Monday, May 7, 2012


सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन
व्यवसायी संघमा गैरव्यवसायीको हावी
हिमा उपाध्याय÷सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायी भन्दा गैरव्यवसायीहरुको हावि भएको छ । निर्वाचन प्रक्रियामा पूर्वराज्य व्यवस्था सभापतिदेखि स्थानीय जिल्लास्थित प्रमुख राजनीतिक दलका नेताहरु समेत संघको मतदाता रहेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघको नया“ कार्य समिति चयन गर्नका लागि भएको मतदानको क्रममा व्यवसायी भन्दापनि गैरव्यवसायी राजनीतिकर्मीहरु देखिएका छन् । गैरव्यवसायीका कारण निर्वाचनको मत परिणाम के हुने भन्ने विषयमा दुवै पक्षको आ–आफ्नै विश्लेषण रहेको छ । 
व्यवसायी भन्दापनि राजनीतिकर्मीका रुपमा परिचित नेपाली का“ग्रेसका नेता पूर्वराज्य व्यवस्था समितिका सदस्य हृदयराम थानी, युवा नेता टोपबहादुर रावत सहितका नेपाली का“ग्रेस र नेकपा एमालेका वालाराम शर्मा सहितका नेताहरु मतदाता रहेको जनाईएको छ । संघको निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नेपाली का“ग्रेस र नेकपा एमाले निकटका व्यवसायीहरुले आ–आफ्ना राजनीतिकर्मीलाई समेत मतदाता बनाएका हुन् ।
वाणिज्य संघको मतदान सोमबार विहान–८ बजेदेखि ५ बजे सम्म चलेको छ । अध्यक्ष विष्णुबहादुर शाही र महासचिव पदमबहादुर शाहीको प्यानलकावीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा सहभागि दुवै पक्षका उम्मेदवारहरु मतदान चलिरह“दा पनि आफ्नो पक्षमा पार्न मतदाताहरुलाई फकाउनमै व्यस्त देखिन्थे । 

निर्वाचनलाई प्रभावित पार्न प्रमुख राजनीतिक दलका नेताहरु चुनावी प्रचारमा व्यस्त रहेका थिए । मतदान सुरु भएदेखि एनेकपा माओवादीका इन्चार्ज कृष्ण धमला, सेक्रेटरी सुवास मल्ल, नेपाली का“ग्रेसका सभापति तप्तबहादुर विष्ट, क्षेत्रीय कमिटी सभापति कमलराज रेग्मी, नेकपा एमालेका अध्यक्ष नवराज रावत, एमाले जिल्ला कमिटी सदस्य मोहन बडुवाल सहितका नेताहरु आ–आफ्नो पक्षमा मतदाता फकाउन व्यस्त रहेका थिए ।
व्यवसायीको निर्वाचन भन्दापनि स्थानीय निर्वाचनको झझल्को दिने गरी प्रचार प्रसार र राजनीतिक दलका नेताहरु सक्रिय भएका थिए । मतदाता ल्याउने लैजान, खाने, बस्ने सहितको सुविधा दुवै पक्षले गरेका थिए । निर्वाचनकै क्रममा दुवै पक्षले लाखौं रकम खर्च गरेको अनुमान गरिएको छ ।
अध्यक्ष विष्णुबहादुर शाही नेतृत्वको समूहले आफ्ना मतदातालाई घण्टाघर कटेज, दर्शन होटलमा राखेर खान, वस्ने व्यवस्था मिलाएका थिए भने महासचिव पदमबहादुर शाही समूहले आफ्ना मतदातालाई पञ्चकोशी होटल, श्रीस्थान होटल, भ्याली भ्यूमा राखिएको थियो । निर्वाचन सम्पन्न भएपछि अध्यक्षका प्रत्यासी दुवै पक्षले आ–आफ्नो निर्वाचनमा सहयोग गर्ने नेता कार्यकर्ताहरुलाई रात्री भोज दिएका छन् ।
निर्वाचन मण्डलका अनुसार जिल्ला विकास समिति सुर्खेतमा भएको मतदानको मतगणना पनि आज (मंगलबार) विहान सात बजेदेखि जिल्ला विकास समितिमै हुनेछ । १ हजार ८ सय २९ जना मतदाता रहेकोमा १ हजार ७ सय ७४ जनाको मात्र मत खसेको निर्वाचन अधिकारी अधिवक्ता कृष्णबहादुर हमालले जनाएका छन् । 

गैरव्यवसायीहरु ः
नेपाली का“ग्रेसका नेता तथा पूर्व राज्य व्यवस्था समितिका सभापति ः हृदयराम थानी
का“ग्रेस कोषाध्यक्ष ः गोविन्द कोइराला
का“ग्रेस क्षेत्रीय सभापति ः कमल रेग्मी
नेविसंघका ः झलक भण्डारी
तरुण दलका ः टोपबहादुर रावत
गाविस सचिव ः लालबहादुर खड्का 
एमाले राष्ट्रिय प्रतिनीधि परिषद सदस्य ः वालाराम शर्मा र बालकृष्ण वि.सी.
एमाले उपाध्यक्ष ः शिवप्रसाद उपाध्याय
एमाले क्षेत्रीय अध्यक्ष ः गणेश वली

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान गर्दै नेपाली का“ग्रेसका नेता तथा राज्य व्यवस्था समितिका पूर्व सभापति ः हृदयराम थानी

No comments:

Post a Comment