषध विक्रिवितरण तथा सेवन गर्ने १२ जना, एक जना  बिस बर्षे मुद्धाको  फरार प्रतिबादी पक्राउ  र अन्य  (कर्तब्य ज्यान ,ज्यान मार्ने उद्योग, मानब बेचबिखन , देहब्यापार, कारबाही) ३१ जनालाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गोविन्दराम परियारले जानकारी दिएका छन् ।
प्रहरीले यो अवधिमा करिब आठ–नौं लाख बराबरको १६ हजार चार सय ५४ लिटर तयारी मदिरा, मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ३४ हजार तीन सय ७० लिटर, मदिरा बनाउने औषधी १५ सय किलोग्राम, मदिरा तयार गर्ने भा“डा एक सय ६३ थान बरामद गरेको थियो । त्यस्तै ब्राउन सुगर १६ ग्राम ५८ मिलीग्राम र चरेस दुई किलो दुई ग्राम  प्रहरीले बरामद गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रमुख (एसपी) गोविन्दराम परियारले सुर्खेतमा हुने सम्पूर्ण अराजक क्रियाकलापको नियन्त्रण गर्ने प्रतिबद्ध रहेको बताएका छन् । उनले यस्तो अभियानमा सबैले साथ दिनुपर्ने बताए । सुर्खेतमा प्रहरीले केही समय यता आफ्नो सक्रियता बढाएको हो ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले रामकुमार गन्द्रमाको मृत्युबारे छानविन गर्न गठित छ सदस्यिय समितिको प्रतिवेदनप्रति आफ्नो ध्यानाकर्षन भएको बताएको छ । शनिबार जिल्ला प्रहरी कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी कार्यालयले ध्यानाकर्षण भएको बताएको हो ।
मानव अधिकार तथा शान्ति समिति शाखा सुर्खेतका अध्यक्ष पार्वती गिरीको अध्यक्षतामा गठित समितिको प्रतिवेदनमा गन्द्रमाको मृत्यु प्रहरीको लापर्वाहीले भएको उल्लेख गरिएको थियो । प्रहरीले शव परिक्षण रिपोर्टमा गन्द्रमाको मृत्युको कारण चोकिङ्ग (खाना खा“दा घाटिमा केही अड्किएको) भनेर स्पष्ट रुपमा उल्लेख भईसकेको अवस्थामा पनि मृत्युको वास्तविक कारण बङ्ग्याएको बताइएको छ ।
छ वजे देखि रोगले च्यापी व्यहोस भई सक्दा राती १० वजे मात्र अस्पताल पु¥याईएको भन्ने कुरा वास्तविक नभएको प्रहरीको भनाई छ । थुनुवा गन्द्रमा राती १०ः४० वजे बिरामी भएको र १०ः४५ मै अस्पतालमा पु¥याईएको प्रहरीले  दावि गरेको छ ।

No comments:

Post a Comment