Sunday, May 13, 2012


भदौदेखि विद्यालयमा तालाबन्दी, प्र.अ. सदरमुकाम
हिमा उपाध्याय
सुर्खेत, बैशाख ३० ।
पश्चिम लगामको नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालयमा २०६८ भदौंदेखि विद्यालयमा तालाबन्दी भएको थियो । विद्यालय शिक्षक नियुक्ति, विद्यालय आयव्यय, पठन पाठनमा अनियमितता भएको भन्दै विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका थिए ।
लामो समय सम्मपनि विद्यालय प्रशासनले विद्यार्थी, अभिभावकका मागका सम्बन्धमा चासो नदेखाउ“दा विद्यालयमा लगाईएको ताला खुलेको छैन् भने बार्षिक परीक्षाको नतिजा समेत प्रकाशित नहु“दा विद्यार्थीहरु अन्यौलमा परेका छन् । विद्यालयका प्रद्यानाध्यापक नरबहादुर वान्तोला अधिकांश समय सदरमुकाम वीरेन्द्रनगरमा हुने गरेका छन् । 
समयमै परिक्षाफल प्रकाशित नगरेको भन्दै जिल्ला शिक्षा कार्यालय सुर्खेतले प्रद्यानाध्यापक वान्तोलासंग स्पष्टिकरण माग गरिएको थियो । स्पष्टिकरण दिन आएका प्र.अ. वान्तोला एक हप्तादेखि वीरेन्द्रनगरमै छन् तर उनलाई विद्यालयमा छलफल गराई समस्या समाधान गर्ने तर्फ कुनै चासो छैन् ।
‘विद्यालयको समस्याका बारेमा विद्यालय प्रशासन गम्भिर छैन् । लामो समयदेखि विद्यालय बन्द छ विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ’ एक अभिभावकले भने ‘प्र.अ. भने अधिकांस समय सदरमुकामतिरै हुन्छन् ।’ जिल्ला शिक्षा कार्यालय सुर्खेतले उपसचिव भक्तबहादुर खड्काको संयोजकत्वमा छानविन गठन गरेको छ ।
विद्यालयको पढाई नभएको, शिक्षक नियुक्ति, आर्थिक हिनामिनाका विषयमा विवाद उत्पन्न भएकाले १५ दिनभित्र छानविन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी तोकिएको छ । समिति गठन भएको करिव दुई हप्ता वितिसक्दा पनि समितिको औपाचारीक बैठक बाहेक अन्य केहि काम हुन सकेको छैन् ।
छानविन समितिका संयोजक खडकाले भने ‘समितिका साथीहरु दुई पटक बैठक बसिसकेका छौं । स्थानीय स्तरमा पुगेर छानविन गर्ने जिम्मेवारी छ तर हामी जान सकेका छैनौं’ उनले भने ‘स्थानीय स्तरमा शिक्षकका संघ संगठनहरु मार्फत विद्यालय खुलाउने पहल भैरहेको छ ।’
छानविन समितिमा नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष शिवप्रसाद उपाध्याय, नेपाल शिक्षक संघका अध्यक्ष पदमप्रसाद गौली, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रघुविर वि.क., लेखापाल तिलक सोमै र विद्यालय निरिक्षक नरेश भट्टराई सहित रहेका छन् ।
विद्यालयमा तालाबन्दी भएपछि लामो समय सम्म विद्यालयका पठन पाठन समेत प्रभावित भएको थियो । विद्यालयको विवाद बढ्दै जान थालेपछि शिक्षकहरु समेत विद्यालयमा देखापर्न छोडेको जनाईएको छ ।  चैत्र महिनाको मसान्त भित्र बार्षिक परीक्षाफल प्रकाशित र बैशाख पहिलो सातादेखि विद्यार्थी भर्ना अभियान संचालन गर्ने गरिन्छ तर भर्ना अभियान चलिसक्दा पनि विद्यार्थीहरुले नतिजा पाउन सकेका छैनन् । नया“ विद्यार्थी भर्ना समेत प्रभावित भएको छ । 
