Saturday, May 26, 2012

बावियाचौरमा उज्यालो अभियान
७७ किलोवाटले वावियाचौरका सबै घरमा बत्ती

दीपक बुढा
सुर्खेत (बावियाचौर), १२ जेठ ।

बावियाचौर गाविसमा उज्यालो अभियान सञ्चालन गरिएको छ । गाविसका सम्पूर्ण घरमा बत्ती पु¥याई गाउँलाई उज्यालो पार्न स्थानीयबासीन्दाले अभियान थालेका हुन् । तीन वटा साना लद्यु जलविद्युत आयोजना संचालनमा ल्याएर प्रत्येक घरमा बत्ती पु¥याउने योजना बनाईएको छ ।
संचालनमा आएको २४ किलोवाट र निर्माणाधिन ५३ किलोवाट लद्यु जलविद्युत आयोजनाले गाविसका सम्पूर्ण घरमा बत्ती पुग्ने छ । बावियाचौर गाविस वडा नं. २ को २४ किलोवाट लद्यु जलविद्युत आयोजना संचालनमा आएको छ । बावियाचौर लद्यु जलविद्युत सहकारी संस्था लिमिटेडले आयोजना संचालनमा ल्याएको हो ।
उक्त आयोजना मार्फत बावियाचौर–२,३,४ र ५ वडाका तीन सयबढी घरधुरी लाभाविन्त भएको सहकारी पूर्व अध्यक्ष केशवराज पाठकले जानकारी दिए । २०६४ सालदेखि निर्माण सुरु गरिएको लद्यु जलविद्युतको २०६७ मा निर्माण सम्पन्न भएको थियो भने २०६८ देखि आयोजना संचालनमा ल्याईएको थियो ।
करिव ५५ लाख लागतमा निर्माण सम्पन्न भएको सो आयोजना निर्माणार्थ गाविसबाट ९ लाख, जिल्ला विकास समितिबाट ६ लाख, उर्जा विकास केन्द्रबाट १२ लाख ७५ हजार, स्थानीय विकास मन्त्रालयबाट २ लाख ५० हजार सहयोग प्राप्त भएको जनाईएको छ । त्यसैगरी सभासद खड्क वसेलले २ लाख ५० हजार, सभासद नरबहादुर विष्टले ३३ हजार र स्थानीयबासीन्दाले २० लाख बराबर आर्थिक तथा जनश्रमदान गरेको जनाईएको छ ।
‘एउटा जलविद्युतले पुरै गाविस समेटन सकेन, गाविसका प्रत्येक घरमा बत्ती बाल्ने योजना अनुरुप अर्को आयोजना सुरु गरेका छौं’ आयोजना संचालक सहकारीका पूर्व अध्यक्ष पाठकले भने ‘दोस्रो आयोजना एक महिनाभित्र संचालनमा ल्याउँछौं । त्यसले पनि नपुगे तेस्रो आयोजना संचालन गर्छौं ।’
लामो समय लगाएर पहिलो लद्यु जलविद्युत आयोजना सम्पन्न गरेका स्थानीयबासीन्दाहरुले आफ्नो सक्रियता बढाएका छन् । ५३ किलोवाट क्षमताको अर्को जलविद्युत निर्माण गरिरहेका छन् ।
बावियाचौर–८मा पर्ने खमारी खोला लद्यु जलविद्युत आयोजनाको २०६८ चैत्र १ गते नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत स्वीकृति लिइएको थियो । बावियाचौर लद्यु जलविद्युत सहकारी संस्थाका पूर्व अध्यक्ष एवंम् निर्माणाधीन आयोजनाका अध्यक्ष पाठकले गाउँमा पहिलो पटक बत्ती बलेपछि स्थानीयबासीन्दाले सक्रियता बढाएको बताए । आयोजना निर्माणमा सुन्दर नेपाल संस्थाले सहजिकरण गरिरहेको छ ।
एक करोड २० लाखको लागतमा निर्माणाधिन सो आयोजनाका लागि नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत ६६ लाख, गाविसबाट ६ लाख र समुदायबाट ५० लाख बराबरको रकम तथा जनश्रमदान जुटेको आयोजनाका अध्यक्ष पाठकले बताए ।

