Thursday, June 7, 2012

नगरपालिकामा एउटा मात्रै सार्वजनिक शौचालय
हिमा उपाध्याय
सुर्खेत २५, जेष्ठ ।

वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा सार्वजनिक शौचालयको शुन्यता जस्तै रहेको छ । नगरपालिका क्षेत्र भित्र महत्वपूर्ण सार्वजनिक स्थलहरु दर्जनौं रहेका छन् । सार्वजनिक शौचालय नहुँदा पैदल यात्रुदेखि बाह्रयबाट बजार आउने स्थानीयबासीन्दा समेत मर्कामा पर्ने गरेका छन् ।
विभिन्न राजनीतिक दलहरुले बढी कार्यक्रम संचालन गर्ने पीपल चौतारा, मंगलगडी, नेता चोक, वीरेन्द्रचोक जस्ता महत्वपूर्ण सार्वजनिक स्थलहरुमा समेत सार्वजनिक शौचालय नभएकाले आमसभा कार्यक्रम आयोजकलाई समस्या हुने गरेको छ । नगरपालिकाको बस पार्कमा एउटा मात्रै सार्वजनिक शौचालय संचालनमा रहेको छ ।
सुर्खेत जिल्लालाई सन् २०१५ सम्ममा खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने भने पनि नगरपालिका नै खुला दिसामुक्त क्ष्ँेत्र घोषणा हुन सकेको छैन् । जिल्लाका १२ वटा गाउँ विकास समितिलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसक्दा समेत नगरपालिकामा हालसम्ममा एउटा वडालाई पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छैन् ।

बजारमा आउने सम्पूर्ण उपभोक्ताका लागि प्रयाप्त मात्रामा सार्वजनिक शौचालय नहुदा बजार नजिकको कुइनेपानी जंगल शौचालय भएको छ । शौचको लागि यही जंगलको प्रयोग हुँदै आएको छ । नगरपालिकामा हालसम्ममा एउटा मात्रै सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
यो सार्वजनिक शौचालय वि.स. २०५६ चैत्र २८ गते बसपार्क टोल विकास समिति र नगरपालीकाद्धारा सञ्चालनमा आएको हो । यात्रुहरुको बढी आवत जावत हुने महत्वपूर्ण चोकहरु बांगेसिमल चोक, बजारको मंगलगडी चोक, यरीचोक, पीपल चौतारा जस्ता स्थानहरुमा सार्वजनिक शौचालय छैनन् ।
नगरपालिकाका पाँच वटा वडाहरुमा एन्फोको सहयोगमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरी खुल्लादिसा मुक्त क्षेत्र घोषणा गर्ने गरी कार्य सञ्चालन भने गरिएको छ । नगरपालिका वडा नं. एक, दुई, तीन, सात, ११ र १२ मा खुल्ला दिसामुक्त क्षेत्र घोषणाको लागि कार्य सुरु भएको नगरपालिकाका प्रशासकिय अधिकृत प्रकाश पौडेलले जानकारी दिए । वडा नं. तीन, सात र १२ लाई असारको अन्त्य सम्ममा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरी कार्य सुचारु भइरहेको उनले बताए ।
नगरपालिकाका विभिन्न ठाउँहरुमा विभिन्न विपन्न समूदाय, सुकुम्बासीहरुको बस्ती भएकोले पनि निकै समस्या आएको पौडेलले बताए । स्थायी रुपमा बसेका सुकुम्बासी टोलहरुमा नै सबै भन्दा बढी शौचालय विहिन रहेका छन् । विपन्न समूदायलाई नगरपालिकाको सहयोगमा शौचालय निमार्ण गरिए पनि सुकुम्वासीको बस्तीले समस्या पारेको छ ।
हाल नगरपालिकाको ८ नं मा पर्ने इत्रामखोलाको बस्ती, ४ नं मा पर्ने खोर्केखोला लगायतका ठाउँको बस्ती हालसम्म पनि शौचालयको प्रयोग विहिन छन् । गाविसहरुलाई पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि तदारुपताका साथ कार्यान्वयनको भएको छैन् ।
मश्यपश्चिम क्षेत्रीय अनुगमन तथा सूपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर अर्जुन वमले कार्यान्वयको अवस्था फितलो भएको बताएका छन् । वमले ‘घोषणा गर्दा जति परिकल्पना गरिएको हुन्छ त्यती कार्यान्वयन भएको छैन’ भने । स्थानीय स्तरका जनतामा घोषणा गरी सकेपछि सबै कुरा सकिएको भन्ने भावनाका कारण यसो भएको हुनसक्ने अनुमान इन्जिनियर वमको छ ।
खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न गाविस वा कुनै पनि क्षेत्रको रिर्पाेट सुपरिवेक्षण कार्यालयमा आएपछि कार्यालयको टोलिले सम्बन्धित स्थानको अनुगमन गरेर घोषणा गर्ने कार्य गरिन्छ ।
८० प्रतिशत घरधुरिमा पक्कि शौचालय र २० प्रतिशत कच्चि शौचालय भएमा खुल्ला दिसामुक्त क्षेत्रको घोषणा गरिन्छ । सुपरिवेक्षण कार्यालयमा तत्कालका लागि अवलचिङ्ग, उत्तरगंगा, गर्पन, गढी घाटगाउँले रिर्पोटका बुझाएको कार्यालयले बताएको छ । केहि दिनमा खानेपानी तथा सरसफाई सम्बन्धि तालिम दिइने र स्थानीय जनतालाई सचेत बनाएर कार्य थालिने बताइएको छ ।

No comments:

Post a Comment