Wednesday, May 23, 2012

जनजाति भन्छन् ः ठुला दल टुक्रयाइदिन्छौ
सुर्खेत, १० जेठ ।
आदिवासि जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङ्ले ठुला दलहरुलाई टुक्राईदिने बताएका छन् । तीन दिनको बन्द पछि वीरेन्द्रनगरमा भएको धन्यवाद सभालाई सम्बोधन गर्दै गुरुङ्ले ठुला दलहरुले आदिवासी जनजातिहरुलाई हेर्ने दृष्टिकोण नबदले दलहरुलाई टुक्राइदिने बताएका हुन् ।
उनले आदिवासिहरुलाई राज्यले हेला गरेको भन्दै जातीय राज्य बनाउँदैमा देश नटुक्रने बताएका छन् । गुरुङ्ले संविधान सभाको म्याद थप्नु भनेको देशलाई विखण्डन गर्नु हो भने । सभामा आदिवासी जनजाति संयुक्त सघर्ष समितिका संयोजक हरि थापामगरले ७० प्रतिशत जनसंख्या भएका आदिवासीहरुलाई पाखा लगाएर केही पनि हुन नसक्ने भन्दै आवश्यक परे जनजातिले बन्दुक पनि उठाउन सक्ने चेतवानी दिएका छन् ।
उनले सबै ठुलादलहरु चित्रबहादुर केसिको पछि लागेको भन्दै यसो गरे नछोड्ने समेत बताएका छन् । थापाले राज्यले जनजातिलाई हेला गर्दै गएमा शासकहरुलाई हटाई आफुहरु शासक बन्ने बताएका छन् ।
त्यस्तै सभामा अगुवा जनजाति नेता धनबहादुर रानाले अव जनजातिहरु धर्ती उल्टेपनि पछाडि नपर्ने बताए । उनले नेपालमा राज गर्ने अवको पालो जनजातिको भएको भन्दै राज गरेरै छोड्ने बताए ।
सभामा एमाओवादीका तर्फबाट जनजाति नेता खडकबहादुर घर्तीमगर, नेपाली कांग्रेसबाट लालबहादुर चौधरी, एमालेका तर्फबाट रेशम रानामगर, जनजाति महासंघकी सदस्य नन्दा गुरुङ्ले बोलेका थिए ।
संघर्ष समतिका संयोजक हरि थापामगरको सभापतित्वमा सम्पन्न भेलामा सुर्खेतका जनजातिहरुको उल्लेख्निय सहभागिता रहेको थियो । 

No comments:

Post a Comment