‘बन्दका कारण मेसिन आउन ढिला भएको हो । बन्द, हडताल नभए एक महिनाभित्र हामी आयोजना संचालनमा ल्याउँछौं’–अध्यक्ष पाठकले भने ‘गाउँमा झिलिमिलि बत्ती बलेपछि स्थानीयबासीन्दामा हर्ष छाएको छ ।’ पोल गाड्ने काम सकिएकाले मेसिर ल्याएर जडान गर्न मात्रै बाँकी रहेको जनाईएको छ । आयोजना संचालनमा आएपछि ६ सय २० घरधुरी लाभान्वित हुने जनाईएको छ ।
गाविस भरी विद्युत अपुग भएमा अर्को आयोजनाको समेत सम्भावित अध्ययन गरिएको छ । खमारी खोलाकै अर्को प्वाईन्टबाट १८ देखि २० किलोवाट क्षमताको लद्यु जलविद्युत आयोजना संचालन गर्न सकिने जनाईएको छ ।
अध्यक्ष पाठकले गाविस भरी बत्ती पु¥याउन अपुग भएमा अन्य सम्भावित आयोजनाहरुको समेत अध्ययन गरिएको बताए । वावियाचौरमा बत्ती बलेपछि मिल संचालन, कम्प्यूटर तालिम केन्द्र संचालन गर्न सहज भएको छ भने बावियाचौरमा पेय पदार्थ कोक, फेन्टा, पु्रmटी, पेप्सीको व्यवसायमा समेत बृद्धि भएको स्थानीय व्यवसायीको भनाई छ ।

प्रेस, एफएम र केवुल टिभी संचालनको तयारी
सुर्खेत, १२ जेठ ।

विकासका पूर्वाधारले पछाडी परेको सुर्खेतको पश्चिम क्षेत्रको मुहार विस्तारै फेरिँदै आएको छ । सामान्य खालको मोटरबाटो बाहेक अन्य विकास भन्दा पछि परेको उक्त क्षेत्रमा पहिलो पटक बत्ती बलेको छ ।
स्थानीयबासीन्दाको सक्रियतामा बावियाचौरमा लद्यु जलविद्युत मार्फत पहिलो पटक बत्ती बालिएको हो । पश्चिम बावियाचौर गाविसका सबै घरमा बत्ती पुग्ने भएपछि प्रेस, एफएम रेडियो र केवुल लाईन समेत संचालनको तयारी गरिएको छ । डाँडादरा संचार सहकारी संस्था लिमिटेडले उक्त तयारी थालेको हो ।
३० जना सेयर सदस्यहरु रहेको डाँडादरा संचार सहकारीले सम्भाव्यता अध्ययन कार्य गरिरहेको छ । तीन सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरी प्रेस, एफएम र केबुल संचालनको तयारी गरिएको सहकारीका अध्यक्ष केशवराज पाठकले बताए ।
सहकारीका अध्यक्ष केशवराज पाठकको संयोजकत्वमा पत्रकार अमर कार्की र कृपा थापा सदस्य रहेको अध्ययन समिति गठन गरिएको हो । ‘पहिलो चरणमा प्रेस ल्याउँछौं, बत्ती प्रयाप्त भएकाले एफएम रेडियोको अनुमतिका लागि संचार मन्त्रालय सम्म फाईल पठाईसकेका छौं’ पाठकले भने –‘केवुल लाईन संचालन गरी केबुल टिभी समेत संचालन गर्नेछौं ।’
सुर्खेतको पश्चिम क्षेत्रलाई विभाजन गर्दा परापूर्व कालदेखि डाँडादरा भनिएको हुँदा त्यही नामबाट एफएम संचालन गर्ने तयारीमा सहकारी रहेको जनाईएको छ । तीन वटै संचारका माध्यम संचालन गर्ने तयारीमा रहेको उक्त सहकारीले लागत पुँजी अनुसार सेयर सदस्य बृद्धि गर्ने समेत जनाईएको छ ।
सुर्खेतमा संचारका माध्यमहरु खुल्नेक्रम तिव्र रुपमा बृद्धि भैरहेको छ । चालु आर्थिक बर्षमा मात्रै १० वटा भन्दाबढी पत्रपत्रिका जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको रेकर्ड रहेको छ । पाँच वटा एफएम रहेकोमा ४ वटा एफएम संचालनमा रहेका छन् ।
६ वटा दैनिक पत्रिका, ५ वटा भन्दाबढी साप्ताहिक पत्रिका नियमित प्रकाशनमा रहेका छन् । केही दिन भित्रै भेरी खवर, मानसरोवर, छरछिमेक, सुर्खेत पोष्टलाई समेत दैनिक रुपमा प्रकाशित गर्ने तयारी भैरहेको ंजनाईएको छ । रारा र इन्द्रेणी दुई वटा केवुल टिभी संचालन भैरहेका छन् ।

No comments:

Post a Comment