Saturday, May 5, 2012


आयोजना पुरा गरी समृद्ध सुर्खेत बनाउँछु ः
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाच यही २५ गते विहानदेखि हुँदैछ । निर्वाचनमा दुई वटा समूह सहभागि भएका छन् । प्रजातान्त्रिक पक्ष र अर्को प्रगतिशिल पक्षिय निर्वाचनमा प्यानल गराई सहभागि भएका छन् । प्रजातान्त्रिक प्यानल महासचिव पदमबहादुर शाहीको नेतृत्वमा रहेको छ भने प्रगतिशील व्यवसायीहरुको प्यानल अध्यक्ष विष्णुबहादुर शाहीको नेतृत्वमा रहेको छ । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनका विषयमा संघका अध्यक्ष तथा पुनः अध्यक्षका उमेदवार विष्णुबहादुर शाहीसंग जिल्लाको समग्र औद्योगिक विकास, पुनः अध्यक्ष पदमा दोहो¥याउनुको कारणका विषयमा गरिएको कुराकानी ः

तपाईको कार्यअनुभव के हो ?
दैलेख बाँसी–४ हाल वीरेन्द्रनगर–६, सुर्खेत मा मेरो बसोबास रहेको छ । व्यवसायको सिलसिलमा धेरै सामाजिक कार्यहरुमा सहभागि भएको छु । विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायि भूमिका समेत निर्वाह गरेको छु । उज्जल बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष तीन कार्यकाल, लायन्स क्लव अफ सुर्खेतको निर्देशक, म.प. ट्रक तथा टे«क्टर व्यवसायी संघको कार्यसमिति सदस्यको रुपमा जिम्मेवारी निर्वाह गरेको अनुभव छ  । उद्योग वाणिज्य संघमा एक कार्यकाल प्रथम उपाध्यक्ष र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालि सकेको छु । अव पुनः अध्यक्ष भएर मेरो कार्यकालमा बाँकी रहेका काम पुरा गर्ने लक्ष्य लिएको छु । जिल्लाको समग्र पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रचार प्रसारका लागि पर्यटन प्रवद्र्धन कार्यदल उपसमितिको संयोजकको जिम्मेवारी समेत निर्वाह गरिरहेको छु ।

तपाईको अध्यक्षमा उमेदवारी किन् ?
अब किन भन्दा सुर्खेतको समग्र आर्थिक, सामाजिक र पर्यटन विकासका लागि सिंगो निजी क्षेत्रलाई कसरी माथी उठाउन सकिन्छ । धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्नका लागि र मेरो कार्यकालमा बाँकि रहका कामहरु सिटी हल निर्माण, जडिबुटी संकलन तथा प्रशोधन केन्द्रको स्थापना, हर्रेमा प्रवेशद्धार निर्माण जस्ता विकास निर्माण कार्यहरु पुरा गर्नुछ । विकास निर्माणमा नीजि क्षेत्रको तर्फबाट विशेष गरी उद्योग वाणिज्यको अध्यक्ष भएर गर्नुपर्ने बाँकी काम पुरा गर्नका लागि मेरो उम्मेदवारी घोषणा भएको हो । 

संघको अध्यक्षमा एक कार्यकाल विताउनुभयो कस्तो रहयो ? उल्लेख्य कामहरु तपाईको कार्यकालमा के के भए ?
पहिलो कार्यकाल म सहितको उद्योग वाणिज्य संघको टिमले केही महत्वपूर्ण कामहरु गरेका हौं । सुर्खेत जिल्लामा चन्दा आतंकले सनसनी मच्चाएको अवस्थामा त्यसलाई निमूल पार्नका लागि समग्र उद्योगी व्यापारी, प्रशासनको सहयोग लिएर त्यसलाई निर्मुल पारियो । मेरो घरमा बम विस्फोटन गराउन खोज्दा पनि निडरतापूर्वक मेरै अगुवाईमा नितान्त चन्दा आतंकलाई निस्तेज पार्न सफल भयौं । सुर्खेत जिल्लामा पहिलो पटक राज्यको पहिलो राष्ट्रपतिलाई ल्याएर समग्र सुर्खेतको आर्थिक विकास गर्नका लागि राष्ट्रपतिबाट दोस्रो सुर्खेत महोत्सव उद्घाटन गराउन सफल भयौं । औद्योगिक विकास, पयर्टन विकास गर्नका लागि हामी सफल भयौं । तत्कालिन उद्योगमन्त्री र राष्ट्रपतिलाई चौकुने सिमेन्ट कारखाना, काँक्रेविहारको पुर्न निर्माण गर्न माग राखियो । तत्कालिन पर्यटनमन्त्री सदरसिं भण्डारीलाई ल्याएर उहाँलाई एयरपोर्ट विस्तारको गर्न दवाफ दियौं र सफल भयौं । एयरपोर्ट विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सुर्खेत जिल्लामा रहेका धार्मिक तथा पर्यटिकय क्षेत्रहरुको प्रचार प्रसारमा संस्थागत रुपमा पहल भएको छ । त्यसैगरी पछिल्ला दिनहरुमा पर्यटकिय विकासका लागि जाजुरा ताल, बराह ताल, सिम्तादरामा रहेको कोटको थुम्को पर्यटन प्रवद्र्धन कार्यदल मार्फत ती पर्यटकिय स्थलको बारेमा हामीले स्थलगत अवलोकन गरी, त्यो क्षेत्रका् विकास गर्नका लागि पहल अगाडी बढाएका छौं ।

