Thursday, May 17, 2012

थुनुवा मृत्यु प्रकरण
प्रहरीको लापर्वाहिले गन्द्रमाको मृत्यु
दीपक बुढा
सुर्खेत, ४ जेठ ।

वीरेन्द्रनगर–१२ निवासी ४१ बर्षिय कुमार भनिने राजकुमार गन्द्रमाको मृत्यु प्रहरीको लापर्वाहिले भएको निस्कर्ष निकालिएको छ । प्रहरी हिरासतमा रहेका राजकुमारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो ।
नागरिक स्तरबाट गठिन छानविन समितिले विहिबार छानविन प्रतिवेदन सार्वजनिक गर्दै हिरातमै वेहोस भएका उनको उपचारमा प्रहरीद्धारा चरम लापर्वाहि गरिएको उल्लेख गरिएको छ ।
छानविनस समितिले अनुसन्धानबाट राजकुमारको मृत्यु प्रहरीलाई बुझाउनु अघि गाउँले र प्रहरी हिरासतमा रहँदा प्रहरीको यातनाका कारण नभएको बताएको छ ।
डाक्टरले प्रारम्भिक परिक्षणमा उनको स्वास्थ्य अवस्था सामान्य रहेको देखाइएको छ । हिरासतमा ल्याएदेखि टाउको दुख्नु, खाना नखानु, अस्वभाविक क्रियाकलाप गरेपनि रोगको निदान हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत ३१ गते राती साँझ ६ बजे देखि रोगले च्यापी बेहोस भई सक्दा समेत राती १० बजे मात्र अस्पताल पु¥याउनुले प्रहरीको चरम लापर्वाहि भएको छानविन समितिको निस्कर्ष रहेको छ ।
छोटो दुरीको अस्पतालमा पु¥याउन झण्डै साढे तीन घण्टा लाग्नुले नागरिकको स्वास्थ्य उपचार  पाउने अधिकारमाथी खेलवाड गरिएको समितिले जनाएको छ ।
मृतकको उपचारका लागि यथासक्य प्रयास भएपनि मृत्यु भएको दिनमा प्रहरीले तदारुक्ता देखाएको देखिएन । मृतकको मृत्युको कारण अन्य रोग या आकस्मिक होला तर समयमै अस्पताल पु¥याउन सकेको भए यो घटना नहुने समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
छानविनका क्रममा प्रहरीसंग आठ वटा रिपोर्टहरु माग गरेपनि प्रहरीले सम्पूर्ण रिपोर्ट दिन अस्वीकार गरेको समितिका संयोजक पावती गिरीले बताईन ।
छानविन समितिले जिल्ला प्रहरी कार्यालय सुर्खेतसंग जाहेरी दरखास्त, पक्राउ पुर्जी÷थुनुवा पुर्जी, स्वास्थ्य परिक्षण प्रतिवेदन, मृतकको बयान, मौकामा बुझिएका मानिसहरुको बयान÷कागज, म्याद थपका पत्रहरु, पोष्ट मार्टम रिपोर्ट र अनुसन्धान प्रतिवेदन माग गरेको थियो ।
अनुसन्धानका लागि आवश्यक र अभिलेखहरु माग गर्दा प्रहरीले कानूनी प्रावधान नभएको अदालती प्रक्रियामा अवरोध हुन्छ भन्दै कागज पत्र नदिएको छानविन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बैशाख १९ गतेदेखि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका राजकुमारलाई भेट्न बैशाख २२ गते उनकी श्रीमती लीला गन्द्रमा र आमा तुल्सा मन्दिर थुनुवा भेट्न गएका थिए । प्रहरीले थुनुवा भेट्न नदिएपछि घर फर्किएका थिए । भाई धनबहादुर गन्द्रमाले भने फु्रटी, औषधी लगायतका वस्तु लगि २६ गते भेटघाट गरेको जनाईएको छ ।
गन्द्रमा थुनुवा रहँदा बैशाख ३१ गते पुनः विरामी भई म.प. क्षेत्रीय अस्पताल लगि सामान्य टाउको दुखेको भन्दै अस्पतालबाट फिर्ता ल्याइएको जनाईएको छ । सोही साँझको खाना नखाई दालमात्र खाएको, दाल खाएपछि वान्ता गरेको र अस्वभाविक क्रियाकलाप देखाएको छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
शरिर तन्काउने, दाँत किट्ने, टाउको समाउने, पेट मिच्ने, ढोकाको ताला पुकाल्न खोज्ने, पुजा जिते भक्ते भन्ने नाम उच्चारण गर्ने गरेको थुनुवा र प्रहरीबाट बुझिएको जनाईएको छ ।
गन्द्रमा थुनुवा अवस्थामानै बेहोस, मुखबाट फिंज निस्किएको र राती १०ः०५ बजे अस्पताल पु¥याएको आधा बोतल सलाईन चढेपछि १२ः४५ बजे मृत्यु भएको थियो ।
मानव अधिकार तथा शान्ति समाज शाखा सुर्खेतका अध्यक्ष पार्वती गिरीको संयोजकत्वमा शान्ति समाजकै केन्द्रीय सदस्य नरेशसिंह थापा, इन्सेक सुर्खेत प्रतिनिधी दुर्गा थापा, अधिकारकर्मी सुशील शर्मा, मानव अधिकार एलायन्स सुर्खेतका अध्यक्ष टिकाराम आचार्य, कानून व्यवसायी दुर्गा सापकोटा सहितको छानविन समिति गठन गरिएको थियो ।
छानविन समितिले मृतक गन्द्रमाको आर्थिक अवस्था कम्जोर भएकाले उनका दुई सन्तानको पठन पाठन, शिक्षा, स्वास्थ्यको प्रवन्ध सहित श्रीमतिलाई रोजगारीको अवसर दिन सम्बन्धित पक्षसंग अनुरोध गरेको छ ।

खानेकुरा खड्किएर मृत्युसव परिक्षण रिपोर्ट सार्वजनिक भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको सव परिक्षण रिपोर्टमा खानेकुरा घाँटीमा अड्कीएर गन्द्रमाको मृत्यु भएको उल्लेख गरिएको छ ।
शरिरको कुनै पनि भागमा चोटपटक नभएको तर घाँटीमा खानेकुरा अड्कीएका कारण मृत्यु भएको रिपोर्ट छ जना डाक्टरहरुले निकालेका हुन् ।
डा. भोलाराम श्रेष्ठ, डा. हरि सापकोटा, डा. डम्मर खड्का, डा.गणेश थापा, डा. नविन पौडेल र डा. दिक्षा खनाल सहितका डाक्टरहरुले सव परिक्षण प्रतिवेदन जारी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पीडित पक्ष सहित बिहिबार भएको छलफलबाट पीडित परिवारलाई राहत उपलब्ध गराउन पहल गर्ने सहमति भएको छ ।
तीन बुद्धे सहमितपछि आव (शुक्रबार) सव उठाउने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक गोविन्दराम परियारलले जानकारी दिए । मृतकका दुई बच्चालाई निःशुल्क पढाउन, राहत उपलब्ध गराउन र रोजगारीका लागि सिपमूलक तालिम प्रदान गर्न सम्बन्धित निकायसंग अनुरोध सहित पहल गर्ने निर्णय भएको छ ।

No comments:

Post a Comment