Sunday, May 13, 2012


कुहिएको चामलबारे छानवीन शुरु,
रामकुमार शाही
 २९  वैशाख, जाजरकोट । 
       नेपाल खाद्य सस्थान अञ्चल कार्यालय नेपालञ्जले जाजरकोटका लागि पठाएकोे चामल कुहिएको सार्वजनिक भएपछि छानविनका लागी संस्थानको केन्द्रिय कार्यालय काठमान्डौबाट एक टोली जाजरकोट आईपुगेको छ । खाद्य संस्थानको गुणस्तर नियन्त्रण ईकाइ प्रमुख नवराज उपाध्याय र बरिष्ठ गुणनियन्त्रण अधिकृत कमल श्रेष्ठ शुक्रवार चामलको नमुना परिक्षणका लागी जाजरकोट आईपुगेका हुन ।
खाद्य संस्थानले जाजरकोटमा कुहिएको चामल पठायो भन्ने समाचार सार्वजनिक भएपछि सत्यतथ्य पत्ता लगाउन छानवीन टोली जाजरकोट आएको हो । टोलीले चामलको नमुना समेत संकलन गरेको छ । ‘अञ्चल कार्यालय नेपालगञ्चले पठाएको २ सय ३० क्वीन्टल चामल सवै सडेको अवस्थामा पाईयो गुणस्तर नियन्त्रण ईकाइ प्रमुख नवराज उपाध्यायले भने –चामल खानै नमिल्ने गरी सडेको पाईयो यस्तो चामल पठाउनुपर्ने चामल होईन ।’ अञ्चल कार्यालयको गल्तीले उक्त कार्य भएकाले चामलको ल्याव परीक्षण गर्ने र नेपालगञ्ज अञ्चल कार्यालयको गोदामको समेत निरीक्षण गरिने उनले बताए । कुहिएको चामल पठाउने कार्यमा संलग्न जो सुकैलाई कडा कारवाही हुने प्रमुख उपाध्यायले बताए । उनले उक्त चामल विक्रि वितरणमा समेत रोक लगाईएको बताए । उनले भने–‘उपभोक्ताको स्वास्थ्य प्रति हामी गंभिर छौ कसैले पनि खेलवाड गर्न मिल्दैन ।’  तीन वर्ष अघि प्याकि¨ गरेर पठाइएको चामल कुहेको भन्दै जिल्ला खाद्य व्यवस्था समितिको हालै वसेको वैठकले समेत चामल फिर्ता गर्ने निर्णय गरेको थियो ।
सस्थानले चालु आवको स्वीकृत कोटा अनुसार कुमाखीमाई ढुवानी सेवाका प्रोपराईटर टीकाराम वली मार्फत पठाएको चामल कुहिएको भन्दै स्थानीयले  विरोध जनाएका थिए ।  वोरा फुटेर वाहिर पोखिएका चामल  गनाउन थालेपछि कुहेको चामल पठाएको रहस्य खुलेको थियो  । तीन चार वर्ष अघि प्याकिंग गरेका चामल नेपालगन्ज स्थित सस्थानको क्षेत्रिय कार्यालयले  कतै काम नलाग्ने भएपछि जाजरकोट पठाएको  वताइएको छ ।                
जिल्लामा कुहेको चामल पुगेपछि  उपभोक्ता हित संरक्षण मन्च जाजरकोटले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो ।  स्थानीयको उजुरीका आधारमा छानवीन गरि पुरै चामल फिर्ता गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले वताए । उनले  भने–‘कुनै पनि काममा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको  चामललाइ  जतावाट आएको हो उतै फर्काउने निर्णय गरिएको छ ।’ यता खाद्य संस्थान जाजरकोटका निमित्त कार्यालय प्रमुख रामप्रसाद पौडेलले कुहिएको चामल कार्यालयले नबुझेको र चलानी पनि नदिएको बताए ।
  दुई बर्ष अघि विश्व खाद्य कार्यक्रमको कुहिएको चामलका कारण जाजरकोटमा झाडापखाला फैलिएको थियो ।

No comments:

Post a Comment