Monday, May 14, 2012


कर्णालीमै महासंघको पहिलो भवन बन्ने
देउलासिंह ठकुरी 
कालीकोट १ जेठ । 
नेपाल पत्रकार महासंघ कालीकोट शाखाको भवन सोमवार शिलन्यास गरिएको छ । बिकट कर्णाली अञ्चलमै पहिलो भवनको रुपमा निमार्ण हुन् लागेको भवनको शिलन्यास महासंघ केन्द्रीय सदस्य एवंम मध्यपश्चिमाञ्चल संयोजक सुर्यमणी गौतमले गरेका हुन् । 
जिल्ला विकास समितिको कालीकोटको पा“च लाख अनुदानमा कालीकोट शाखाले निर्माण कार्य सुरुवात गरेको छ । शिलान्यास कार्यक्रममा महासंघ केन्द्रीय सदस्य गौतमले कर्णाली अञ्चलमै पहिलो भवन वनाउने अभियान यस शाखाले थालेकोमा धन्यवाद दि“दै भवन निर्माणमा लाग्ने थप रकमको लागि केन्द्र तथा विभिन्न निकायमा पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संयोजक गौतमले पत्रकार शिसाको घरभित्र वसेका हुनाले सवैका समस्याहरु उजागर गर्ने वताए । साथै उनले पत्रकारहरु साझ भएकाले आफ्नो सामाजिक उत्तरदायित्व बिर्सन नहुने समेत धारणा राखे । महासघं कालीकोटका अध्यक्ष कालीवहादुर मल्लको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगतवहादुर बस्नेत, एनेकपा माओवादीका कर्ण भण्डारी, कांग्रेसका अम्मवहादुर शाही र एमालेका तुलाराज बिष्टले पत्रकार राज्यका चौथो अंग भएकाले उनीहरुले थालेका अभियानमा सवैले साथ दिनुपर्ने कुरा राखे । 
साथै उनीहरुले महासंघको भवन निमार्णका लागि आवश्यक रकम उपलब्ध गराउने पहल गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।  जिल्ला स्थित राजनीतिक दल, सरकारी एवंम गैरसरकारी कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख , पत्रकारहरुको सहभगिता रहेको कार्यक्रममा शाखाका उपाध्यक्ष देउलासिंह ठकुरीले स्वागत मन्तव्य राखेका थिए  । 

No comments:

Post a Comment