Friday, May 4, 2012


महासचिव निर्वाचनमा रुपैया“दैखि बल प्रयोग गर्ने मुडमा
सुर्खेत, २२ बैशाख ।
उद्योग वाणिज्य संघको निर्वाचनमा रुपैया“देखि बल प्रयोग गर्ने मुडमा महासचिव पदमबहादुर शाहीको समूह सक्रिय भएको छ । एनेकपा माओवादीको प्रचण्ड पक्षिय व्यापारीहरुसंग सम्झौता गरेको प्रजातान्त्रिक–बामपन्थि व्यापारीहरुको समूहले चुनाव नजिकि“दै जा“दा दैनिक गोप्य, छलफलमा जुट्ने गरेको  छ ।
महासचिव शाहीको सहितको प्रंजातान्त्रिक समूहले एमाओवादीको प्रचण्ड पक्षिय व्यापारीहरुलाई बरिष्ठ उपाध्यक्ष्य, महासचिव सहित केही सदस्य दिने लिखित सम्झौता गरेको छ । सम्झौता अनुसार प्रजातान्त्रिक समुहले सहयोग गर्नेमा भने एमाओवादी पक्षिय व्यवसायीहरु सशंकित भएका छन् ।
प्रजातान्त्रिक समूहले माओवादीलाई पं्रयोग गर्ने र भित्रि रुपमा अर्को प्यानलबाट बरिष्ठ उपाध्यक्ष र महासचिव चिताउने गरी आन्तरीक गृहकार्य, लभिङ सुरु गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । 
शनिबार उमेदवारी दर्ताको काम हुने जनाईएको छ । विहान ८ बजेदेखि दिउ“सो २ बजे सम्म उमेदवारी दर्ता गर्ने, त्यस लगत्तै उमेदवारी दावि विरोध, अन्तिम नामावली प्रकाशन सहित बैशाख २५ गते मतदान गर्ने गरी कार्यतालिका बनँईएको छ ।
निर्वाचनका लागि अधिवक्ता धुर्व श्रेष्ठ, कृष्ण हमाल, नन्द भण्डारी, भूषण मानन्धर सहित चार सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ ।  यस पटकको निर्वाचनमा संघका अध्यक्ष विष्णुबहादुर शाही सहितको संयुक्त प्यानल र महासचिव पदमबहादुर शाहीको नेतृत्वमा एकल प्यानल निर्वाचनमा भिंड्ने जनाईएको छ । निर्वाचनको समय नजिकि“दै जा“दा व्यवसायीहरुमा चुनावी रौनक बढेको छ । 
पदमबहादुर शाहीलाई एमाओवादी केही व्यापारीहरुको समूहले साथ दिएको बुझिएको छ  भने अध्यक्ष विष्णुबहादुर शाहीलाई नेपाली कांग्रेस, एमाओवादी लगायतका ५ वटा दल संम्बद्ध व्यवसायीहरुले सहयोग गर्ने बजार हल्ला आएको छ ।
प्रजातान्त्रीक समूहको प्रतिनीधित्व गरेको पदमबहादुर शाहीले निर्वाचनका लागि पचास लाख देखि एक करोड सम्म रकम खर्च गर्ने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ । ‘सक्दो रुपैया“ खर्च गर्ने नभए बल प्रयोग गरेरै भएपनि चुनाव जित्ने मनस्थितिमा महासचिव शाही लागेका छन्’–स्रोतले भन्यो । भोटकै लागि महासचिव रुपैया“देखि शक्ति प्रयोग गर्ने मुडमा रहेको खुलासा भएपछि अर्को पक्षका व्यवसायीहरु भने चुनाव बिथोलिने प्रति सशंकित भएका छन् ।
दैलेख जिल्ला निवासी महासचिव शाहीले बाहय जिल्लाबाट सुर्खेतका आएका व्यापारीहरुलाई समेत पाखा लगाउ“दै निर्वाचनमा होमिएका छन् । दैलेखी व्यवसायीको साझा उमेदवार आफू मात्रै भएको बताउ“दै उनले यदी कसैले बागि उमेदवारी दिएमा ज्यान खतरामा पर्न सक्ने भन्दै धम्की पनि दिने गरेको खुलासा भएको छ ।
अध्यक्ष विष्णुबहादुर शाही सहितको प्रतितिशिल पक्षका व्यापारीहरुको समूहले भेगिए रुपमा समेट्नै पश्चिम क्षेत्रका एक व्यक्तिलाई महासचिव दिने योजना बनाएको थियो । उक्त योजनाबाट संशंकित महासचिव समूह ध्यानको धम्की दिन समेत पछि नपरेको बुझिएको छ ।

No comments:

Post a Comment