Tuesday, June 5, 2012

महिलालाई भारत लैजान मोवाइलबाट प्रेमको नाटक 
सुर्खेत, २३ जेष्ठ ।
दलालहरुले चेलीबेटी बेचबिखनका लागि मोवाइल फोनको समेत सहयोग लिने गरेको पाइएको छ । नचिनेका महिलासंग मोबाइल मार्फत सम्पर्क बढाएर प्रेमजालमा पार्ने र विहेका लागि बेलाएर भारत लैजाने गरेको पाइएको माइती नेपालले जनाएको छ । तीनदिन अघि मोवाइलमै मायाजालमा परेकी दैलेखकी एक महिला (नाम गोप्य) सुर्खेतसम्म आइन भने बुटवलका केटा उनलाई लिन सुर्खेतसम्म पुगे ।
नेपालगन्ज हु“दै रुपैडियासम्म जानेक्रममा माइती नेपाल र नेपाल प्रहरीले सीमामा महिलालाई रोकेर सोधपुछ गरेपछि मोवाइलबाट भएको प्रेमको वास्तविकता खुल्यो ।नेपालगन्जबाट भारततर्फ जानेक्रममा केटा अगाडी नै सीमा पार गरिसकेका कारण्ँ उनी पक्राउ परेनन् । महिलास“ग ती युवकको मोबाइल नम्बर मात्र छ ।

घटनापछि पनि सम्पर्कमा नआएका कारण्ँ ती यूवक मानव वेचविखनमा सकृय दलाल हुन सक्ने अनुमान माइती नेपालले गरेको छ । दैलेखकी ती महिलालाई घर फर्काउने तयारी भइरहेको माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोइरालाले जानकारी दिए ।
घरमा श्रीमान र सन्तान भएकी दैलेखकी ती महिलाले बुटवल घर बताउने युवकस“ग मोबाईल मार्फत चिनजान भएको र उसैस“ग जानका लागि घर परिवार छाडेर आएको बताएकी छिन् । उनले भनिन् ‘केटाले म तिमिविना बा“च्न सक्दिन, आउ विहे गरौंला भन्यो अनि मत उसैस“ग जान घर र श्रीमान छोडेर हिंडे ।’ यसअघि पनि सल्यानकी एक युवती मोवाइलमा प्रेममा परेर विवाहका लागि भन्दै नेपालगन्जसम्म पुगेको घटनाले चर्चा पाएको थियो ।
उनलाई पनि दलालले बेचबिखनका लागि सीमापार गराउने क्रममा उद्धार गरिएको थियो । माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोइरालाले पछिल्लो समय मानव बेचविखनको स्वरुपमा परिवर्तन भएको बताए । मोवाइललाई दलालहरुले बेचखिनका लागि साधन बनाएको पाइएको बताउँदै कोइरालाले विवाहिता महिला यस्तोमा बढि नै फस्ने गरेको पाइएको जानकारी दिए ।

No comments:

Post a Comment