वाणिज्य संघले के के काम गर्न बाँकी रहेको छ ?
उद्योग वाणिज्य संघले गर्नुपर्ने काम त धेरै बाँकि छन् तर पछि सुर्खेत जिल्ला समग्र कर्णाली अञ्चलको प्रवेशद्धार भएकाले सुर्खेतमा जडिवुटी संकलन र प्रसोधन केन्द्र स्थापना गर्न बजेट छुट्टयाएर काम भैरहेको छ । हाम्रै पहलमा ८३ लाख रकम विनियोजन भएको छ । जग्गा प्राप्त नभएकै कारण यो काम रोकिएको छ । सिटिहल निर्माणका लागि उद्योग वाणिज्य संघले दोस्रो सुर्खेत महोत्सवबाट १० लाख छुट्टयाई सकेको छ । लागत स्टिमेट, अध्ययनको काम सकिएको छ । हर्रेमा प्रवेशद्धार निर्माणका लागि ३ लाख ५६ हजार दोस्रो सुर्खेत महोत्सवबाट छुट्टयाईसकेकोे छ । त्यो काम बाँकी छ । अर्को सुर्खेत जिल्लाको समग्र कृषि क्षेत्रलार्इू विकास गर्नको लागि सुर्खेतमा कोल्ड स्टोर बनाउन आवश्यक छ । त्यसमा पनि सुर्खेत उद्योग वाणिज्य संघ र क्षेत्रीय कृषि निर्देशनालयका विचमा काम अगाडी बढेको छ । पूर्णता पाउन समय लाग्छ । सुर्खेतको साँच्चीकै आर्थिक विकास गर्न कृषिको विकास गर्न आवश्यक छ । गहुँ, धान खेती होइन की जडीबुटी, पशुपालन, फलफुलमा आँप, बेसार बालीलाई अगाडी बढाउने योजना बनाईएको छ उक्त कार्यक्रम पुरा हुन सकेको छैन् । 

उद्योग वाणिज्य संघको यस पटकको निर्वाचनमा क–कसको साथमा लडदै हुनुहुन्छ ?
समग्र २१ जनाको कार्यसमितिको नयाँ टिम र समग्र व्यवसायीहरुको साथ र सहयोगमा निर्वाचनमा सहभागि भएको छु । साथ, सहयोग र समर्थ लिएर निर्वाचनमा लड्दै छु । मेरो नेतृत्वमा भएको उद्योग वाणिज्य संघले गरेका कार्यप्रगतिको मूल्याङ्कन आम सुर्खेती व्यापारी, व्यवसायीहरुले गर्नुभएको छ ।

निर्वाचनमा सफलता पाउने सम्भावना कस्तो छ ?
सफलताको सम्भावना प्रवल रहेको छ । त्यसमा पनि मैले विगतमा गरेका कामको मुल्याङ्कन गर्दै व्यवसायीहरुले मेरो कामको मुल्याङ्कन गर्नुभएको छ । त्यसको मुल्याङ्कन गर्ने जिम्मा उद्योगी व्यवसायी साथीहरुको हो । उहाँहरुले मुल्याङकन सही गर्नुहुनेछ र मलाई अत्याधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । मेरो फैसल ागर्ने हाम्रा व्यवसायी साथीहरुनै हुनुहुन्छ । हाम्रा साथीहरुलाई चन्दा आतंकले आक्रान्त हुनुभयो । स्वयंम मेरो घरमा पनि बम विस्फोटन गराउने  प्रयास गरियो । स्वयंम मलाई ज्यान मार्ने धम्की आए बाबजुत पनि व्यवसायीक संरक्षणका लागि स्थानीय प्रसाशन, व्यवसायीसंग मिलेर केबल नितान्त व्यवसायीक हकहितका लागि हामी लाग्यौ । अहिलेका भोट गर्ने अधिकार भनेको व्यवसायीहरुसंग छ । विगतमा गरेका कामहरुको मूल्याङकन गर्दै पुनः विजयी गराउनुहुन्छ भन्ने मैले विश्वास गरेका छु ।


साँच्चिकै व्यवसायीक हितका लागि अबको आवश्यकता के हो ?
पहिलो अवश्यकता भनेको सहमति, सहकार्य र एकता हो । यदी हामी गर्न सक्यौं भने समग्र व्यवसायीहरु एक भएर, आफने व्यक्तिगत व्यार्थ भन्दामाथी रहेर सुर्खेत जिल्लाको आर्थिक सामाजिक विकास गर्न सक्छौं ।


व्यवसायी संघमा पनि राजनीति घुसेको हो त ?
अब व्यवसायी संघमा राजनीति जुन खालको एउटा धब्बा धमिलो पनि देखिएको छ । त्यो धमिलोलाई प्रष्ट गर्नको लागि सहकार्य, सहमति र एकता जरुरी छ । त्यो मेटाउनका लागि हामी एक भएर व्यवासी एकता गरेर बढेमा सम्वत व्यवसायीक हित हुन सक्छ । एक खालको तरंग  देखिएको छ तरंग मेटाउन सहकार्य, सहमितबाट अगाडी बढेमा तरंग हटन सक्छ । 

No comments:

Post a Comment