Sunday, June 3, 2012

माईलस्टोन प्रचार टोली सुर्खेतमा
दीपक बुढा
सुर्खेत, २१ जेष्ठ ।

माईलस्टोन इन्टरनेशनल कलेज बालकुमारी ललितपुरको प्रचार टोलीले सुर्खेतका विभिन्न बौद्धिक व्यक्तित्वहरुसंग भेटघाट गरेको छ । कलेजको लक्ष्य, उद्देश्य, सेवा सुविधाका बारेमा जानकारी गराउने उद्देश्यले कलेजको टोली सुर्खेत आएको हो ।
कलेजका कार्यकारी प्राचार्य केदारनाथ पौडेलको नेतृत्वमा कलेजकै दीपक वस्याल, युुगदेव सिग्देल सहितको टोलीले सुर्खेतमा आफ्नो कलेजका बारेमा प्रचार प्रसार गरेको छ । दाङ, पोखरा, पाल्पा र रुपन्देहीमा कलेजको प्रचार प्रसार गरिएको जनाईएको छ ।
शिक्षाविद्ध एवंम राजनीतिज्ञ डा. विजय पौडेलको नेतृत्व र नेपालका बाँदर विशेषज्ञ एवंम बैज्ञानिक डा.मुकेशकुमार चालिसे मानार्थ प्राचार्य रहेको माईलस्टोन कलेजले आफ्नै सुविधा सम्पन्न भवन मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कार्यकारी प्राचार्य केदारनाथ पौडेलले बताए ।
सुर्खेत बसाईको क्रममा जिल्ला विभिन्न निजी तथा आवासीय विद्यालय, सामुदायिक विद्यालय, व्रिज कोर्ष संचालन भएका इन्स्च्यूटहरुमा विद्यार्थी तथा अभिभावकहरुसंग भेटघाट गरी कलेजको बारेमा जानकारी गराईएको थियो ।
काठमाण्डौ भ्यालीका उत्कृष्ठ शिक्षकहरुबाट सञ्चालित कलेजले सरकारी विद्यालयबाट भर्ना हुने विद्यार्थीलाई छुट्टै अंग्रेजी कक्षाको व्यवस्था गरिने जानकारी दिए । उच्च माविमा साईनस, म्यानेजमेन्ट, हयूमानिटिज विषयको कक्षा र स्नातक तहमा वि.वि.ए, वि.वि.एस, वि.एन.एम तहका कक्षाहरु संचालन भैरहेको जनाईएको छ । वि.आई.एम र वि.ई कक्षा संचालनको तयारी रहेको कार्यकारी प्राचार्य केदारनाथ पौडेलले जानकारी दिए ।
कलेजमा ९० प्रतिशत भन्दाबढी अंक ल्याई उत्तिर्ण हुने विद्यार्थीलाई होस्टेल सहितको सम्पूर्ण शुल्क मिनाह गरिने तथा विशिष्ट श्रेणिमा उत्तीर्ण हुने विद्यार्थीलाई प्रतिशतका आधारमा छात्रवृत्ति प्रदान गर्दै जाने कलेजका सुर्खेत प्रतिनीधि गणेश सापकोटाले जानकारी दिए । माईलस्टोन ग्रुप अफ कम्पनीद्धारा संचालित माईलस्टोन इन्टरनेशनल कलेज र रिज हस्पिटल म्यानेजमेन्ट कलेजको बारेमा प्रचार प्रसार गरिएको छ ।

No comments:

Post a Comment