Monday, June 4, 2012


सिटी हल निर्माण प्रतिनीधि टोली राजधानीमा
एक दशकको प्रयास सफल हुने आशा

दीपक बुढा
सुर्खेत, २१ जेष्ठ ।
सुर्खेतमा सिटी हल (सभा गृह) निर्माण टोली राजधानी गएको छ । सभागृह निर्माण समितिका संयोजकको नेतृत्वका प्रतिनीधिमूलक टोली शुक्रबार राजधानी गएको हो । सभागृह निर्माण राष्ट्रिय योजनामा पारी बजेट विनियोजन गराउन दवाफ दिने उद्देश्यले प्रतिनीधिमूलक टोली राजधानी पुगेको हो । समन्वयका लागि पहिलो पटक प्रतिनीधि मण्डलको टोली राजधानी पुगेपछि एक दशक देखिको प्रयासले सार्थकता पाउनेमा आशा जगाएको छ ।
टोलीले आइतबारदेखि भेटघाट सहित लागत स्टिमेटको कार्ययोजना पेश गर्ने काम सुरु गरेको छ । पहिलो चरणमा आईतबार सुर्खेतका पूर्व सभासदहरुसंग भेटघाट गरिएको निर्माण समितिका संयोजक टिकराम चपाईले जानकारी दिए । भेटघाट तथा छलफलमा सुर्खेतमा क्षेत्रीय स्तरको सभागृह निर्माणका लागि पलह गर्ने पूर्वसभासदहरुले प्रतिवद्धता जनाएका छन् ।
राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, शहरी विकास विभाग, स्थानीय विकास मन्त्रालय सहित महत्वपूर्ण मन्त्रालयमा पुगि मन्त्री तथा सचिवज्यूहरुसंग छलफल सहित अवधारणा पत्र पेश गर्ने योजना रहेको संयोजक चपाईले टेलिफोन सम्पर्कमा जानकारी दिए ।

सात सदस्यीय प्रतिनीधि मण्डल टोलीमा जिल्ला विकास समिति सुर्खेतका इन्जिनियर ओमदत्त रेग्मी, वीरेन्द्रनगर नगरपालिकाका प्रशासन तथा सामाजिक शाखा अधिकृत प्रकाश पौडेल, सुर्खेत उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गणेश खरेल, एनेकपा माओवादी नगर इन्चार्ज गंगाराम तिमिलसेना, नेकपा एमाले नगर कमिटी अध्यक्ष पूर्णप्रसाद पौडेल, नेपाली काँग्रेस नगर कमिटी सभापति देवकुमार सुवेदी सहितको टोली राजधानी पुगेको छ ।
उपत्यका नगर विकास समिति सुर्खेतले २०५८ साल मंसिर २२ गते निर्णय गरी सभागृह निर्माणका लागि वीरेन्द्रनगर–६ बुद्धपथको ३ विगाह ५ कठ्ठा सवा चारधुर जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । एक हजार दुई सय सिट क्षमताको सभागृह निर्माणको लागि करिव साढे २६ करोड रुपैया लाग्ने अनुमान गरिएको छ । त्यसमा एक हजार, दुई सय र ५० सिट क्षमताका थप तीनवटा हल निर्माण हुनेछन् । सभागृह परिसरमा एक सय कार, पाँच सय मोटरसाईकल पार्किङ गर्न मिल्ने योजना बनाईएको संयोजक चपाईले बताए ।
सभागृह निर्माण्ँका लागि दोस्रो सुर्खेत महोत्सवाट १० लाख, वीरेन्द्रनगर नगरपालिकाबाट ६ लाख, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवबाट ५१ हजार र जिल्ला विकास समितिबाट दुई लाख रुपैयाँ रकम संकलन भैसकेको छ ।
सभागृह निर्माणका लागि छुट्टयाईउको क्षेत्र नजिकै बुद्धपथ बाटोदेखि पश्चिम, राममन्दीरदेखि उत्तरपूर्व र पुरानो जिल्ला अस्पतालदेखि दक्षिण पट्टीको एक विघा ९ कठ्ठा जग्गा २०६५ फागुन १६ गते मन्त्रि परिषदबाट निर्णयबाट आँखा अस्पताल निर्माण गर्न छुट्टयाईएको छ ।
सभागृह निर्माणका लागि छुट्टयाईएको जग्गामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो कार्यालय बनाउन पाउनुपर्ने भन्दै उपत्यका नगर विकास समितिमा निवेदन पेश गरेको थियो । हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान सुरक्षाका दृष्ट्रिले अनुपयुक्त भएको भन्दै सभागृह निर्माण स्थल आफुले पाउनुपर्ने तर्क सहित नगर विकास समितिमा निवेदन दिएको हो ।
प्रहरीले जग्गा मागेको भन्दै नगर विकास समितिले नक्सा छुट्टयाउन अटेर गरेपछि निर्माण कार्य अवरुद्ध भएको छ । निर्माण समितिले माघ २६ गते काठमाडौंको मेनिङ कन्सल्टेन्ट प्रा.लि.संग नक्सा डिजाईन र डिटेल स्टिमेटको लागि सम्झौता गरेको छ । प्रहरीले अवरोध सृजना गरेपछि निर्माण समितिले जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधिहरुवीचमा छलफल कार्यक्रम सम्पन्न गरेको थियो । जिल्लास्थित राजनीतिक दलका प्रमुखहरुले सभागृह निर्माणका लागि छुट्टयाईएको स्थल उपयुक्त भएकाले त्यसको नक्सा छुट्टयाउन उपत्यका नगर विकास समितिसंग आग्रह गर्ने निर्णय गरेको थियो । प्रहरीले गरेको हस्तक्षेपको सम्पूर्ण राजनीतिक दलहरुले विरोध जनाएका छन् ।

No comments:

Post a Comment