Tuesday, June 5, 2012

विविध कार्यक्रम सहित विश्व वातावरण दिवस
सुर्खेत, २३ जेष्ठ ।
विविध कार्यक्रम सहित विश्व वातावरण दिवस मनाईएको छ । ‘हरित अर्थतन्त्रः दिगो विकासको मूल मन्त्र’ भन्ने मुल नारा सहित सुर्खेतका विधि कार्यक्रम गरी दिवस मनाईएको छ । क्षेत्रीय वन निर्देशनालय सुर्खेतको संयोजकत्वमा गढी–२ कटकुवामा प्रवचन सहित बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
वृक्षारोपण कार्यक्रम पहिले आयोजित प्रवचन कार्यक्रमका सहभागिहरुले बढ्दो वन विनास प्रति चिन्ता व्यक्त गरेका थिए । जलवायू परिवर्तनलाई न्यूनिकरण गर्न वन संरक्षण गर्न आवश्यक रहेको बताए । वन विनासका कारण पानीका स्रोतहरु सुक्दै गएकोप्रति चिन्ता समेत गरेका थिए ।
जिल्ला वन, जिल्ला भू–संरक्षण, जिल्ला कृषि विकास कार्यालय, जिल्ला प्रशासन, क्षेत्रीय प्रशासन, सशस्त्र प्रहरी, नेपाल आर्मी सहितको विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुले बृक्षारोपण गरेका थिए । विभिन्न जातका दुई सय विरुवा रोपिएको जनाईएको छ । कार्यक्रममा जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिको उपस्थिति रहेको उक्त कार्यक्रममा जिल्ला प्रहरी सहित क्षेत्रीय प्रहरीको भने उपस्थिति रहेन् ।

क्षेत्रीय वन निर्देशनालयका निमित्त प्रमुख रमेशचन्द ठकुरीको सभापतित्व तथा क्षेत्रीय प्रशासक ज्ञानदर्शन उदासको प्रमुख आतिथ्यतामा प्रवचन सहित बृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी प्रभात माध्यामिक विद्यालय कोलडाडा सुर्खेतले विश्व वातावरण दिवसको अवसरमा वातावरण तथा सरसफाई विषयक वक्तृत्वकला र कुर्ची दौड प्रतियोगिता सम्पन्न गरेको छ । मंगलबार विद्यालयले नवज्योती केन्द्र लाटिकोइलीको सहयोगमा प्रतियोगिता सम्पन्न गरेको हो ।
वक्तृत्वकला प्रतियोगितामा कान्तिलता वोगटी प्रथम, तुल्सि रोकाय द्धितीय, सुमनसिंह सोनी तृतीय र सम्झना उपाध्याय शान्त्वना भएका छन् । प्रतियोगितामा नवज्योती केन्द्रका प्रतिनीधि दीपा न्यौपानेले विश्व वातावरण दिवसका अवसरमा सरसफाईमा ध्यान दिन अनुरोध गरेकी छन् । विद्यालयका प्रअ ऋषिप्रसाद थानीको सभापतित्वमा सम्पन्न प्रतियोगीतामा उत्कृष्ट विद्यार्थीहरुलाई सभापति, प्रमुख अतिथी तथा अतिथीहरुले पुरस्कार वितरण गरेका थिए ।
यसैगरी विश्व वातारण दिवसकै अवसरमा सूर्यज्योती निम्न माध्यामिक विद्यालय हर्रे र वातावरण संरक्षण मञ्चको संयुक्त आयोजनामा हर्रेमा विभिन्न कार्यक्रमहरु गरिएको छ । विद्यालय तथा मञ्चको संयुक्त आयोजनामा सरसफाई, वक्तृत्वकला र सडक नाटक सम्पन्न गरिएको हो । वक्तृत्वकलामा दिनेश खड्का प्रथम, राजन वली द्धितीय, सरिता अधिकारी तृतीय र दिपा खत्री शान्त्वना भएका छन् । ¥याली सहित सम्पन्न भएको कार्यक्रममा करिब तीन सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष चित्र पुनको अध्यक्षको सभापतित्वमा सम्पन्न भएको हो ।

No comments:

Post a Comment