Monday, May 14, 2012


हिरासतमा रहेका थुनुवाको मृत्यु, 
अधिकारकर्मीले छानविन गर्ने
सुर्खेत, १ जेठ । 
बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको ज्यान गएको छ । जवरजस्ती करणीको आरोपमा बैसाख १४ गते प्रक्राउ परेका वीरेन्द्रनगर–१२ नेवारेका राजकुमार गन्द्रमाको ज्यान गएको हो । आइतबार राती एक्कासी बिरामी परेका गन्द्रमालाई उपचारका लागि क्षेत्रीय अस्पताल लगेपछि अस्पतामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
प्रहरीले दमका बिरामी समेत रहेका गन्द्रमालाई अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको र अस्पतालमै ज्यान गएको बताएको छ । तर गन्द्रमालाई आफन्त नन्दबहादुर सारुलगायतले कुटपिट गरेको र प्रहरीलाई पक्राउ गर्न लगाएको आरोप उनीहरुले लगाएका छन् । 
दाजुलाई पक्राउ गरेको भोलिपल्टमात्रै प्रहरीले पक्राउ गरेको थाहा भएको मृतक गन्द्रमा भाई धनबहादुर गन्द्रमाले बताए । उनले प्रहरीले भेट गर्नपनि नदिएको जनाए । दाजु विरामी हु“दा कुनै खबर नगरेको प्रहरीले मृत्यु भइसकेपछि पनि विरामी भेट्न जाउ“ भनेर ढा“टेको धनबहादुरको भनाई छ  । 
भाई धनबहादुर आफ्नो दाजुलाई विना आरोपमा जबर्जस्ती करणीको अभियोग लगाइएको आरोप पनि लगाएको बताईएको छ । भारतबाट गत बैशाख १० गते घर आएका राजकुमार ज्याला मजदुर गर्दै परिवार पाल्दै आएका थिए । पक्राउ गर्न लगाउने नन्दबहादुर सारुले बेस्सरी कुटेको र प्रहरीले पनि अनुसन्धानका क्रममा कुटेपछि दाजुको मृत्यु भएको उनको आरोप छ । 
मृतक गन्द्रमा पत्नि लिला गन्द्रमाले पनि कुटपिटकै कारण आफ्नो पतिको मृत्यु भएको दावी गरिन । प्रहरीले तनावको रोग लागेको भनेतापनि राजकुमारलाई कहिल्यैपनि त्यस्तो रोग नभएको उनले बताईन । प्रहरीले पक्राउ गरेर हिरासतमा ल्याएको र बैशाख २२ गते भेट्न आउ“दा प्रहरीले भेट्न नदिएको उनको भनाइ छ । विरामी हु“दापनि प्रहरीले खबर नगरेको बताउ“दै उनले मृत्यु भएपछि मात्रै खबर गरेको बताईन । 
नन्दबहादुर सारुले राजकुमारलाई गांउकै एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगाई कुटपिट गरेको, कपाल चारपाटे मुडेको, जुत्ताको माला लगाएको हु“दा उसलाई कारबाही नगर्दासम्म शव नउठाउने मृतककी श्रीमति लिला को भनाई छ । घटनाको छानविन नभएसम्म र नन्दबहादुरलाई कारबाही नभएसम्म शव नउठाउने बताउ“दै उनले यसमा प्रहरी पनि दोषी भएको उल्लेख गरिन । नन्दबहादुर र राजकुमार आफन्त पर्दछन् । 

जबर्जस्ती करणीको आरोपपनि गलत भएको आफन्तहरुले जनाएका छन् । व्यक्तिगत रिसीवीलाई जबर्जस्ती करणीको आरोप लगाइएको बताउ“दै उनीहरुले नन्दबहादुरलाई कारबाही गर्न माग गरेका छन् । व्यक्तिगत रिसीवि सा“धेर राजकुमारलाई कुटपिट गरेको स्थानीय जमुना मन्दिरले बताइन । पारिवारिक रिसिवीले गर्दा जबर्जस्ती करणीको आरोप लगाई कुटपिट गरेको र प्रहरीलाई पक्राउ गर्न लगाउने नन्दबहादुरलाई कारबाही हुनुपर्ने माग अन्य आफन्तहरुको रहेको छ । क्षेत्रीय अस्पतालले भने अहिलेसम्म पोष्टमार्टम नभइसकेकाले ज्यान जानुको कारण भन्न नसकिने बताएको छ । गन्द्रमाको मुखबाट फिंज निस्किएको बताइएको छ । उपचार गर्दासम्म आफन्तलाई खबर नगरेको र मृत्यु भएपछि मात्रै राती साढे १२ बजे खबर गरिएकोमा आफ्न्तजनहरुले आक्रोशित बनेका छन् । 
छानविन गर्न समिति
घटनापछि जिल्ला स्थित मानव अधिकारबादी संघ संस्थाका प्रतिनीधिहरुले घटनाको स्वतन्त्र छानविन गर्ने भएका छन् । मानवअधिकारकर्मीहरुले घटनामा प्रहरीको चरम लापरबाही भएको ठहर गरेका छन् । मानवअधिकार तथा शान्ति समाज, इन्सेक, मानवअधिकार एलाइन्स, पुनरावेदन वार, जिल्ला वार, महिला मानवअधिकार रक्षक संजाल, मानवअधिकार संगठन, मानवअधिकार तथा जनउत्थान केन्द्र, ल्याक र एड्भोकेसी फोरमले संयुक्त विज्ञप्ति प्रकाशित गरी हिरासतमा अभियुक्तसंग परिवारलाई भेट्न नदिइएको, विरामी भएको बेला परिवारलाई जानकारी नगराएकोले प्रहरीको चरम लापरबाही भएको आरोप लगाइएको छ । साथै घटनाको सत्यतथ्य छानविन गर्न माग गरी पीडित पक्षलाई उचित क्षतिपूर्ति र राहत दिनपनि माग गरिएको छ । 
यस्तै उक्त घटनाको छाननिव गर्न मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष पार्वती गिरीको संयोजकत्वमा ५  सदस्यीय छानविन टोली गठन गरिएको छ । समितिमा इन्सेकका दुर्गा थापा, टिकाराम आचार्य,  सुशील शर्मा, नरेशसिंह थापा र दुर्गा सापकोटा रहेका छन् । समितिले ५ दिनभित्र छानविन गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।

No comments:

Post a Comment