Wednesday, May 30, 2012

उपत्यकामा पानीको हाहाकार, तत्काल समाधान छैन ः संस्था
हिमा उपाध्याय

सुर्खेत, १७ जेष्ठ ।
सुर्खेत उपत्यकामा पानीको हाहाकार भएको छ । केही समय अगाडि ३६ घण्टाको फरकमा वितरण गरिँदै आएको पानी हाल यो भन्दा पनि बढ्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी झुप्रा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष्ँ कुलमणी देवकोटाले स्रोतबाटै पानी कम आएकोले सुर्खेत उपत्यकामा पानीको अभाव देखिने बताए ।
उनले ३६ घण्टाको फरकमा पानी वितरण गर्ने भनिएपनि मुहानबाटै आवश्यकता पर्ने जती पानी आउन नसकेकोले यसै अनुसार पानी वितरण गर्न नसकिने बताए । उपत्यकाका लागि झुप्राखोला, इत्रामखोला, खोर्केखोलाको स्रोतबाट पानी ल्याइएको छ । उपत्यका बासिन्दाहरुका लागि प्रति सेकेण्ड एक सय लिटर पानीको आवश्यकता भएपनि तीन वटा स्रोतबाट जम्मा प्रतिसेकेण्ड ४६.५ लिटर पानी मात्रै आउने गरेको छ ।
यी स्रोतहरु मध्ये झुप्राबाट ७३ लिटर प्रतिसेकेन्ड पानी आउनुपर्नेमा ४० लिटर प्रतिसेकेन्ड पानी उपलब्ध भएको छ । इत्रामको स्रोतबाट प्रतिसेकेण्ड १७ लिटर पानी आउनुपर्नेमा पा“च लिटरमात्रै आएको र खोर्केखोलाको स्रोतबाट पनि प्रतिसेकेण्ड सात लिटर पानी आउनु पर्नेमा १.५ लिटर पानी मात्रै आएको बताइएको छ ।

एक दिनमा जम्मा एक करोड लिटर पानी आवश्यक पर्ने भएपनि हाल दिनमा ४० लाख ३७ हजार दुई सय ९९ लिटर पानी मात्रै उपलब्ध भएको छ । झुप्राको स्रोतबाट गतवर्षमा प्रतिसेकेण्ड ४७ लिटर पानी आएको र हाल ४० लिटर मात्रै आएको छ । ‘इत्रामबाट गतबर्ष ६ र खोर्केबाट दुई लिटर पानी उपलब्ध हु“दै आएको थियो यो वर्ष यि स्रोतमा पनि पानी घटेको छ’–अध्यक्ष देवकोटाले भने ‘पानीको खपत बढेको र स्रोतमा पानी घटेको कारण आवश्यकता अनुसार पानीको आवश्यकता पूरा गर्न सकिएको छैन् ।’
पानीका भल्भहरु प्राविधिक वाहेक उपभोक्ताहरुले खोल्ने गरेको, मोटरको प्रयोग गरेर पानीको प्रयोग गरेको, साथै पानीको मूख्य स्रोतहरुको मुहानका समुदायहरुले ट्याङ्की निर्माण गरी घरघरमा पानी पु¥याएको, पानीको चुहावट कम नभएको कारण पनि समस्या थपिएको हो ।
३५ प्रतिशत पानी चुहावटमै गएको छ । वीरेन्द्रनगर नगरपालिका एक देखि दश सम्ममा २०३१ साल देखिनै विछयाईएको (३५ंकिमी) पाइपबाटै पानीको वितरण गरिएकोले पनि पानी चुहावट भएको बताइएको छ । यो वर्षमात्रै १३.५ किलोमिटर पाइप खरिद गरेर पूरानो पाइप भएको स्थानमा नया“ पाइपको प्रयोग गर्ने बताइएको छ ।
हाल उपत्यकामा सरकारी कार्यालय सेना, प्रहरी वाहेक एक लाख ५० हजार जनताको लागि १२ हजार धाराहरु जडान गरिएको छ । पानीका मुहानहरु विभिन्न कारणले सुक्दै गएको कारण बैकल्पिक स्रोतको खोजी नभएसम्म खानेपानीको अभावले विकराल रुप लिने अध्यक्ष देवकोटाले बताए ।
उनले प्रतिसेकेण्ड १८ लिटर उपलब्ध गराउन सकिने बुलबुलेलाई बैकल्पिक स्रोतको रुपमा तत्कालका लागि प्रयोग गर्नुपर्ने बताएका छन् । यसका लागि पनि केही समय लाग्ने भएकोले तत्कालका लागि भने सहज रुपमा पानी आपूर्तीको बाटो नभएको देवकोटाको भनाई छ ।
स्किम नं ७ को २७ धारा, बसपार्क देखि इत्राम खोलाको लाइन यएरपोर्ट देखि इत्रामको लाईनमा पानी आपूर्ती पूर्ण रुपमा बन्द भएको समेत देवकोटाले बताएका छन् । केही समयलाई उपभोक्ताले सयमता अपनाउन भन्दा अन्य विकल्प नभएको बताए । झुप्रा खानेपानी आयोजनाले वीरेन्द्रनगर, जर्वुटा, लाटीकोइली र उत्तरगंगाका एक लाख ५० हजार बढी स्थानीयबासीन्दालाई लाभान्वित बनाएको छ ।

No comments:

Post a Comment