विद्यालयमा उत्पन्न विवादका कारण विद्यालय प्रशासनमा तालाबन्दी गरिएको छ । तालाबन्दी भएको भन्दै विद्यालय प्रशासनले बार्षिक परीक्षाको परिक्षाफल प्रकाशित गरेको छैन् । बार्षिक परिक्षाको परिक्षाफल प्रकाशित नहु“दा विद्यार्थीहरु अन्यौलमा परेका छन् । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकको लापर्वाहिका कारण विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।
विद्यालयका प्रधानाध्यापक नरबहादुर वान्तोलाले शिक्षकहरुले मूल्याङ्न रिर्पोट नदिएको र प्रशासनमा तालाबन्दी भएकाले परिक्षाफल प्रकाशित गर्न समस्या भएको बताए । उनका अनुसार कक्षा–१,२,३ र ८ को मात्रै परीक्षाफल प्रकाशित गरिएको छ । कक्षा–१ देखि १० सम्म मावि तहमा पा“च सयबढी विद्यार्थीहरु अन्यौलमा परेका छन् । विद्यार्थी र अभिभावकले विद्यालयको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने, शिक्षक नियुक्तिमा पारदर्शिता अपनाउनुपर्ने माग, प्रधानाध्यापक र विव्यसले गरेका गलत निर्णय सच्च्याईनुपर्ने माग राख्दै तालबन्दी गरिएको हो । 
विद्यालयको समस्या समाधान गरी ताला खोल्न शुक्रबार सर्वदलिय, सर्वपक्षिय भेला राखेपनि कुनै निस्कर्षमा नपुगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मायाराम जैसीले बताए । ३ बर्षदेखि विद्यालयको आय व्यय सार्वजनिक गरिएको छैन् । सोही विद्यालयमा प्राचार्य नरबहादुर वान्तोला र उनका नातेदार पर्न मिनबहादुर वान्तोला, डम्मर वान्तोला, लालबहादुर वान्तोला, नवल वान्तोला, भिष्म वान्तोला, हिरासिं वान्तोला, नगेन्द्रबहादुर वान्तोला, दिपक वान्तोला, आशाराम वान्तोला, रुद्र जैशी, टोपबहादुर वान्तोला, राजेन्द्र वान्तोला, गोपाल वान्तोला, हेमेन्द्र वान्तोला सहितको समूहले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुमाथी आक्रमण गरेको जनाईएको छ ।
उच्च माविका विद्यार्थीहरुमाथी आक्रमण हुन थालेपछि विद्यार्थीहरु सुरक्षाको माग गर्दै सदरमुकाम आएका थिए । नेपाली कांग्रेस निकटका युवाहरुले एकाएक विद्यार्थीमाथी कुटपिट गर्नुका साथै छात्राहरुमाथी दुव्र्यवहार गर्नथालेपछि उनीहरु सुरक्षाको माग गर्दै सदरमुकाम आएका थिए । 
फागुन–२४ गते राती नेपाली कांगे्रस निकटका हर्कहादुर वान्तोला, रमेश बुढा सहितको युवाहरुले छात्रावासमा रहेका छात्राहरुमाथी दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार गर्नआएका युवाहरुबाट उम्किन सफल छात्राहरुको विषयमा कुरा उठेपछि विद्यार्थी र ती युवाहरुवीचमा विवाद बढेको थियो । छात्राहरुले उक्त घटनाका विषयमा फागुन २५ गते विद्यालय प्रशासनमा निवेदन दर्ता गरेका थिए । निवेदनको वेवास्था गरेपछि विद्यार्थीहरु आक्रोषित बने । आक्रोषित विद्यार्थीले विद्यालयमा समेत तालाबन्दी गरेका थिए  ।

No comments:

Post a Comment